आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
सनातन संस्कृतमा आधारित शिक्षाको महत्व सधैं उच्च : राष्ट्रपति भण्डारी

सनातन संस्कृतमा आधारित शिक्षाको महत्व सधैं उच्च : राष्ट्रपति भण्डारी

शिक्षा, समाचार, समाज
काठमाडौं— २२, माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षाको महत्त्व सधैँ उच्च भएकाले यसको संरक्षण जरुरी रहेको बताएकी छन् । देवघाटस्थित महेश सन्न्यास आश्रमको गुरुकुलको ३२ कोठे भवन र डेढ साता चल्ने महायज्ञ उद्घाटनपछि उनले यस्तो बताएकी हुन् । सनातन संस्कृतिमा आधारित शिक्षा पद्धतिलाई जगेर्ना गर्दै गुरुकुलहरू सबैका लागि सुलभ बनाउनुपर्ने धारणा उनले राखिन् । ‘संस्कृत शिक्षा आजका युवाका लागि जरुरी छ,’ उनले भनिन्, ‘शिक्षामा समयानुकूल सुधारसँगै संस्कार संस्कृति जोगाइराख्न संस्कृत शिक्षाले मद्दत गर्छ ।’ कार्यक्रममा आश्रमका प्रमुख रमणनन्द गिरिले धर्म अनुरागीको मद्दतले आश्रम र संस्कृत गुरुकुललाई देशकै नमुना शिक्षालय बनाउन सकेको बताए । चितवन, पूर्वी नवलपरासी र तनहुँ जिल्लामा पर्ने देवघाटको आश्रम क्षेत्र तनहुँको देवघाट गाउँपालिकामा पर्छ । गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीले व...
निषेधित क्षेत्र तोड्दा नेविसंघ अध्यक्ष महर पक्राउ

निषेधित क्षेत्र तोड्दा नेविसंघ अध्यक्ष महर पक्राउ

राजनीति, समाचार
काठमाडौं— २२, माघ । नेविसंघका अध्यक्ष नैनसिंह महरलाई प्रहरीले वानेश्वरबाट पक्राऊ गरेको छ । मीनभवन क्याम्पसबाट जिल्ला प्रशासन कार्यालय बबरमहल जाने क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले आफूसहित अन्य कार्यकर्ता पक्राउ गरेको अध्यक्ष महरले कान्तिपुरलाई बताएका छन् । प्रहरीले महरसहित ११ जनालाई पक्राउ गरेको छ। 'गत शनिबार पोखरामा सरकारी गाडी जलाएको आरोपमा संघका कार्यकर्ता पक्राउ गरिएको भन्दै विरोध गर्दै अगाडि बढ्दा प्रहरीले वानेश्वरको निषेधित क्षेत्रबाट पक्राउ गर्‍यो,' महरले महेन्द्र पुलिस क्लवबाट टेलिफोनमा भने। प्रहरीले महरसहित ७ जनालाई महेन्द्र पुलिस क्लवमा राखेको छ भने बाँकी ४ जनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेको छ। गत शनिबार पोखरामा नेविसंघ कार्यकर्ताले शनिबार पनि सरकारी गाडी चलाएको भन्दै गाडी जलाएका थिए। जिल्ला प्रशासन कार्यालय कास्कीले गाडी जलाएको आरोपमा आइतबार नेविसंघ...
३३ किलो सुन प्रकरणमा दुबईबाट नेपाल सुन पठाउने हरि खड्का पक्राउ

३३ किलो सुन प्रकरणमा दुबईबाट नेपाल सुन पठाउने हरि खड्का पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं— २२, माघ । ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा युएई प्रहरीले हरिशरण खड्कालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दुबई बसेर नेपालमा सुन पठाउने गरेको अनुशन्धानमा देखिएपछि खड्का विरुद्ध इन्टरपोल मार्फत पक्राउ नोटिस जारी भएसँगै उनी पक्राउ परेका हुन्। उनी पक्राउ परेको अनौपचारिक सूचना प्राप्त भएपनि औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए। को हुन हरिशरण ? २१ पौषमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार हुँदै पास भएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थल बाहिर बरामद गरेको थियो । सुन तस्करीमा संग्लन देखिएका १२ जनालाई ब्युरोले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो भने तस्करीमा सामेल रहेको १९ जनालाई ब्युरोले फरार अभियुक्तको सुचीमा राखेको थियो । ति...
के अमेरिका जाने सोच बनाउनुभएको छ ? यी हुन भिसा लाग्ने आधार र योग्यता

