बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
अष्ट्रेलियाको बिग बास क्रिकेट लिगमा लामिछानेको टिम मेलबर्न स्टार्सले आज चौथो खेल खेल्ने

अष्ट्रेलियाको बिग बास क्रिकेट लिगमा लामिछानेको टिम मेलबर्न स्टार्सले आज चौथो खेल खेल्ने

खेलकुद, समाचार
काठमाडौं, पुस- १७ । अष्ट्रेलियाको बिग बास क्रिकेट लिगमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले आज लिगको चौथो खेल खेल्दैछ । यसअघिका भएका तिनमध्ये एक खेल मात्रै जितेको मेलबर्न स्टार्सले आज आफ्नै राज्यको प्रतिद्धन्दी मेलबर्न रेनेगेड्स विरुद्ध खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो २ बजे मेलवर्नमा शुरु हुदैछ । प्रतियोगितामा नेपालका लेग स्पिनर लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तिन खेलमा ७ विकेट लिएका लामिछाने सर्वाधिक विकेट लिने खेलाडीहरुको सुचीमा चौथो स्थानमा रहेका छन् । सिड्नी सिक्सर्सका स्टिभ ओकिफ ९ विकेटसहित शिर्ष स्थानमा छन् । आजको खेलमा विजयी भए सन्दिपको टोली मेलबर्न स्टार्सको सुपुर फोरमा पुग्ने सम्भावना वलियो बन्नेछ । मेलवर्न स्टार्स २ अंक सहित छैटौं स्थानमा रहँदा मेलवर्न रेनेगेड्स भने ४ अंक सहित दोस्रो स्थान...
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र टी–२० शृंखलाका लागि २० सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र टी–२० शृंखलाका लागि २० सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा

खेलकुद, समाचार
आगामी महिनामा संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी–२० शृंखलाका लागि प्रारम्भिक चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपालले आगामी माघमा युएईसँग तीन खेलको एकदिवसीय र तीन खेल ट्वेन्टी–२० शृंखलाका खेल खेल्दैछ । आइसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासहितको छनोट समितिले २० सदस्यीय टोलीको सोमबार घोषणा गरेको हो । छनोट हुने टोलीको कप्तानमा पारस खड्का छन् । अन्य सदस्यमा वसन्त रेग्मी अविनाश बोहरा, भीम सार्की, विक्रम सोब, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, करण केसी र ललित भण्डारी छन् । यस्तै, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, रोहितकुमार पौडेल प्रदीप ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, सुशन भारी, शरद भेषवाकर र सन्दीप जोरा छन् । नेपालले माघ ११ देखि २० गतेसम्म युएईसँग खे...
भ्रष्टाचार आरोपमा चाबहिल मालपोत कार्यालयका कार्यालय सहयोगी बस्नेतविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा चाबहिल मालपोत कार्यालयका कार्यालय सहयोगी बस्नेतविरुद्ध मुद्दा दायर

अपराध, समाचार, समाज
काठमाडौं, पुस- १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार जग्गा दाखिला खारेज गर्दा नियमानुसार लाग्ने दस्तुर सनिश मिश्रको नाममा काटेको तर राजश्व खातामा भने जम्मा नगरी रु पाँच लाख ६८ हजार २०८ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । एकै आर्थिक वर्षमा एउटै नम्बरको फरक–फरक रसिद भेटिएको छ । बस्नेतले काटेको रसिद नम्बर २१९७४ वि.सं. २०७३ असार २६ र वि.सं. २०७२ फागुन १६ गतेको रसिद एउटै देखिएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । एउटै रसिद काटी राजश्वमा दाखिला गर्नुपर्ने रकमसमेत उपलब्ध नगराएकाले बिगो असुल गरी कारबाहीको माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रासस...
समाजसेवी रन्जिता गुरुङद्वारा बोल्न नसक्नेलाई घर प्रदान, माओवादी द्वन्द्वपीडित बालबालिकालाई आर्थिक सहयोग

समाजसेवी रन्जिता गुरुङद्वारा बोल्न नसक्नेलाई घर प्रदान, माओवादी द्वन्द्वपीडित बालबालिकालाई आर्थिक सहयोग

समाचार, समाज
काठमाडौं, पुस- १७ । समाजसेवी रन्जिता गुरुङले आफनो जन्मदिनको अवसरमा द्वन्द्वपीडित बालबालिकाहरूको संस्थालाई नगद प्रदान गर्नुका साथै एकजना कान नसुन्ने बहिरा व्यक्तिलाई घर बनाइदिएकी छिन । काठमाडौंको दरबारमार्गमा आइतबार राति भएको विशेष कार्यक्रममा समाजसेवी गुरुङले सर्लाही जिल्लामा रहेको माओवादी द्वन्द्वपीडित बालबालिकाहरूको संस्थालाई पच्चीस हजार नगद प्रदान गरेकी हुन । कार्यक्रममा सहभागी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेमार्फत रन्जिताले चेक संस्थालाई हस्तान्तर गरेकी थिइन । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता ऋषि पुरीको पनि सहभागिता रहेको थियो । उनले बालबालिकाहरूको संस्थालाई नदग चेक हस्तान्तरण गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका युवा नेता निशान थापा मगरले जनाए । सोही कार्यक्रममा पोखराका समाजस...
खोइ त प्रधानमन्त्री ज्यु पुसमा पानीजहाज ?

