आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दर्ता, लाखौं प्रयोगकर्ताको सूचना चुहावट

अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दर्ता, लाखौं प्रयोगकर्ताको सूचना चुहावट

अन्तराष्ट्रिय, समाचार
वासिंटन, पुस ५ । अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दर्ता भएको छ । वासिङ्टनका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिका पाइएपछि फेसबुकविरुद्द मुद्दा दायर गरेका हुन्। फेसबुकले उक्त मुद्दाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ । महान्यायाधीवक्ता कार्ल रासिनले दायर गरेको अभियोगमा फेसबुकविरुद्ध करोडौं प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण दुरुपयोग गरेको भनेर उल्लेख गरेको छ । फेसबुकले माइक्रोसफ्टको सर्च इन्जिन ‘बिंग’लाई प्रयोगकर्ताका साथीहरुको नाम हेर्न दिएको र ‘अमेजन’लाई प्रयोगकर्ताको नाम खोज्न र प्रयोगकर्ताका साथीहरुका माध्यमबाट सम्पर्कसम्बन्धी बिभिन्न जानकारी हासिल गर्ने अनुमति दिएको आरोप फेसबुकमाथि लगाईएको छ । अन्य केही कम्पनीसँग पनि फेसबुकले प्रयोगकर्ताको डाटा चुहाएको आरोप लागेको छ । प्रयोगकर्ताको डाटा लिनुअघि फेसबुक र ती कम्पनीले अ...
राजधानीका सडकमा अब स्मार्ट जेब्रा क्रसिङ निर्माण गरिदै

राजधानीका सडकमा अब स्मार्ट जेब्रा क्रसिङ निर्माण गरिदै

समाचार, समाज
काठमाडौं, पुस ५ । काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् । त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको हो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने, “यसअघि जे जस्तो निर्माण भएको भए पनि अब निर्माण गर्ने सबै जेब्रा क्रसिङ स्मार्ट नै हुन्छन् ।” सडक विभागसँग सहकार्य गरी मासिनको आवागमन बढी हुने स्थानमा काम अघि बढाइने उनले जानाकारी दिए । उनका अनुसार नयाँ निर्माण गरिने जेब्रा क्रसिङ आधुनिक किसिमको हुनेछ र दुवैतर्फबाट आउने गाडी दश मिटर अघिनै आफैँ रोकिने प्रविधि सहितको हुनेछ । मानिस आएपछि ट्राफिक प्रहरीले हात हल्लाएर, सिट्ठी बजाएर रोकिरा...
युरोपियन च्याम्पियन रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा, बेलले गरे ह्याट्रिक

युरोपियन च्याम्पियन रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा, बेलले गरे ह्याट्रिक

खेलकुद, समाचार
काठमाडौं, पुस ५ । युरोपियन च्याम्पियन रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । युएईको आबुधाबीमा जारी प्रतियोगिताको सेमिफाइनलमा एसियाली च्याम्पियन कासिमा एन्टलर्सलाई ३–१ गोल अन्तरले हराउँदै रियाल मड्रिड फाइनलमा पुगेको हो । जापानी फुटबल क्लब कासिमाविरुद्ध स्पेनिस क्लब रियाल मड्रिडलाई जिताउने क्रममा ग्यारेथ बेलले ह्याट्रिक गरे । रियाल मड्रिडले अब शनिवार हुने फाइनल खेलमा स्थानिय टोली अल आइन फुटबल क्लबसँग उपाधिको लागि भिडन्त गर्नेछ । आबुधाबीको अल आइनले आयोजक देशको लिग च्याम्पियनको हैसियतले क्लब विश्वकप खेल्ने अवसर पाएको थियो । सेमिफाइनलमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको रिभर प्लेट फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै अल आईनले फाइनलको लागि स्थान बनाएको हो ।...
बस दुर्घटना हुदा एक जनाको मृत्यु, २५ जना घाइते

बस दुर्घटना हुदा एक जनाको मृत्यु, २५ जना घाइते

समाचार, समाज
नवलपुर , पुस ५ । आज बिहान नवलपुरको कावासोतीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । काकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ४ ख ७०४६ नम्बरको बस झिनकी भणरिनिया खोलामा खस्दा भारतको महाराजगंज घर भएका ३५ वर्षीय गौरीशंकर धोवीको मृत्यु भएको छ । घाइते मध्ये चार जनाको अवस्था अझै चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरुले जनाएको छ । घाइतेहरुको भरतपुर, बुटवल र स्थानीय मेडिकल हलहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
चोरीको अभियोगमा पक्राउ परेर त्रिशूलीमा बेपत्ता भएका मैते  तामाङको खोजी कार्य तीव्र

