नेपालको पहिलो समावेशी म्युजिक अवार्ड, २०१९ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक
माघ—४, काठमाडौं ।
काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल प्रा.लि.ले आयोजना गरेको नेशनल पावरन्यूज म्यूजिक अवार्ड २०१९ को उत्कृष्ट ५ को आज एक विज्ञप्ती प्रकाशित गरि मनोनय सार्वजानिक गरेको हो ।
नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले गत वर्ष बाट यस किसिमको अवार्ड कार्यक्रमको आयोजना हुदै आएको कार्यक्रमका संयोजक कमला जोशीले बताएकि छिन् ।
विज्ञप्तीमा भनिएको छ “नेपाल विविध भाषाको धनी मुलुक भएको र नेपालमा वोलिने सवै भाषा राष्ट्रिय भाषा भएकाले कार्यक्रमले तत् तत् भाषाका सर्जकहरुलाई प्रोत्साहन गर्ने कुरामा आफु ढुक्क रहेका छौं ।” नेशनल पावरन्यूज म्यूजिक अवार्ड–२०१९ को नेपाली मुलभाषा अन्तगर्त (स्वदेशगान, गजल, चलचित्र, आधुनि...









