आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
भारतविरुद्ध नेपाली राष्ट्रिय महिला फुटबल टिमको ऐतिहासिक जित

भारतविरुद्ध नेपाली राष्ट्रिय महिला फुटबल टिमको ऐतिहासिक जित

खेलकुद, समाचार
काठमाडौं— २८, माघ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप महिला फुटबलमा नेपालले घरेलु टिमले भारतमाथि २–१ को ऐतिहासिक जित हात पारेको हो । कालिंगा रंगशालामा हिजो साँझ भएको खेलको पहिलो हाफमा नेपालका लागि दुवै गोल सावित्री भण्डारीले गरेकी हुन् । सुरुवाती पाँचौ मिनेटमै भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटपछि भण्डारीले नै नेपालका लागि अर्को गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्याइन् । खेलको अन्त्यतिर अर्थात् ८४ औं मिनेटमा भारतकी रत्नबाला देवीले सान्त्वना एक गोल फर्काइन् । भारतको सिनियर महिला टोलीविरुद्ध नेपालले जित निकालेको यो नै पहिलो पटक हो । नेपाल र भारतबीच अहिलेसम्म ९ पटक प्रतिस्पर्धा हुँदा सात खेलमा भारत विजयी भएको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो । जारी हिरो गोल्डकपम...
नेविसंघका अध्यक्ष महरले राजीनामा दिए

नेविसंघका अध्यक्ष महरले राजीनामा दिए

राजनीति, समाचार
काठमाडौं— २८, माघ । नेपाल विद्यार्थी सङ्घ(नेविसंघ) का अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिबाट सङ्घको वर्तमान कार्यसमिति विघटन गर्ने तयारी भइरहेका बेला सोमबार महरले राजीनामा दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले राजीनामा बुझाएका छन् । सभापति देउवाले महरको राजीनामा स्वीकृत भइसकेको जानकारी सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा जानकारी दिएका थिए । महरको कार्यकाल भदौ २ मै सकिएको हो । महाधिवेशन गराउन पार्टीले उनलाई पहिलोपटक तीन र दोस्रो पटक दुई महिनाको समय दिएको थियो । तोकिएको समयभित्र महाधिवेशन गराउन नसकेपछि विधानत:कार्यसमिति नै विघटन गर्ने तयारी पार्टीको थियो । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहित केही नेताहरूले भने वर्तमान नेतृत्वलाई महाधिवेशन गराउन दिनुपर्ने बताउँदै आएका थिए । सभापति देउवा र वरिष्ठ नेता पौडेल भने महर...
दक्षिण कोरियाली पूर्व प्रधानन्यायाधीशमाथि शक्तिको व्यापक दुरुपयोगको आरोप

दक्षिण कोरियाली पूर्व प्रधानन्यायाधीशमाथि शक्तिको व्यापक दुरुपयोगको आरोप

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— २८, माघ । दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उनी विरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश दिएको थियो। अभियोजन अधिकारीहरुले याङ विरुद्ध आठ महिनादेखि छानबिन गरिरहेको बताइएको छ। अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतका अरु दुई जना अवकाशप्राप्त न्यायाधीशहरु पार्क बायाङ–डाई र को योङ–हान का विरुद्ध समेत अभियोग लगाएका छन्। उनीहरुलाई भने प्रहरी थुनामा राखिएको छैन। पूर्वप्रधानन्यायाधीश याङमाथि मुख्यतः पूर्व राष्ट्रपति पार्क गिउन–हे को सरकारमाथि जानाजान छुटहरू दिएको आरोप छ। उनी सन् २०११ देखि २०१७ सम्म दक्षिण कोरियाको प्रधान न्यायाधीश थिए। दक्षिण कोरियाको न्यायिक इतिहासमै पक्राउ पर्ने याङ पहिलो वरिष्ट न्यायाधीश हुन्।...
संसदको अर्थ समितिले एनसेलको विवरण माग्यो, पुराना बिक्री ब्युँतिँदै