के अमेरिका जाने सोच बनाउनुभएको छ ? यी हुन भिसा लाग्ने आधार र योग्यता

शिक्षा, समाचार
काठमाडौं— २२, माघ । विश्वकै महाशक्ति राष्ट्र अमेरिकाको भ्रमण भिसा (प्रवेशाज्ञा) प्राप्त गर्नु गरीब देशहरुका नागरिकका लागि झन्झटको विषय रहिआएको छ । भिसा प्राप्त गर्ने योग्यता हुँदाहुँदै पनि सानो गल्तिका कारण आवेदक भिसा प्राप्त गर्न अयोग्य हुन सक्छन् । भिसाका लागि व्यवसायीक र व्यापारीक हैसियत, ख्याती, भ्रमणका लागि प्रशस्त पैसा रहेको आधार र फर्केर आउने सुनिश्चितता खोज्छन् । अमेरिकी अध्यागमन र राष्ट्रियता ऐनले तोकेको योग्यता दूतावासका भिसा अधिकारीसमक्ष पुष्टि गर्न सकेपछि मात्र अमेरिकाको पर्यटन भिसा प्राप्त गर्न सकिन्छ । खासगरी भिसा जारी गर्दा तपाईंको व्यवसायीकता, ख्याती, आर्थिक हैसियत, जानुपर्ने आधार, फर्केर आउने सुनिश्चिततालाई केन्द्रमा राखेर निर्णय लिइन्छ । आफ्नो यात्राको पुष्टि गर्दा निम्न लिखित बुँदाहरु भिसा कन्सुलरलाई प्रस्टाउन सक्नुपर्छ । – अमेरिका भ्रमण गर्नुको उद्देश्य क...
बच्ची अपहरण गर्ने गुप्ता महोत्तरीको भित्तामोडबाट पक्राउ

बच्ची अपहरण गर्ने गुप्ता महोत्तरीको भित्तामोडबाट पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं— २२, माघ । प्रसुती गृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिनुभयो । उनलाई अहिले काठमाडौँ ल्याउन लागिएको जानकारी दिँदै उहाँले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताउनुभयो । गुप्ताले यही माघ ११ गते काठमाडौँको कोटेश्वरस्थित घरबाट ती बालिकालाई अपहरण गरेका थिए । गुप्ताका परिवारले जनकपुरमा पैसा बुझेपछि उनले सोही दिन तिलगङ्गास्थित गणेश होटल अगाडि बालिका छाडेर फरार भएका थिए । पैसा उनकी पत्नी अर्चना गुप्ताले लिएको पाइएपछि प्रहरीले उनलाई सोही दिन पक्राउ गरेर मुद्दा दर्ता गर्नाका साथै अनुसन्धान जारी राखेको छ । उनी हाल परिसरको हिरासतमा छिन् । (रासस...
क्यान माथिको निलम्बन चाँडै फुकुवा हुने– मन्त्री विश्वकर्मा

क्यान माथिको निलम्बन चाँडै फुकुवा हुने– मन्त्री विश्वकर्मा

खेलकुद, समाचार
काठमाडौं— २२, माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाएको निलम्बन फुकुवा गर्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको मार्गचित्रअनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जिकिर गर्नुभयो । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर देखिएको क्यान विवादले उग्ररूप लिएपछि आइसिसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । आइसिसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै मन्त्री विश्वकर्माले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न ढिलाइ भएको बताउनुभयो । सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब...
बहुमतको दम्भमा सरकार तानाशाही बन्दैछ : नेता कृष्णप्रसाद सिटौला

