आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालमा भुवन श्रेष्ठ नियुक्त

नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालमा भुवन श्रेष्ठ नियुक्त

मनोरन्जन, समाचार
काठमाडौं— २२, माघ । नेपालका नृत्य निर्देशकहरुको अग्रणी छाता संगठन नृत्य निर्देशक संघ नेपालको दोश्रो साधारण सभा संपन्न भएको छ। काठमाडौंको पुतलीसडक स्थित केन्द्रिय कार्यालयमा शनिवार आयोजित कार्यक्रममा नृत्य निर्देशक संघ नेपालको दोश्रो साधारण सभा संपन्न भएको हो। नेपाली नृत्य निर्देशकहरुको हक, हित तथा अधिकारका लागि घनिभूत रुपमा बहस तथा छलफल भएको थियो। दोश्रो साधारण सभाले नयाँ कार्य समिति समेत निर्वाचित गरेको छ। संस्थापक अध्यक्ष भुवन श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको प्र्रमुख निर्वाचन अधिकृत सन्तोष रानामगरले भिजन संसार डटकमलाई बताएका छन्। प्रमुख निर्वाचन अधिकृत रानामगरका अनुसार अध्यक्ष भुवनदास श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष प्रदीपमान श्रेष्ठ तथा दुई उपाध्यक्ष संजय शर्मा र भावना कार्की रहेका छन्। महासचिवमा नृपध्वज खत्री र सचिव ज्ञानवहादुर महर्जन तथा...
क्यामरुनको डाफिन्स फुटबल टीम पोखरा कपको सेमिफाइनलमा प्रवेश

क्यामरुनको डाफिन्स फुटबल टीम पोखरा कपको सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं— २१, माघ । पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबलमा क्यामरुनको डाफिन्स फुटबल परिवार सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबको बी टिमलाई ४-१ को गोल अन्तरले पराजित गर्दै डाफिन्स अन्तिम चारमा प्रवेश गरेको हो । डाफिन्सको जितमा यानिकले दुई गोल गरेको खेलमा आर्मीका विवेक बस्नेतले सान्त्वना गोल फर्काएका थिए । यसअघि थ्रीस्टार क्लबलाई पराजित गर्दै एपिएफ क्लव सेमिफाइनलमा पुगिसकेको छ । तेस्रो क्वार्टरफाइनल खेलमा मंगलबार नेपाल पुलिस क्लबले रिस्सो युनिभर्सिटीसंग भिड्दैछ । कास्की जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले सात लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।...
अन्तर्राष्ट्रिय टि–२० सिरिजमा विजयी नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्धारा बधाई

अन्तर्राष्ट्रिय टि–२० सिरिजमा विजयी नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्धारा बधाई

खेलकुद, समाचार
काठमाडौं— २१, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गर्नुभएको छ । नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्विीटरमा लेख्नुभएको छ, “नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु ।” (रासस)...
२५० उद्योगका ३६९ वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान

२५० उद्योगका ३६९ वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान

आर्थिक, समाचार
काठमाडौं— २१, माघ । नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उद्योगबाट उत्पादित ३६९ उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उद्योगका उत्पादित वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको हो । गुणस्तर चिह्न प्राप्त गर्नेमा ७१ सिमेन्ट उद्योगबाट उत्पादित १३५ वस्तु, २५ डण्डी उद्योगबाट उत्पादित २५ वस्तु, २३ पिभीसी केवल उद्योगबाट उत्पादित २३ वस्तु, १० एलपीजी उद्योगबाट उत्पादित १० वस्तु, १३ पिभीसी पाइप उद्योगबाट उत्पादित १३ वस्तु र २९ एचटिपीइ पाइप उद्योगबाट उत्पादित २९ वस्तु रहेका छन् । एनएस चिह्न प्राप्त गर्ने सिमेन्ट उद्योगमा ६३ ओपीसी, १४ पीएससी र ५८ पीपीसी रहेका छन् । विभागले गत वर्षदेखि विदेशमा उत्पादित वस्तुलाई पनि एनएस चिह्न दिन शुरु गरेको छ । विभागले भारतमा उत्पादित नौ उद्योगका १४ वस्तु र चीनमा उत्पादित एक उद्योगको एक वस्तुलाई...
वीरगञ्ज भन्सारमा २४ हजार ४५ मेट्रिक टन चिनी थन्कियो

वीरगञ्ज भन्सारमा २४ हजार ४५ मेट्रिक टन चिनी थन्कियो

आर्थिक, समाचार
वीरगञ्ज— २१, माघ । साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका कारण पाँच महिना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न सकेको छैन । हिन्दूको महान् चाँड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेशनले भारतको गुजरात राज्यस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो । ढिलो गरी आयात भएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएकोे छ । विगत लामो समयसम्म गोदाममै थन्किएका कारण चिनी बिग्रदै गएको छ । २०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई आधारमानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुख्ख...
नेकपाको भेनेजुएलाबारे अडान कायमै

नेकपाको भेनेजुएलाबारे अडान कायमै

राजनीति, समाचार
काठमाडौं— २१, माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भेनेजुएलाबारे आफ्नो अडान दोहोर्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या आए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने धारणा दाहोर्याएको हो । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति सदा प्रतिवद्ध रहिआएको बताए । हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने भन्दै उनले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता नेकपाको रहेको बताए । सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि ...
झुन्डिएर आत्महत्या गरेको अवश्थामा वनमन्त्री बस्नेतकी भतिजीको शव भेटियो