खोइ त प्रधानमन्त्री ज्यु पुसमा पानीजहाज ?

राजनीति, समाचार
काठमाडौं, पुस-१६ । पुस १६ गते । आजभन्दा ७ महिनाअघि असार १४ गते काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पानीजहाज र रेलको कुरा गर्दा उडाउने गरेको भन्दै ‘पुस १६ गते पानीजहाज चढ्न टिकट काटेर तयार हुनोस्’ भनेका थिए । रोचक कुरा त उनले सोही भाषणकाक्रममा डिजिटल दुनियाँमा बोलेका सबै कुरा रेकर्ड हुने भन्दै विचार गरेर बोल्न आग्रहसमेत गरेका थिए । स्रोता–दर्शकलाई मन्त्रमुग्ध पार्नेगरी भाषण गर्ने शैली निकै नै राम्रो शैली हो । अझ त्यसमा विभिन्न विम्ब मिसाएर स्थानीयकरण गर्दै बुझ्ने शैलीमा भाषण गर्नसकेमा झन् राम्रो । प्रधानमन्त्री केपी शर्मा ओली यो मामलामा माहिर छन् । अझ उनमा अर्को एउटा फरक क्षमता छ, भाषणकैक्रममा उखान, टुक्का र विम्ब मिसाएर हसाउँदै व्यंग्यात्मक शैलीमा भाषण गर्ने । तर, पछिल्ला दिनहरुमा उनका बोलीहरु नै उनका लागि समस्या बन्दै गएको पनि पाइन्छ । कतिपय ...
जनचाहनाअनुसार काम गर्न नसकेकाले सरकारको औचित्य समाप्त : कांग्रेस सभापति देउवा

जनचाहनाअनुसार काम गर्न नसकेकाले सरकारको औचित्य समाप्त : कांग्रेस सभापति देउवा

राजनीति, समाचार
काठमाडौं, पुस-१६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एकता र मेलमिलापको राजनीति नरुचाएको आरोप लगाएका छन् । ४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसर पारेर सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकार मेलमिलापलाई लत्याएर एकलौटीरुपमा हिँड्न चाहिरहेको जनाए । कांग्रेसले प्रजातन्त्रका लागि कसैसँग सम्झौता नगर्ने बताउदै बीपीले लिएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । एकलौटी हिँडेर गन्तव्यमा पुग्न कठिन हुने भन्दै देउवाले ढिलो–चाँडो वर्तमान सरकार मेलमिलाप र एकतामा आउने विश्वास समेत व्यक्त गरे । देउवाले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याराको संरक्षण सरकारले नै गरेको आरोप लगाउदै सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले वर्तमान सरकारको औचित्य समाप्त भईसकेको बताए। कांग्रेस नेता नरहरि आर्चाय र गगन थापाले मेलमिलापबाट...
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा १२ औं चरणका खेलहरु सुरु, एनआरटी र मच्छिन्द्र बराबरीमा रोकिए

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा १२ औं चरणका खेलहरु सुरु, एनआरटी र मच्छिन्द्र बराबरीमा रोकिए

खेलकुद, समाचार
काठमाडौं, पुस-१६ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट १२ औं चरणका खेलहरु सुरु भएका छन् । १२ औं चरण अन्तर्गत आजको पहिलो खेलमा न्यूरोड टिम एनआरटीले मच्छिन्द्र क्लबसंग ५–५ गोलको बराबरी खेल्यो । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलको ३० मिनेटमै मच्छिन्द्रले ४-१ को अग्रता लिएको भएपनि त्यो स्थिति जोगाउन नसक्दा जित निकाल्न सकेन । बराबरीसँगै एनआरटी अंक तालिकाको पुछारमै रहेको छ भने मच्छिन्द्र क्लब १२ औं स्थानमा रहेको छ । एनआरटीले १२ खेलबाट ६ अंक जोड्दा मच्छिन्द्रको भने ७ अंक भएको छ । ए डिभिजन लिगअन्तर्गत आज हुने अन्य खेलहरुमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबसंग तथा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइजसंग खेल्दैछन् । लिगमा एघारौं चरणको खेल सकिदै मनाङ मस्र्याग्दी क्लब च्याम्पियन बनिसकेकोले अब दोस्रो स्थानका लागि घम्साघम्सी भईरहेको छ । १४ टिम सहभागी लिगमा ११ खेलबाट...
मिस शेर्पा २०१८ को उपाधी दोलखाकी दाबुटीको हातमा, मिस्टर शेर्पाको उपाधि भने सोनम जाङ्बुलाई

