आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
‘क्यान इन्फोटेक’ सकियो, चार लाखले अवलोकन

‘क्यान इन्फोटेक’ सकियो, चार लाखले अवलोकन

आर्थिक, शिक्षा, समाज
काठमाडौं— २१, माघ । सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)का महासचिव रञ्जितकुमार पोदारले जानकारी दिनुभयो । मेलाको अन्तिम दिन आइतबार करीब एक लाख व्यक्तिले अवलोकन गरेका थिजए । भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा ६ दिनसम्म चलेको क्यान इन्फोटेकको २५औँ संस्करणको मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग सम्बन्धि अवलोकनको व्यवस्था मिलाइएको थियो । ‘सुविसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ नाम दिइएको सो मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँनयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए । सूचना प्रविधि म...
महिला चेम्बरको पहिलो शाखा गोरखामा

महिला चेम्बरको पहिलो शाखा गोरखामा

आर्थिक, समाचार
गोरखा— २१, माघ । महिला चेम्बरको पहिलो शाखा गोरखामा गठन भएको छ । गोरखा चेम्बरका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले ज्ञानू अधिकारीको अध्यक्षतामा गोरखा महिला चेम्बर गठन गरेको हो । नया कार्यसमिति अन्तर्गत उपाधय्क्षमा कविता अर्याल, सचिबमा पूर्णकुमारी शाही, कोसाध्यक्षमा रन्जना पोखरेल, सह-सचिवमा भगवती श्रेष्ठ र सदस्यहरुमा सुर्य माया श्रेष्ठ, सिता श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा, नुमाया गुरुङ, सानुमाया खड्का, हेलमाया मास्के र रचना खनाल रहेका छन । साथै, सल्लाहकारमा निर्मला श्रेष्ठलाई चयन गरिएको छ । महिलाहरुको आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने उदेश्यका साथ महिला चेम्बर गोरखा शाखाको गठन गरिएको गोरखा चेम्बरले जनाएको छ ।...
पुरानै व्यवस्थालाई ब्युँताउन देशीविदेशी शक्ति तल्लीन देखिएका छन : गृहमन्त्री रामबहादुर थापा

पुरानै व्यवस्थालाई ब्युँताउन देशीविदेशी शक्ति तल्लीन देखिएका छन : गृहमन्त्री रामबहादुर थापा

राजनीति, समाचार
काठमाडौं— २१, माघ । गृहमन्त्री रामबहादुर थापाले वर्तमान अवस्थामा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताउनुभएको छ । महाभारत गाउँपालिकास्थित नेपाल तामाङ घेदुङले सोनाम ल्होछारका अवसरमा आज बनखुमा आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘देशीविदेशी शक्ति अस्थिरता बढाउन क्रियाशील भइरहेकाले’ केन्द्रीय सरकारले सुरक्षा व्यवस्था कडा पार्न योजना अपनाउने जानकारी दिनुभयो । गृहमन्त्री थापाले देशीविदेशी शक्ति पुरानै व्यवस्थालाई ब्युँताउन तल्लीन देखिएका छन् भन्दै वर्तमान सरकार सजग रहने बताउनुभयो । “विकास रोक्ने र पुरानै व्यवस्था ब्युँताउनका लागि केही तत्व शान्ति खलबल्याउन लागेका छन्, त्यसलाई नियन्त्रण र निस्तेज पार्न केन्द्रीय सरकारले पनि सुरक्षा रणनीति अपनाउन लागेको हो ”, उहाँले भन्नुभयो । गृहमन्त्रीले देशका ७५३ वटै स्थानीय तहमा इलाकास्तरीय प्रहरी कार्यालय स्थापन...
ऐतिहासिक जीत निकालेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किंदै