संसदको अर्थ समितिले एनसेलको विवरण माग्यो, पुराना बिक्री ब्युँतिँदै

आर्थिक, समाचार
काठमाडौं— २८, माघ । एनसेलको पुरानो खरिदबिक्रीमा समेत कर छलीको आशंका गर्दै संसदको अर्थ समितिले सुरुदेखिका सम्पूर्ण विवरण मगाएको छ । पछिल्लो पल्ट बिक्रीमा भएको कर छलीको विषयलाई सर्वोच्च अदालतले किनारा लगाइसके पनि पुराना प्रकरणसमेत ब्युँतिने भएका हुन् । एनसेल हालसम्म १२औं पल्ट खरिदबिक्री भएको छ । समितिको आइतबारको बैठकले स्थापना भएदेखि अहिलेसम्मकै सेयर हस्तान्तरण विवरण ७ दिनभित्र पठाउन सरोकारवाला मन्त्रालयहरूलाई निर्देशन दिएको हो। ‘हरेक चरणका सेयर हस्तान्तरणमा पुँजीगत लाभ भए/नभएको र भए लाभकर असुल गरिएको/नगरिएको विवरण ७ दिनभित्र समितिमा आइपुग्ने गरी माग गर्ने,’ समितिको निर्णयमा भनिएको छ। तत्कालीन स्पाइस नेपाल स्थापना भएदेखि आजियटा ग्रुपले सेयर स्वामित्व किनेसम्मका सबै विवरण समितिले माग गरेको हो। समितिले यसअघि स्वामित्व हस्तान्तरण हुँदा लाभकर पूर्ण रूपमा तिरिएको/नतिरिएको विषयमा पनि अनुस...
ललितपुरको भैंसेपाटीस्थित नख्खु टोलमा रहेको फोम गोदाममा आगलागी

ललितपुरको भैंसेपाटीस्थित नख्खु टोलमा रहेको फोम गोदाममा आगलागी

समाचार, समाज
काठमाडौं— २८, माघ । ललितपुरको भैसेपाटीस्थित नख्खु टोलमा रहेको फोम गोदाममा आगलागी भएको छ । सोमबार दिउँसो भएको आगलागीमा गदाममा पूर्ण रुपमा नष्ट भएको छ । ललितपुर प्रहरी प्रमुख रवीन्द्र धानुकका अनुसार डीएन आरडी ट्रेडर्सले बिछ्यौउन बनाउन प्रयोग गरिने फोम राखेको गोदाममा आगलागी भएको हो । आगो लागेको जनाकारी पछि काठमाडौं, ललितपुर र नेपाली सेनाका दमकलहरु परिचालन गरेर आगो निभाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु पनि आगो नियन्त्रणका लागि खटिएका थिए । (कान्तिपुर दैनिक)...
नेपालको पहिलो समावेशी अवार्डमा संचारकर्मी/ईभेन्ट डाइरेक्टर राज लुईटेल वर्षको ‘नेशनल पावर न्यूज कला सम्मान— २०१९’ बाट सम्मानित

नेपालको पहिलो समावेशी अवार्डमा संचारकर्मी/ईभेन्ट डाइरेक्टर राज लुईटेल वर्षको ‘नेशनल पावर न्यूज कला सम्मान— २०१९’ बाट सम्मानित

मनोरन्जन, समाचार
काठमाडौं— २८, माघ । संचारकर्मी राज लुइँटेल नेशनल पावर न्यूज कला सम्मान— २०१९ बाट सम्मानित भएका छन । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा राजधानीको राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्पन्न लुइँटेल २०१९ मा लुइँटेल नेशनल पावर न्यूज कला सम्मानबाट सम्मानित भएका छन । नेपाली भाषा र भेषभुषाको प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विगत लामो समयदेखि नेपाली चलचित्र, अभिनय, गीत, संगीत, साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका श्रष्टा, सर्जक तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रदान गरिएको थियो भने कुल ५१ विधामा वितरण गरिएको अवार्ड कार्यक्रममा जुरी, ईन्करेजमेन्ट, डायस्पोरा र क्रिटिक्स अवार्ड समेत वितरण गरिएको थियो । लामो समयदेखी संचार एवं सामाजिक क्षेत्रमा रहेर पत्रकारीता क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै बिभिन्न सौन्दर्य प...
भ्यालेन्टाइन डे को रमझम नेपालमा पनि सुरुः डेढ करोडको गुलाफ आयात

