आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
डडेल्धुरा सदरमुकामस्थित अमरगढीमा पटकपटक भएका श्रृंखलावद्ध आगलागीका घटनाले स्थानीय आतंकित

डडेल्धुरा सदरमुकामस्थित अमरगढीमा पटकपटक भएका श्रृंखलावद्ध आगलागीका घटनाले स्थानीय आतंकित

अपराध, समाचार, समाज
डडेल्धुरा, पुस- २६ । डडेल्धुरामा विगत केही दिनदेखि पटकपटक भइरहेका भीषण आगलागीका घटनाले स्थानीयवासी आतंकित बनेका छन् । जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाअन्तर्गतका ५ स्थानमा भएका शृंखलाबद्ध आगलागीका घटनामा नियोजित रुपमै केही समूह सक्रिय भएको शंका गरिएको छ । अमरगढीमा गएका केही दिनहरु भएका आगलागीका घटनाले धेरैजना त्रसित बनेका छन् । यसै महिनाको १३ , १८ , १९ र २२ गते मुख्यबजार आसपासका ५ स्थानमा भएको आगजनीबाट करोडौंको नोक्सान भएको छ । जसले सुरक्षा अवस्थामा चुनौती देखिन थालेको भन्दै स्थानीयवासी आतंकित र त्रासदीपूर्ण बनेका छन् । क्षतीग्रस्त दुर्घटनामा आपराधिक समूहको संलग्नता रहेको भन्दै सुरक्षाको माग राखेका छन । त्यसमा पनि ब्यापारीहरु अझ बढी सशंकित बनेकाले सुरक्षा निकाय र स्थानीय प्रशासनमा दबाबमूलक ज्ञापन पत्र बुझाएका छन् । रहस्यमय रुपमा रहेको आगलागीका घटनाबाट सरकारी तथा निजी...
वाईडबडी विमान खरिदमा मन्त्री अधिकारीको प्रष्टीकरण– ९ अर्ब डुबाउन चाहिनँ

वाईडबडी विमान खरिदमा मन्त्री अधिकारीको प्रष्टीकरण– ९ अर्ब डुबाउन चाहिनँ

राजनीति, समाचार
काठमाडौं, पुस- २६ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका समग्र प्रगतिसहित विमान खरीदबारे उठेका प्रश्नको जवाफ दिँदै आज उनले अनियमितताका विषयमा छानविनका लागि आफूले पनि सघाउने बताए । मन्त्री अधिकारीले आफू मन्त्री हुनुपूर्व नै खरीद सम्झौतामा भुक्तानीको कार्यतालिका नेपाल वायुसेवा निगमबाट तय भएको स्थितिमा तेस्रो किस्ता रकम दिन रोक्का गरेको भए समयमा जहाज नआउने र हालसम्म भुक्तानी गरिएको रु नौ अर्ब जोखिममा पर्नसक्ने उल्लेख गरे। मन्त्रालयका सचिव तथा जिम्मेवार पदाध...
रोजगारीको लागि जापान जान चाहनेहरुलाई पछ्याउदै दलालहरू

रोजगारीको लागि जापान जान चाहनेहरुलाई पछ्याउदै दलालहरू

आर्थिक, समाचार
काठमाडौं, पुस- २६ । केही सातायता काठमाण्डूका ठाउँठाउँमा जापान जान तयारीमा सघाउन पुर्‍याउने ठूल्ठूला होर्डिङ्ग बोर्ड देख्न थालिएको छ। जापान जानका लागि भाषा सिक्नेको सङ्ख्या पनि बढेको छ। तर सँगसँगै जापानी भाषा सिक्न थालेकामध्ये कतिपयले दलालको प्रलोभन आउन थालेको भन्दै 'बिचौलिया' नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। कामदारका रूपमा जापान जान पाइने खबर सार्वजनिक भएपछि जापानी भाषा सिक्नेहरू बढिरहेका बेला 'बिचौलिया'को जोखिम वृद्धि भएको उनीहरूको भनाइ छ। सरकारी अधिकारीहरूले भने अन्य देशमा कामदार पठाउँदा जस्तो ठगी नहोस् भनेर जापानका हकमा थप सतर्कता अपनाइने बताएका छन्। जापानले कामदार लाने देशहरूको सूचीमा नेपाल पनि परेको खबर सुनेपछि सुर्खेतकी लक्ष्मी सिंह एक साताअघि भाषा सिक्नका लागि काठमाण्डू आएकी छिन्। जापानमा विदेशी श्रमिक भित्र्याउन नयाँ कानुन बन्दै जापानमा रोजगारी: शून्...
राष्ट्रिय परिचयपत्रका निम्ति देशभर एक हजार स्थायी विवरण संकलन केन्द्र स्थापन गरिने