ऐतिहासिक जीत निकालेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किंदै

खेलकुद, समाचार
काठमाडौं— २१, माघ । युएईसंगको एकदिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किंदैछ । नेपाली टोली युएईको दुबईबाट आज दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्नेछ । युएई भ्रमणको क्रममा नेपालले तीन खेलको एकदिवसीय तथा ३ खेलकै ट्वेन्टी–ट्वेन्टी श्रृंखला आफ्नो पक्षमा पारेको थियो । एकदिवसीय तथा ट्वेन्टी–ट्वेन्टी श्रृंखलाको पहिलो खेल हारेपछि लगातार दुई खेल जित्दै नेपालले २–१ ले श्रृंखला जितेको हो । एकदिवसीय क्रिकेटतर्फ नेपालको यो दोस्रो श्रृंखला थियो भने ट्वेन्टी ट्वेन्टीतर्फ तेस्रो श्रृंखला रहेको थियो । नेदरल्याण्ड्स विरुद्धको एकदिवसीय श्रृंखला बराबरी गरेको नेपालले हङकङ र नेदरल्याण्ड्स विरुद्धको ट्वेन्टी–ट्वेन्टी श्रृंखला्मा भने पराजित भएको थियो । आईसीसीको कुनै पनि ढाँचाको क्रिकेट श्रृंखला नेपालल...
साइबर अपराधमा युवावर्ग बढीः एक वर्षमा ९२६ उजुरी दर्ता

साइबर अपराधमा युवावर्ग बढीः एक वर्षमा ९२६ उजुरी दर्ता

अपराध, समाचार, समाज
काठमाडौं— २०, माघ । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९२६ उजुरी दर्ता भएका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चिठ्ठा प¥यो भनेर रु एक करोडसम्म ठगी गरेको उजुरी महाशाखामा परेको बताउँछन् । “विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेरसमेत ठगी भएको छ”, उनी भन्छन् । महाशाखाका अनुसार युवावर्ग बढी सङ्ख्यामा साइबर अपराधमा लागेका छन् । जसमध्ये १५ देखि २५ वर्षसम्मका युवा धेरै साइबर अपराधमा लाग्ने गरेका छन् महाशाखाका प्रमुख एवं प्र...
कोरिग्राफर रोजिन शाक्य सिंगापुरमा आयोजना हुने हेरिटेज पेजेन्ट २०१९ का लागि कोरियोग्राफीमा नियुक्त

कोरिग्राफर रोजिन शाक्य सिंगापुरमा आयोजना हुने हेरिटेज पेजेन्ट २०१९ का लागि कोरियोग्राफीमा नियुक्त

मनोरन्जन, समाचार
काठमाडौं— २०, माघ । विभिन्न उमेर समूहको सौन्दर्य प्रतियोगिता तथा फेसन शोको कोरियोग्राफीमा डेढ दशक भन्दा लामो समय सक्रियता र निरन्तरता राखेका फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्ट २०१९का लागि अफिसियल कोरियोग्राफरका रुपमा नियुक्त भएका छन् । आगामी फेब्रअरी १२ देखि १७ तारिखसम्म सिंगापुरमा संचालन हुने यो प्रतियोगिता अन्तर्गत मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को विजेता छनौट हुनेछ । प्रतियोगिता ई प्लानेट प्रा.लि.को ब्यानरमा संचालन हुन लागेको हो । यस अघि सो अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो संस्करण नेपालमा, दोस्रो संस्करण भारत तथा तेस्रो संस्करण श्रीलंकामा संचालन भएको थियो । वितेका तीन वटै संस्करणमा पनि रोजिन शाक्य नै कोरियोग्राफर रहेका थिए । अन्तर्राष्ट्रिय मंचमै सिंगापुरस्थित होटल भिलेज चाङ्गीमा संचालन भएको पहिलो ‘मिस मर...
मोडल सङ्ग्स नेपालद्वारा जनकपुरमा आयोजित अल स्टार नेपाल सुपर टप मोडलको ताज नुर खान र तृषा झाले हात पारे

मोडल सङ्ग्स नेपालद्वारा जनकपुरमा आयोजित अल स्टार नेपाल सुपर टप मोडलको ताज नुर खान र तृषा झाले हात पारे