बहुमतको दम्भमा सरकार तानाशाही बन्दैछ : नेता कृष्णप्रसाद सिटौला

राजनीति, समाचार
धनकुटा— २२, माघ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार बहुमतको दम्भमा तानाशाही बाटोमा अघि सरेको आरोप लगाएका छन् । सरकारको एक वर्षे कार्यकालको मुल्यांकन गर्दा लोकतान्त्रिक चरित्रमा अघि नबढेकोले खबरदारी गर्नुपर्ने परिस्थिति बनेको उनको तर्क थियो । पार्टी सुदृढिकरण अभियानका क्रममा धनकुटा पुगेका नेता सिटौलाले मंगलबार बिहान पत्रकार भेलामा उक्त कुरा बताएका हुन् । पार्टीका महामन्त्री समेत रहेका सिटौलाले सरकारले दृष्टि गुमाएकोले दृष्टि फर्काउन कांग्रेसको प्रयास रहेको उल्लेख गरे । प्रमुख प्रतिपक्षको हैसियतले सरकारलाई सचेत गराउन आफ्नो पार्टी अघि सरेको भन्दै उनले सरकार सच्चिएर जान जरुरी रहेको तर्क राखे । ‘हामीले सरकारको दृष्टि फर्काउन खबरदारी गरेका हौं’, उनले भने, ‘सरकार दुई तिहाइको दम्भ नदेखाई लोकतान्त्रिक चरित्रमा हिँड्नु पर्छ ।’ सरकारले महाअभियोगको डण्डा देखाएर संवैधा...
विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ट्याक्सी चालक कारबाहीमा

विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ट्याक्सी चालक कारबाहीमा

अपराध, समाचार, समाज
काठमाडौं— २२, माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो। महाशाखाले आव २०७२/७३ मा दुई हजार ७९५, २०७३/७४ मा चार हजार ५१८ र २०७४/७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यात्रुसँग मोलमोलाइ गरी बढी भाडा लिने ट्याक्सी चालकका लागि विशेष अभियान सञ्चालन गरी कारवाही गरिएको बताए। 'दैनिक ४० देखि ५० ट्राफिक प्रहरीलाई बढी भाडा लिने ट्याक्सी जाँचका लागि पठाउँदै आएका छौँ', उनले भने। बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले तीन हजार जरिवाना गर्ने गरेको छ। त्यस्तै, पाँच पटकभन्दा ...
पानीमाथि बसेर मुस्ताङमा तस्वीर खिच्दै पर्यटक

पानीमाथि बसेर मुस्ताङमा तस्वीर खिच्दै पर्यटक

समाचार, समाज
काठमाडौं— २२, माघ । अत्यधिक चिसोका कारण तापक्रम घटेको मुस्ताङ पर्यटकहरुको आकर्षक केन्द्रविन्दु बनेको छ । पछिल्लो समय आन्तरीक तथा वाह्य पर्यटक मुस्ताङमा हिउँ खेल्न तथा जमेका नदी हेर्न पुग्ने गरेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका –५ सम्ले स्थित ढुम्बा ताल जमेको छ । तालको पानी जमेर बरफ बनेपछि पर्यटकहरु तालको बीच-बिचमा पुगेर तस्वीर खिचाउन थालेका छन् । पानीको सतहमा बाक्लो बरफ जमेका कारण मानिस हिँड्न मिल्ने भएको कारण समेत पर्यटकहरुको पहिलो रोजाईमा पछिल्लो समय मुस्ताण्ग पर्दै आएको छ । मुस्ताङमा अहिले माइनस ६ डिग्री सेल्सियस तापक्रम रहेको बताइन्छ ।...
इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेड र लिभरपुल बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेड र लिभरपुल बराबरीमा रोकिए

खेलकुद, समाचार
काठमाडौं— २२, माघ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेष्टह्याम युनाईटेड र लिभरपुलले बराबरीमा चित्त बुझाएका छन । गएराति लण्डनस्थित वेष्टह्यामको घरेलु मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकि्यो । खेलको २२ औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिएपनि त्यसको ६ मिनेटपछि वेष्टह्यामका मिचेल एन्टोनियोले बराबरी गोल गरे । प्रिमियर लिग फुटबल अन्तर्गत २५ खेलबाट ६२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ५९ अंकको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने ५७ अंकका साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा यथावत रहेको छ । चौथो स्थानको चेल्सीको ५० अंक रहँदा ४८ अंकसहित म्यान्चेस्टर युनाईटेड पाँचौ तथा ४७ अंक जोडेको आर्सनल छैटौं स्थानमा रहेको छ ।...