राष्ट्रिय परिचयपत्रका निम्ति देशभर एक हजार स्थायी विवरण संकलन केन्द्र स्थापन गरिने

समाचार, समाज
कपिलबस्तु, पुस- २६ । राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागी देशैभरी एक हजार स्थायी परिचयपत्र विवरण संकलन केन्द्र सञ्चालन गरिने भएको छ । विवरण तथा तथ्याङ्क संकलनका लागी देशैभरी एक हजार स्थायी विवरण संकलन केन्द्र सञ्चालन गर्ने तयारी रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले जनाएका छन् । कपिलवस्तुको तौलिहवामा प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी तथा सुरक्षा निकायका प्रतिनिधीका लागि आयोजित राष्ट्रिय परिचयपत्र सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक काफ्लेले सो बारे जानकारी दिएका छन् । देशैभरीका ७ सय ५३ वटा स्थानीय तह तथा ७७ जिल्लामा १/१ वटा र बाँकी ठाउँमा आवश्यकताअनुरुप विवरण तथा तथ्यांक संकलन केन्द्र स्थापना गर्ने उनले बताए ।...
फिलिपिनी नागरिक हत्या अभियोगमा युएईको जेलमा रहेका जोगीलाई नेपाल फर्काउन चारलाख सहयोग

फिलिपिनी नागरिक हत्या अभियोगमा युएईको जेलमा रहेका जोगीलाई नेपाल फर्काउन चारलाख सहयोग

समाचार, समाज
तेह्रथुम, पुस- २६ । युएईको जेलमा रहेका तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम-मलेसिया सम्पर्क मञ्चले ४ लाख रुपैयाँ सहयोग गरेको छ । मञ्चले मलेसियामा संकलन गरेकोे ४ लाख ६० रुपैयाँ रकम जोगीको परिवारलाई हस्तान्तरण गरेको हो । घर फर्काउ अभियानमार्फत संकलन गरेको रकम मञ्चले परिवारलाई उपलब्ध गराएको फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बाले जानकारी दिए । मादेम्बाको अगुवाइमा संकलन भएको ६४ हजार १ सय रुपैयाँसमेत परिवारलाई हस्तान्तरण गरिएको छ । २०७० सालमा युएई गएका जोगी फिलिपिनी नागरिकको हत्या आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् । खड्गबहादुरलाई अदालतले ५ वर्ष कैद र दुई लाख दिर्हाम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । जोगी अहिले युएईको आबुधावीमा रहेको अलवात्बा जेलमा छन् । जोगीलाई नेपाल फर्काउन आवश्यक ६२ लाख रुपैयाँ जुटाउन दे...
प्रा.डा.गोविन्द केसीको अनशन दोस्रो दिन पनि जारी

प्रा.डा.गोविन्द केसीको अनशन दोस्रो दिन पनि जारी

समाचार, समाज, स्वास्थ्य
इलाम, पुस- २६ । बुधबारदेखि प्रा.डा. गोविन्द केसीले सुरु गरेको १६औं चरणको सत्याग्रह आज दोस्रो दिनपनि जारी छ । बुधबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी इलाम सदरमुकामस्थित फूलगाछीमा प्रा.डा. केसीले अनशन सुरु गरेका थिए । सरकारले आफूसित साउन १० गते गरेको सहमति पालना नगरेको भन्दै उनले सरकारसँग भएको सम्झौतालाई अक्षरशः पालना गर्दै तत्काल चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने माग राख्दै उनी अनशन बसेका छन । अनशनको तयारीका लागि डा. केसी मंगलबार इलाम पुगेका थिए । अत्याधिक चिसोका कारण इलाममा मानिसहरुको चहलपल न्यून रहे पनि शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय इलामको पुरानो कार्यालय फूलगाछीमा उनले सत्याग्रह शुरु गरेका छन ।...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका विदेशमन्त्री तारो कोनोको शिष्टाचार भेट, कोनोले भने कामदार लैजान समस्या छैन

