आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

समाचार, समाज
काठमाडौं, पुस-२५ । गएराति भक्तपुरको सुर्यविनायक नगरपालिका–५ सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति गम्भिर घाइते भएका छन् । दुर्घटनामा परि भक्तपुरको चाँगुनारायण बस्ने २९ वर्षीय शहिद तामाङको मृत्यु भएको हो । उनको उपचारको क्रममा डा ईवामुरा अस्पताल सल्लाघारीमा गएराति सवा १ बजे मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका मोटरसाइकल पछाडी सवार २७ वर्षीय शेखबहादुर तामाङको भने सोही अस्पतालमा उपचार भैरहेको छ । गएराति साढे १२ बजे सल्लाघारी चोक नजिकै तामाङद्वय सवार बा९४प ७१७४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकको रेलिङमा ठोकिएर दुर्घटना भएको थियो ।...
छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु

छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु

समाचार, समाज
काठमाडौं, पुस-२५ । बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । उनका अनुसार आमा र दुई छोरा सुतिरहेको बेलामा राति आगोे सल्केर उनीहरुको मृत्यु भएको हो । आमा र दुई बालक मृतावस्थामा फेला परेको स्थानीयवासीले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी घटनास्थल पुगेको थियो । मृतक बोहराका श्रीमान् विदेशमा नोकरीको लागि गएका छन् । (रासस)...
संसदमा चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित, कांग्रेस सांसदले राखे फरक मत

संसदमा चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित, कांग्रेस सांसदले राखे फरक मत

समाचार, स्वास्थ्य
काठमाडौं, पुस-२५ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गरेको छ । आज बसेको समितिको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको हो । विधेयकमा नेपाली कांग्रेसका सदस्यहरुले भने फरक मत राखेका छन् । डा. गोविन्द केसीले उठाएका सबै विषय विधेयकमा नसमेटिएको भन्दै कांग्रेसका सांसदले फरक मत राखेका हुन् । तर सरकार पक्षीय सांसदहरुले भने विधेयकमा डा.केसीका माग सम्बोधन भएको दाबी गरेका छन् ।...
फेसबुकमार्फत चिनजान गरी जागिर लगाइदिन्छु भन्दै बोलाएर ४ दिन जबर्जस्ती बलात्कार !

फेसबुकमार्फत चिनजान गरी जागिर लगाइदिन्छु भन्दै बोलाएर ४ दिन जबर्जस्ती बलात्कार !

अपराध, समाचार, समाज
काठमाडौं, पुस-२५ । ईलाका प्रहरी कार्यालय ईटहरीले जबरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ईहटरी उपमहानगरपालिका–१० का २३ बर्षीय रमेश राईलाई पक्राउ गरिएको हो । प्रहरीले दिएको जानकारी अनुसार राईले फेसबुकमार्फत चिनजान भएकी भोजपुर पावादुम्बाकी एक ३५ बर्षीया महिलालाई जागिर लगाई दिन्छु भनी गत २० गते धरान बोलाएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा धरानमा भेटघाट गरी ईटहरी ल्याएर एक होटलमा राखी २० गतेदेखि २४ गतेसम्म ज्यान मार्ने धम्की दिँदै उनले ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । पीडित महिलाको जाहेरीका आधारमा निज राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
तेह्रथुमको धार्मिक तथा पर्यटकीय क्षेत्र चिचिलिङ पोखरीसम्म सडक पुग्यो