चोरीको अभियोगमा पक्राउ परेर त्रिशूलीमा बेपत्ता भएका मैते तामाङको खोजी कार्य तीव्र

अपराध, समाचार, समाज
रसुवा, पुस ५ । चोरीको आरोपमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाउँपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि शुरु गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करीब १०० जनाको टोलीसहित तामाङ हराएको स्थान पेरैबेँसीस्थित त्रिशूली नदीमा खोजी कार्य सुरु गरिएकोे छ । माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको आरोपमामा पक्राउ परेका चारमध्ये १९ वर्षीय मैते तामाङ भाग्ने क्रममा बुधबार अपरान्ह त्रिशूली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जनाए । माथिल्लो त्रिशूली थ्री ‘ए’को निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका तामाङसहित उत्तरगया–२ का कोमल तामाङ, विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीमाथि अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउन लागिएकामा किस्पाङ–५ स्थ...
लेस्टर सिटीलाई टाईब्रेकरमा पछि पार्दै म्यान्चेस्टर सिटी सेमिफाइनलमा

लेस्टर सिटीलाई टाईब्रेकरमा पछि पार्दै म्यान्चेस्टर सिटी सेमिफाइनलमा

खेलकुद, समाचार
काठमाडौं, पुस ४ । लेस्टर सिटीलाई पराजित गरी म्यान्चेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । काराबाओ कप पनि भनिने प्रतियोगिताको क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले लेस्टरलाई टाईब्रेकरमा पछि पार्यो । चोटका कारण लामो समयपछि मैदानमा फर्किएका केभिन डे ब्रायनले म्यान्चेस्टर सिटीका लागि पहिलो गोल गरे । तर लेष्टरका म्याथ्यु अलब्राईटनले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याए । अतिरिक्त समयमा धकेलिएको खेलमा दुबै टोलीले गोल थप्न नसकेपछि खेल टाई ब्रकेरमा पुग्यो । टाइ ब्रेकरमा म्यान्चेस्टर सिटी ३–१ गोल अन्तरले विजयी भयो । लिग कपकै अर्को खेलमा मिडिल्सब्रोलाई १–० ले हराउँदै बुर्टन आल्बियोन पनि सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको बाँकी दुई क्वाटरफाईनल खेल भने आज राति हुदैछन् । आज आर्सनल र टोटनह्याम हट्सपर भिड्दा चेल्सीले बर्नमाउथसँग खेल्दैछ ।...
इपी एजुकेशनको चलचित्र ‘कागजपत्र’  को फर्स्ट लुक सार्वजनिक, चलचित्र चैत ८ गते रिलिज हुने

इपी एजुकेशनको चलचित्र ‘कागजपत्र’ को फर्स्ट लुक सार्वजनिक, चलचित्र चैत ८ गते रिलिज हुने

मनोरन्जन, समाचार
काठमाडौं, पुस ४ । विदेशमा रहेर नेपाली चलचित्रसँग साइनो जोड्ने नेपाली युवाले मिस्टर भर्जिनपछि फेरि नयाँ कथानक चलचित्र ‘कागज पत्र’ चाडै नै फिल्मी बजारमा ल्याउने भएका छन्। आगामी चैत ८ गते रिलिज मिति तय गरेर निर्माण गरिएको चलचित्रको फस्टलुक र पोस्टर मंगलबार एक कार्यक्रमविच सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई देखाइएको छ। इपी इजुकेशन अष्ट्रेलियाको प्रस्तुतिमा तयार गरिएको चलचित्रमा अपिल बिष्ट्को लेखन तथा निर्देशन रहेको छ । सामाजिक कथावस्तुलाई समेटेर तयार पारिएको यो चलचित्रले दर्शकलाई मनोरञ्जन दिने निर्देशक बिष्टले बताए। निर्देशक बिष्टको डेब्यू चलचित्र बक्स अफिसमा असफल भएकाले पनि उनका लागि ‘कागजपत्र’ विशेष बनेका छ। अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएर बसेको कानुन ब्यवशायी खिलेन्...
पुस लागेसंगै तराईका जिल्लामा शीतलहर बढ्यो , जनजीवन प्रभावित