भ्यालेन्टाइन डे को रमझम नेपालमा पनि सुरुः डेढ करोडको गुलाफ आयात

आर्थिक, समाचार
काठमाडौं— २८, माघ । गुलाफलाई जिन्दगी, सुन्दरता र प्रेमको प्रतिक ठानिन्छ । जीवनको दर्शन हो गुलाव । पूर्वीय दर्शनमा प्रेम र प्रणय दिवसको सम्झना गर्नु परेमा श्रीकृष्ण र राधाको प्रेमलिला तथा त्यागलाई सम्झने गरिन्छ । तर पाश्चात्य दर्शनमा आधारित प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ मा प्रेमी–प्रेमिकाहरुले रातो गुलाब दिएर आफ्नो प्रेम प्रकट गर्दछन् । प्रत्येक वर्ष माग बढ्दै जाँदा विदेशवाट करोडौं रुपैंयाँ बराबरको गुलाफ आयात हुन थालेको छ । गुलावका फरक–फरक रंगले प्रेमका फरक–फरक आयामलाई दर्शाउँछ । रातो गुलाफ मायालुलाई प्रेम गर्छु भन्ने जनाउन, गुलाबी गुलाब रिसाएका प्रेमीलाई फकाउन, पँहेलो गुलाफ मित्रता, सेतो गुलाफ समवेदना जनाउन प्रयोग गरिन्छ । कवि रोबर्ट बर्नसले प्रेमिकालाई अंग्रेजी वर्षको जून महिनामा फुल्ने गुलाफसँग तुलना गरेका छन् । उनले लेखेका छन्–‘मेरी प्रेमिका जून महिनामा फुल्ने ताजा रात...
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यद्वारा तथ्यमा आधारित रहेर पत्रकारिता गर्न सुझाव

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यद्वारा तथ्यमा आधारित रहेर पत्रकारिता गर्न सुझाव

समाचार, समाज
काठमाडौं— २८, माघ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पत्रकारहरुलाई तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गरे । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले पत्रकारसँगको सहकार्यमा समृद्धिको लागि हातेमालो गर्न आफू तयार रहेको पनि बताए । ‘रानीपोखरी पुनर्निर्माणको लागि महानगरपालिका सक्षम छ । हामीले बजेट दिन्छौं भनेका छौं । तर अहिले आएर पुनर्निर्माण प्रधिकरणले बनाउने भएको छ,’ शाक्यको भनाई थियो । महानगरले गर्ने प्रत्येक काममा एउटा पक्षले सधैं विरोध गर्दै आएको भन्दै शाक्यले आम नागरिकलाई तथ्यगत समाचार दिन पनि आग्रह गरे । देशैभरका नागरिक बस्ने राजधानी शहर व्यवस्थित र समृद्ध बनाउन साँचो अर्थको पत्रकारिता आवश्यक रहेको उनको भनाई थियो । हुन पनि काठमाडौं महानगरलाई पुनर्निर्माणको जिम्मा दिएर २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी शिलान्यास गरेकी ...
महिला रेस्लरहरुको महाभिडन्त माघ २९ मा हुने

महिला रेस्लरहरुको महाभिडन्त माघ २९ मा हुने

खेलकुद, समाचार
काठमाडौं— २८, माघ । महिला रेस्लिंग संघ फेरि जुर्मुराएको छ ।संघले यहि माघ २९ गते नयाँ पुराना रेस्लरहरुलाई समेटेर फेरि एउटा रोचक भिडन्त गराउने भएको छ । अध्यक्ष तथा मुख्य प्रशिक्षक भगवती खड्काले बताए अनुसार रेस्लरहरुले बिगत दुई महिनामा सिकेका कुरा भिडन्तमा देखाउने छन् ।संघको प्रशिक्षणलाई अर्की रेस्लर तथा संघकै कोषाध्यक्ष अस्मिता सुनार जुरेलीले पनि टेवा दिदै आएकी छिन् । डिआरएन ब्रान्डले प्रायोजन गरेको यो महा भिडन्त रोचक र घोचक हुने कुरा आयोजकले बताएको छ । लक्ष्मी धर्तिमगर, भगबती माझी,जमुना तामांग,अस्मिता जुरेली,भगबती खड्का,दिनेश सुनार अमृता रेग्मी को भिडन्तलाई गुनराज रुचालले संचालन गर्ने छन् ।...
महादेव त्रिपाठीको चलचित्र ‘जोकर’को गीत सार्वजनिक (भिडियो सहित)

महादेव त्रिपाठीको चलचित्र ‘जोकर’को गीत सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं— २८, माघ । महादेव त्रिपाठीको निर्देशनमा रहेको फिल्म ‘जोकर’को नयाँ गीत ‘म हुँ जोकर’ सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको शब्द संगीत र स्वर रहेको छ । गीतमा अभिनेता महादेव त्रिपाठी देखिएका छन् । फागुन ३ बाट प्रदर्शनमा आउँने फिल्ममा याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति रहेको छ । विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त निर्माणमा फिल्म तयार भएको हो । फिल्ममा त्रिपाठीसँगै सिम्पल खरेल, सुरेन्द्र केसी (मुलाको साग), शिव शंकर रिजाल ९जोगेन्द्र०, अन्जु थापा, नवराज श्रेष्ठ, मेरी बास्सैकी अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, विशेष पन्त, सरु धिमाल, लगायतका कलाकारको अभिनय रहेको छ । भिडियोः https://youtu.be/zoqu0tllZHk...