तेह्रथुमको धार्मिक तथा पर्यटकीय क्षेत्र चिचिलिङ पोखरीसम्म सडक पुग्यो

आर्थिक, समाचार
काठमाडौं, पुस-२५ । तेह्रथुम जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल चिचिलिङ पोखरीमा सडक विस्तारसँगै सवारी साधन सञ्चालनमा आउन थालेका छन् । फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङदेखि चिचिलिङ पोखरीसम्म सडक विस्तार भएपश्चात सवारी साधन सञ्चालनमा आउन थालेका छन । तेह्रथुम सदरमुकाम म्याङलुङबाट लगभग एक दिनको पैदल दूरीमा अग्लो डाँडाबीच रहेको यो पोखरी दृश्यावलोकन गर्ने र वनभोज खाने स्थलको रुपमा परिचित हुँदै गएको छ । अहिले सडक निर्माणका कारण यो क्षेत्र आन्तरीक पर्यटकको निम्ति समेत आकर्षक गन्तव्य बन्दै गएको छ । पोखरी परिसरसम्म पुग्न गाउँपालिकाको केन्द्र पोक्लाबाङदेखि भ्यागुत्ते ढुंगासम्मको ४.२ किमी सडक निर्माण सम्पन्न भएको हो । यहाँ घुम्न आउन चाहने पर्यटकलाई सहज होस् भनेर ट्रयाक ओपनसँगै ७ मिटर चौडाईको सडक निर्माण गरिएको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले जनाएका छन ।...
जापानी विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आउदै, नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने

जापानी विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आउदै, नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने

आर्थिक, समाचार
काठमाडौं, पुस-२५ । आज नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुँदैछ । नेपालको औपचारिक भ्रमणका क्रममा आज नेपाल आउन लागेका जापानका विदेशमन्त्री तारो कोनोसंग दुई मुलुकबीच हवाई सेवा सम्झौता हुन लागेको हो । अपराह्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच ४ बजेपछि हुने मन्त्रीस्तरीय वार्तापछि सम्झौता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयकोबीचमा सहयोग प्रवर्द्दन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्रसमेत निर्माण गरिने भएको छ । परामर्श संयन्त्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान हुने कार्यक्रम रहेको जनाईएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणका लागि मन्त्री ज्ञवालीको निमन्त्रणामा जापानी विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज काठमाडौं आउँदै छन् ।...
विचौलियाविरुद्द शुष्मा महराको नेतृत्वमा गठित काठमाडौं मल समन्वय समितिको अपिल

विचौलियाविरुद्द शुष्मा महराको नेतृत्वमा गठित काठमाडौं मल समन्वय समितिको अपिल

अपराध, समाचार, समाज
काठमाडौं, पुस-२५ । राजधानीको मुख्य भागमा रहेको काठमाडौं मल २०६२ सालदेखि सञ्चालनमा आएको हो । नेपाल सरकार सञ्चय कोषको लगानीमा निर्मित भवनलाई प्रख्यात व्यापारिक केन्द्र बनाउन यस मलमा व्यवसाय गरिरहेकाहरुको महत्वपूर्ण योगदान छ । तर, मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुने गरेको छ । यसले व्यवसायी सधैं समस्यामा पर्ने गरेका छन् । सरकारको भवनको लाभ यो मलमा पसिना बगाइरहेका व्यवसायी र सरकारलाई नभइ विचौलियाले लिँदै आइरहेका छन् । मल एउटा भवन मात्रै नभइ व्यवसायिक केन्द्र पनि भएकाले यसको आफ्नै प्रतिष्ठा छ । जुन सिधा यहाँ व्यवसाय गरिरहेका ३ सय व्यवसायीहरुसँग जोडिन्छ । उनीहरुले आफ्नो व्यवसायलाई नाफामुखी मात्रै नभइ सेवामुखी समेत बनाएकाले नै एउटा भवन आज आमजनको विश्वासिलो किनमेल केन्द्रका रुपमा सुपरिचित छ । व्यवासाय क्षणिक लाभका लागि मात्रै गरिँदैन । दीर्घका...
इङ्लिस प्रिमियर लिगमा चेल्सी विरुद्द टोटनह्याम विजयी, आज राति म्यान्चेस्टर सिटी र बुर्टन आमनेसामने हुदै

इङ्लिस प्रिमियर लिगमा चेल्सी विरुद्द टोटनह्याम विजयी, आज राति म्यान्चेस्टर सिटी र बुर्टन आमनेसामने हुदै