पुस लागेसंगै तराईका जिल्लामा शीतलहर बढ्यो , जनजीवन प्रभावित

समाचार, समाज
वीरगञ्ज, पुस ४ । तराईका जिल्लाहरुमा शीतलहर चल्ने क्रम सुरु भएको छ । अत्यधिक चिसो र शीतलहरका कारण त्यहा्को जनजीवन प्रभावित हुन थालेको छ । पर्साको वीरगञ्जमा जाडो बढेसंगै तापक्रम एक्कासी झरेर ७ डिग्री सेल्सियससम्म पुगेको छ । शीतलहर, हुस्सु र चिसो हावाका कारण अधिकांश मानिस घर बाहिर निस्कन सकेका छैनन् जसको कारण जनजीवनमा निकै कष्ट भएको देखिन्छ । बजार क्षेत्र लगभग सुनसानजस्तै देखिएका छन भने चिसो छल्न चोकचोकमा आगो बालेर ताप्दै गरेका सर्वसाधारण देख्न पाईन्छ । पुस लागेसंगै एक्कासी बढेको चिसोका कारण श्वास प्रश्वासको समस्या भएका विरामीको संख्यासमेत बढेको अस्पतालहरुले जनाएका छन् । अत्यधिक चिसोका कारण श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना हुनेहरुको संख्या समेत निकै नै बढेको देखिन्छ । चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक धेरै नै प्रभावित भएका छन ।...
प्याजेन्ट नेपालले बिराटनगरमा फेशन शो आयोजना गर्दै, भाग लिन ईच्छुक मोडलहरुले अडिसन दिन सकिने

प्याजेन्ट नेपालले बिराटनगरमा फेशन शो आयोजना गर्दै, भाग लिन ईच्छुक मोडलहरुले अडिसन दिन सकिने

मनोरन्जन, समाचार
देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको प्याजेन्ट नेपाल बुटवल फेशन शो पश्चात पूर्वान्चलको बिराटनगरमा पूर्वान्चल फेशन शो गर्ने भएको छ । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर कार्यक्रम गर्ने क्रममा यो पटक फेशन पारखीहरुको हव बन्दै गएको पूर्वान्चलकै उत्कृष्ट तथा राष्ट्रिय स्तरका चर्चित मोडलहरु छनौट गरि बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो आयोजना हुन लागेको जानकारी प्याजेन्ट नेपालका प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले जानकारी दिईन । पौषको अन्तिम साता बिराटनगरको भव्य हलमा हुन लागेको उक्त शो का निमित्त मोडलहरुको ...
८ मिटरका कारण ८ बर्ष देखी रोकिएको अक्सबृज-थसिखेल सडक खण्डले पायो निकास

८ मिटरका कारण ८ बर्ष देखी रोकिएको अक्सबृज-थसिखेल सडक खण्डले पायो निकास

आर्थिक, समाचार
ललितपुर, मङ्सिर- ललितपुर महानगरपालिका ५ नम्बर वडा अन्तर्गतको अक्सबृज-थसिखेल सडक खण्डले निकास पाएको छ । वडा अध्यक्ष बिकासमान श्रेष्ठको नेत्रीत्वमा अाइतबार डोजर चलाइएसंगै उक्त सडकले योजना अनुरुप नै आकार ग्रहण गरेको हो । २०६८ साल मै सरकारी योजनामा परे पनि उक्त सडक खण्डलाई पूर्ण आकार दिन झन्डै ८ बर्ष नै लाग्यो, त्यो पनि करिब ८ मिटरमा कुरा बल्जिदा । महानगर अन्तर्गत रिङरोडको भित्री सडक खण्डको सरदर आठ मिटर क्षेत्र मात्रै बिगत ८ बर्ष देखी नछीचोलिदा सवारी आवागमनमा अवरोध उत्पन्न हुँदै आएको थियो । मुल सडकमा एका तर्फ सवारीको चाप अर्को तर्फ जाम, तसर्थ पनि दु:ख बिमारमा समेत घुमेर नै जानु पर्ने वाध्यता थियो । त्यसैले थुप्रैले यस बाटो कै कारण धेरै नै सकस खेपे । २०६८ सालमा नै खुल्न ठिक्क परेको सडक ८-८ बर्षसम्म रोकिइ राख्यो, कारण थियो मुद्धा र मुद्धा फैसला पस्चातको प्राविधिक नापजाचमा फरकपन । अब भने यस...