झुन्डिएर आत्महत्या गरेको अवश्थामा वनमन्त्री बस्नेतकी भतिजीको शव भेटियो

समाचार, समाज
काठमाडौं— २१, माघ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेतकाे झुन्डिएकाे अवस्थामा शव फेला परेकाे छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले बस्नेतकाे शव फेला परेकाे पुष्टि गरे । उनका अनुसार ललितपुरको बालकुमारीस्थित वेस्टार अर्पाटमेन्टमा बस्ने बस्नेतकाे आइतबार शव फेला परेकाे हाे । ‘अर्पाटमेन्टको पाँचौ तलामा झुण्डिएको अवस्थामा हामीले फेला पारेका हौँ’, धानुकले बताए । उनका पति रोशन खड्का उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजकसमेत हुन् । (नया पत्रिका)...
सस्तो दरमा फार्मेसी पढाइदिने नाम्मा ३२ लाख ठगी गर्ने महिला पक्राउ

सस्तो दरमा फार्मेसी पढाइदिने नाम्मा ३२ लाख ठगी गर्ने महिला पक्राउ

अपराध, समाचार, समाज
झापा— २१, माघ । सस्तो दरमा मेडिकल कलेजमा फार्मेसी पढाइदिने भन्दै विभिन्न महिलाबाट ३२ लाख रुपैयाँ ठगी गर्ने एक महिला प्रहरीको नियन्त्रणमा परेकि छिन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका–९ की ४५ वर्षीया शान्ति प्रसाई रहेकी छिन् । अर्जुनधारा नगरपालिका–६ की बन्दना ढकाल लगायतका महिलाहरुलाई प्रतिव्यक्ति ५ लाखमै फार्मेसी पढाइ दिने भन्दै प्रसाईले कुल ३२ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रसाईले कतिजनालाई ठगी गरेको छिन भन्ने खुलिनसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जनाएका छन । ‘संख्या खुलेको छैन, महिलाहरुको उजुरी आउने क्रम जारी छ,’ श्रेष्ठले भने, ‘पक्राउ परेकी प्रसाईंले आफू स्वास्थ्य मन्त्रीको स्वकीय सचिव हुँदा प्रकाश मगरलाई मेडिकल कलेज दिलाइदिएको र सोही कलेजमा पढनु भन्दै ठगी गरेको जाहेर परेको छ ।’ उनी कुनै पनि मन्त्रीको स्वकीय सचिव नरहेको सम...
ब्रेकअपपछि एक–अर्काविरुद्ध उत्रिएका सेलेब्रिटी

ब्रेकअपपछि एक–अर्काविरुद्ध उत्रिएका सेलेब्रिटी

मनोरन्जन, समाचार
काठमाडौं— २१, माघ । अक्षय कुमार–शिल्पा सेट्टी अक्षय कुमार र शिल्पा सेट्टीको प्रेमसम्बन्धले बलिउडमा खुब चर्चा पाएको थियो । यी दुईले केही फिल्ममा सँगै काम गरे । ‘मै खिलाडी तु अनाडी’ र ‘धड्कन’ जस्ता सफल फिल्ममा पनि देखिए । तर, यी दुईको सम्बन्ध भने लामो समय चलेन । एक समय यस्तो पनि आयो कि दुईले एक–अर्काको कुरा सुन्न पनि चाहँदैनथे । सम्बन्धविच्छेदपछि शिल्पाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘अक्षय कुमारले कसैका लागि भनेर मलाई धोका दिएका छन् र अब म उसको साथमा कहिल्यै काम गर्न चाहन्नँ ।’ विवेक ओबराय ऐश्वर्या राय बच्चन सलमान खानपछि ऐश्वर्याको नाम विवेक ओबरायसँग जोडियो । तर, दुईको सम्बन्ध लामो समयसम्म भने चलेन । एक–अर्कासँग टाढिए । त्यसपछि विवेक ओबरायले एक अन्तर्वार्तामा ऐश्वर्याको दिल प्लास्टिकको भएको बताएका थिए । बलिउड कलाकारबीच प्रेम र झगडा आक्कलझुक्कल मात्र देख्न सकिन्छ । कोही स्टारले ...
मेक्सिकोसँगको सीमा क्षेत्रमा अमेरिकाद्वारा थप दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने

मेक्सिकोसँगको सीमा क्षेत्रमा अमेरिकाद्वारा थप दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने

अन्तराष्ट्रिय, समाचार
वासिंटन— २१, माघ । अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । मेक्सिकोसँगको सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउन थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’ले जनाएको छ । योसँगै मेक्सिकोसँगको सीमा क्षेत्रमा तैनाथ हुने सुरक्षाकर्मीको संख्या ४ हजार ३ सयभन्दा बढी हुनेछ । सीमा क्षेत्रबाट हुने आप्रवासीको अवैध प्रवेशलाई रोक्न राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै आएको छ । सुरक्षाकर्मीले सीमा सुरक्षा गार्डलाई काममा सहयोग गर्ने पेन्टागनले जनाएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्तावित सीमा पर्खालका लागि सरकारी कोषबाट रकम लिनका लागि कांग्रेससँग संघर्ष गरिरहेका बेला रक्षा मन्त्रालयले थप सुरक्षाकर्मी सीमामा तैनाथ गर्ने निर्णय गरेको हो । सीमा पर्खालका लागि सरकारी कोषबाट रकमको व्...