मिस शेर्पा २०१८ को उपाधी दोलखाकी दाबुटीको हातमा, मिस्टर शेर्पाको उपाधि भने सोनम जाङ्बुलाई

मनोरन्जन, समाचार
काठमाडौं, पुस-१६ । दोलखाकी दाबुटी शेर्पा यसपटकको मिस शेर्पाको ताज पहिरिन सफल भएकी छिन् । दिपास इन्टरनेसनलको आयोजनामा काठमाडौंको रामहिटीस्थित रामनगर पार्टी प्यालेसमा डिसेम्बर ३० मा भएको मिस शेर्पाको पाँचौ संस्करणको फिनालेमा ८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि होड जितेकी हुन् उनले । दाबुटीले मिस बेस्ट ट्यालेन्टको अवार्डसमेत हात पारिन् । टाइटल विजेता उनलाई मिस शेर्पा २०१७ की विजेना सोनाम डोल्मा शेर्पाले ताज पहिरिदिइन् । उपाधिसँगै दाबुटीले नगद ३० हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् । त्यसैगरी उनी मिस इन्टरनेसनल टुरिजममा सहभागी हुनसमेत पाउनेछिन् । ‘तपाई आज मिस शेर्पाको विजेताको हिसाबले मिस टुरिजमको प्रतिस्पर्धामा सहभागी हुन जाँदै हुनुहुन्छ । सरकारले २०२० लाई पर्यटन वर्ष मनाउँदैछ र सरकारले २० लाख पर्यटक भित्रयाउने योजना बनाएको छ । तपाईले मिस टुरिजममा जाँदाखेरि २० लाख पर्यट...
बलिउड अभिनेता अक्षय कुमारसँगको विवाहपूर्व ट्विंकलको दुईपटक इन्गेजमेन्ट

बलिउड अभिनेता अक्षय कुमारसँगको विवाहपूर्व ट्विंकलको दुईपटक इन्गेजमेन्ट

मनोरन्जन, समाचार
काठमाडौं, पुस-१६ । बलिउडका दुई सुपरस्टार राजेश खन्ना–डिम्पल कपाडियाकी छोरी एवं अक्षय कुमारकी श्रीमती ट्विंकल खन्नाको डिसेम्बर २९ तारिखमा जन्मदिन हो । ट्विंकल खन्ना नायिका हुनुका साथै लेखिका र स्तम्भकार हुन् । उनको जन्मदिनको मौकामा उनीसँग सम्बन्धित केही रोचक कुराबारे जानकारी लिऔं । १. एकैदिन हो राजेश खन्ना र ट्विंकलको जन्मदिनः ट्विंकल खन्ना आफ्ना बुवा राजेश खन्नासँग निकै नजिक थिइन् । रोचक कुरा के छ भने उनको पिताको जन्मदिन पनि डिसेम्बर २९ तारिखमै पर्छ । ट्विंकलले सोसल मिडियामा एउटा पोस्ट पनि गरिन् जसमा लेखिएको थियो, ‘बुवाको जन्मदिनमा ट्रकभरी फूल र फ्यान आउँथे, मलाई लाग्थ्यो कि यो सब मेरो जन्मदिनका लागि भइरहेको छ । ’ २. आँखाको शल्यक्रिया गराइसकिन्ः निकै कमलाई थाहा होला कि ट्विंकल खन्नाको आँखा लाई क्रस आई (डेढो) थियो । सन् १९९५ मा रिलिज भएका केही फिल्ममा उनको आँखामा यस्त...
सीमा कडाईः नेपाल प्रहरीले मालवाहक भारतीय ट्रक रोक्यो

सीमा कडाईः नेपाल प्रहरीले मालवाहक भारतीय ट्रक रोक्यो

आर्थिक, समाचार
रुपन्देही, पुस-१६ । क्षमता भन्दा बढी सामान बोक्ने मालवाहक भारतीय सवारीसाधनलाई रुपन्देही प्रहरीले सीमा नाकामा रोकेको छ । ओभरलोड गरिएको गाडीलाई यातायात व्यवस्था विभागले नियन्त्रण गर्न नेपालभरका ट्राफिक प्रहरीलाई पत्राचार गरेपछि रुपन्देही प्रहरीले भारतीय ओभरलोड गाडीहरुलाई रोकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बेलहिया नाकामा हालसम्म औद्योगिक कच्चा पदार्थ बोकेका ३० भन्दा बढी ओभरलोड गरिएको गाडीहरु रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बेद पौडेलले जनाए । गृह मन्त्रालयले गरेको पछिल्लो निर्णय अनुसार औद्योगिक कच्चा पदार्थ बोकेका भारतीय ओभरलोड गरिएको गाडीहरुलाई नाकादेखि बढीमा १५ किलोमिटरसम्म जान छुट दिइएको थियो । १५ किलोमिटरको नाममा भारतीय ओभरलोड गरिएका गाडीहरु कपिलवस्तु र नवलपरासी जिल्लाका उद्योगहरुसम्म समेत पुग्ने गरेका थिए । यता, यातायात...