प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका विदेशमन्त्री तारो कोनोको शिष्टाचार भेट, कोनोले भने कामदार लैजान समस्या छैन

अपराध, समाचार
काठमाडौं, पुस- २६ । प्रधानमन्त्री केपी शर्मा ओलीसंग जापानका विदेशमन्त्री तारो कोनोले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपाल–जापानबीच सिधा हवाई सेवा सञ्चालन गर्ने बिषयमा छलफल भएको छ । जापानी विदेश मन्त्री कोनोले टोकियो र ओशाकामा नेपालसंग सिधा हवाई सेवा सञ्चालनको प्रकृया अगाडि बढेको जानकारी दिएका थिए । त्यसैगरी नेपाली कामदार जापान लैजाने बिषयमा पनि प्रधानमन्त्री ओली र जापानी विदेश मन्त्री कोनोबीच छलफल भएको छ । जापानले नेपालको पूर्वाधार र विकासको क्षेत्रमा नेपाललाई सहयोग गर्ने बचन दिएको भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । उनले नेपालबाट जापानमा कामदार पठाउने बिषयमा कानुनी अड्नचन नरहेको पनि बताए । भेटमा नेपालमा जापानी पर्यटक भित्र्याउने बिषयमा पनि छलफल भएको थियो । विदेशमन्त्री कोनोल...
म्यान्चेस्टर सिटीको उत्कृष्ट जित, बुर्टन आल्बियोन विरुद्द गोलको बर्षा

म्यान्चेस्टर सिटीको उत्कृष्ट जित, बुर्टन आल्बियोन विरुद्द गोलको बर्षा

खेलकुद, समाचार
काठमाडौं, पुस- २६ । इङ्लिस लिग कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लिगको खेलमा म्यान्चेस्टर सिटीले बुर्टन आल्बियोनलाई पराजित गरेको छ । गएराति म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ९–० को विशाल गोलअन्तरले विजयी भयो । सिटीको जितमा ब्राजिलियन खेलाडी ग्याब्रिएल जिससले एक्लै चार गोल गरे भने केभिन डे ब्रायन, रियाद माहारेज, फिल फोडन, जिन्चेन्को र कायल वाल्करले थप एक एक गोल गरे । जितसँगै सिटीले लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल यात्रा लगभग निश्चित पारेको छ । दोस्रो लिगको खेल भने यही जनवरी २४ तारिखका दिन बुर्टनको घरेलु मैदानमा हु्दैछ । बुर्टन आल्बियोन इङ्लिस फुटबलको तेस्रो श्रेणीकोमा रहेको टोली हो । उसले लिग वानमा प्रतिस्पर्धा गर्दछ । लिग कप फटबलको दोस्रो सेमिफाइनल खेलमा चेल्सी र टोटनह्याम हट्सपर भिड्दैछन् । पहिलो लिगको खेलमा टोटनह्यामले चेल्सी विरुद्द १–० ...
रेशम चौधरीले सांसदको सुविधा नपाउने : सभामुख

रेशम चौधरीले सांसदको सुविधा नपाउने : सभामुख

राजनीति, समाचार
काठमाडौं, पुस-२५ । प्रतिनिधिसभाको बैठकले ‘जीवनासक विषादी व्यवस्थापन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको बुधबारको बैठकमा सो प्रस्ताव प्रस्तुत् गरेका थिए । मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताए । प्रस्तावमाथि नवराज सिलवाल, सञ्जयकुमार गौतम, नारायणप्रसाद खतिवडाले जिज्ञासा राख्नुका साथै थप गर्नुपर्ने व्यवस्थाकाबारेमा सुझाव दिएका थिए । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेस गरेकी थिइन् । ‘नेपालको संविधानअनुकूल बनाउन केही न...
देशभरीनै मौसममा उतारचढाव जारी, काठमाडौंको तापक्रममा वृद्धि

देशभरीनै मौसममा उतारचढाव जारी, काठमाडौंको तापक्रममा वृद्धि

समाचार, समाज
काठमाडौं, पुस-२५ । काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेदीले जानकारी दिए । माघ महीना आउन बाँकी नैे रहेकाले उपत्यकाको मौसममा अझै केही दिन उतारचढाव आउने छ’’ उनले भने । उच्च हिमाली भेगका कही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । मध्य र पूर्वी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको म...