खेलकुद, समाचार
काठमाडौं, पुस-२५ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लिगको खेलमा टोटनह्याम हट्सपरले चेल्सीलाई पराजित गरेको छ । टोटनह्यामको घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सी १–० ले पराजित भयो । टोटनह्यामको जितमा खेलको २७ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । जितपश्चात टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल नजिक पुग्दा दोस्रो लिगको खेलपूर्व चेल्सी भने निकै दबाबमा आएको छ । दोस्रो लिगको खेल यही जनवरी २४ तारिखका दिन चेल्सीको घरेलु मैदानमा हु्दैछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज राति म्यान्चेस्टर सिटी र बुर्टन आल्बियोनले आमनेसामने गर्दैछन ।...
‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी अन्तिम खेलमा फ्रेन्ड्ससित पराजित

‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी अन्तिम खेलमा फ्रेन्ड्ससित पराजित

खेलकुद, समाचार
काठमाडौं, पुस- २४ शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सकिएको छ । अन्तिम खेलमा मंगलबार उपाधि विजेता मनाङ–मर्स्याङ्दी क्लब फ्रेन्ड्स क्लबसंग पराजित भएसंगै खेल सकिएको हो । यसअघिका भएका लिहको खेलमा शतप्रतिशत नतिजा निकालेको मनाङ अन्तिम खेलमा भने फ्रेन्ड्ससित १–० ले पराजित हुन पुग्यो । फ्रेण्ड्सलाई जित दिलाउने क्रममा इन्जुरी समयको अन्तिम मिनेटमा विकास लामाले गोल गर्दैै मनाङको शतप्रतिशत नतिजामा पूर्णविराम लगाएका हुन् । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मनाङले गोल गर्ने एक दर्जनभन्दा बढी अवसर खेर फालेपछि हारको सामना गर्यो । यसअघि नै उपाधि सुरक्षित गरेको मनाङले आठौंपटक लिगको उपाधि उचालेको छ । संकटा क्लब उपविजेता हुँदा थ्रीस्टार क्लबले भने तेस्रो स्थानमा चित्त बुझाएको छ । त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी र नेपाल पुलिस क्लब क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा रह...
सञ्चारकर्मी रबिको कुरा: के/कति पत्याउने के/कति नपत्याउने ?

सञ्चारकर्मी रबिको कुरा: के/कति पत्याउने के/कति नपत्याउने ?

शिक्षा
काठमाडौं, पुस- २४ प्रेस काउन्सिल नेपालमा रबी लामिछाने बारे उजुरी पर्‍यो । उजुरी परेपछी सम्बन्धित निकाय भएको नाताले के हो त भनेर सोध्नै पर्‍यो । त्यसैले पत्र लेख्यो । पत्रको जवाफ यस्तो देखियो कि प्रेस जगत नै आस्चर्यमा पर्‍यो । रबिको त्यस्तो जवाफको प्रेस जगतले कल्पना समेत गर्न सकेको थिएन । प्रेस काउन्सिलको प्रश्नको जवाफमा रबिले लेखे, ‘मैले बिदेशी नागरिकता लिएको छैन, मैले नेपालमा रहेर काम गर्न स्विक्रिती प्राप्त गरेको छुँ, म पत्रकार होईन, म नेपालको प्रेस पास पनि लिन्न ।’ रबी बिरुद्द उजुरी परेको हुंदा सम्बन्धित निकाय भएको कारणले उजुरी कर्तालाई जवाफ त दिनै पर्ने हुन्छ त्यसैले सांचो कुरा के हो त भनेर प्रेस काउन्सिलले परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा पत्राचार गर्‍यो । पररास्ट्र र गृहले स्पस्ट जवाफ दियो, ‘रबी अमेरिकी नागरिकको हैसियतले नेपालमा नाता भिसामा बसिरहेका छन्, नाता भिसा भएकाहरुले ...