मनोरन्जन, समाचार
काठमाडौं— २०, माघ । नुर खान र तृषा झाले अल स्टार नेपाल सुपर टप मोडल,२०१९ सिजन-२ को उपाधि चुमेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा विभिन्न सौन्दर्य प्रतियोगिता तथा अवार्ड शो आयोजना गरेर चर्चा कमाउन सफल मोडल सङ्ग्स नेपालको आयोजनामा जनकपुरस्थित मसला कटेज भेन्युमा आयोजित अल स्टार नेपाल सुपर टप मोडल,२०१९ सिजन-२ को ताज युवतीतर्फ तृषा झा र पुरुषतर्फ नुर खानले हात पारेका हुन् । प्रतियोगितामा पुरुषतर्फ अमित कुमार साह र कार्तिक यादवले क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनरअपको ताज हात पारे । त्यसैगरी युवतीतर्फ रेजिना यादव र रिमा मण्डलले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए । कार्यक्रमको प्रमुख अतिथीको रुपमा प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया रहनु भएको थियो भने प्रतियोगिताको निर्णायक मण्डलमा संचारकर्मी नव ढुङ्गेल, चलचित्र निर्देशक बिकाश वस्याल, मोडल उज्ज्वल केसी, वासुदेव उपाध्याय तथ...
बर्नमाउथसँगको लज्जस्पद हार बेहोरेको चेल्सीको उत्कृष्ट पुनरागमन, हडर्सफिल्ड टाउनविरुद्द ५–० को शानदार जीत

बर्नमाउथसँगको लज्जस्पद हार बेहोरेको चेल्सीको उत्कृष्ट पुनरागमन, हडर्सफिल्ड टाउनविरुद्द ५–० को शानदार जीत

खेलकुद, समाचार
काठमाडौं— २०, माघ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ५–० ले पराजित गरेको छ । बर्नमाउथसँगको अघिल्लो खेलमा ४–० को लज्जास्पद हार ब्योहोरेपछि सवत्र अलोचित भएको चेल्सीले गएराति जित संगै उत्कृष्ट पुनरागमन गरेको छ । चेल्सीलाई जित दिलाउन एडिन हाजार्ड र गोन्जालो हिग्वेनले दुई–दुई गोल गरे भने डेभिड लुईजले थप एक गोल गरेका थिए । प्रिमियर लिग फुटबल अन्तगत नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले न्युकासल युनाईटेडलाई १–० ले पराजित गर्दा वुल्भरह्याम्पटन वान्डरर्सले एभर्टनलाई ३–१ ले पराजित गर्‍यो । क्रिष्टल प्यालेसले फुल्हमलाई तथा कार्डिफ सिटीले बर्नमाउथलाई समान २–० ले पाखा लगाए । त्यस्तै बर्न्लेले साउथह्याम्पटनसँग १–१ गोलको बराबरी खेल्दा ब्राईटन र वाट्फोर्डले गोलरहित बराबरी खेले । प्रिमियर लिग अन्तर्गत आज राति दुई खेल हुनेछन् । आज म्या...
चर्चित कलाकार बिएस राणाको आज बिहान निधन

चर्चित कलाकार बिएस राणाको आज बिहान निधन

मनोरन्जन, समाचार
काठमाडौं— १८, माघ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिए । करीब ३० वर्ष बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए । विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गरेका राणाले दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । उनले दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा दर्जनौं टेलिचलचित्रमा अभिनय गरेका छन् । काठमाडौँ बूढानीलकण्डका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनको श्रीमती र तीन छोरी छन...
लाओसका उपराष्ट्रपतिसँग नेकपा प्रतिनिधिमण्डलको भेटवार्ता सम्पन्न

लाओसका उपराष्ट्रपतिसँग नेकपा प्रतिनिधिमण्डलको भेटवार्ता सम्पन्न

राजनीति, समाचार
काठमाडौं— १८, माघ । लाओस भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीको प्रतितिनिधिमण्डलले लाओसको उपराष्ट्रपति फांखाम भिफाभान्हसँग आज राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेट गरेको छ ।बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा गएको टोलीले सत्तारुढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपति भिफाभान्हसँग भेट गरेको हो । भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गर्दै भूपरिवेष्ठित देश भएकाले एक अर्काका समस्या र चाहनाहरु दुबै देशले बुझेकाले आपसमा साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिए । कम्युनिस्ट पार्टीको नेतृत्वमा लाओसले हासिल गरिरहेको समृद्धि र तीब्र आर्थिक विकासका बारेमा चर्चा गर्दै उनले उन्नत प्रविधि र पुँजीको प्रयोगबाट जनसहभागितामुलक विकासको मोडल आफ्नो जस्ता मुलुकका लागि प्रभावकारी...