rose

काठमाडौं— २८, माघ ।

गुलाफलाई जिन्दगी, सुन्दरता र प्रेमको प्रतिक ठानिन्छ । जीवनको दर्शन हो गुलाव । पूर्वीय दर्शनमा प्रेम र प्रणय दिवसको सम्झना गर्नु परेमा श्रीकृष्ण र राधाको प्रेमलिला तथा त्यागलाई सम्झने गरिन्छ ।

तर पाश्चात्य दर्शनमा आधारित प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ मा प्रेमी–प्रेमिकाहरुले रातो गुलाब दिएर आफ्नो प्रेम प्रकट गर्दछन् । प्रत्येक वर्ष माग बढ्दै जाँदा विदेशवाट करोडौं रुपैंयाँ बराबरको गुलाफ आयात हुन थालेको छ ।

गुलावका फरक–फरक रंगले प्रेमका फरक–फरक आयामलाई दर्शाउँछ । रातो गुलाफ मायालुलाई प्रेम गर्छु भन्ने जनाउन, गुलाबी गुलाब रिसाएका प्रेमीलाई फकाउन, पँहेलो गुलाफ मित्रता, सेतो गुलाफ समवेदना जनाउन प्रयोग गरिन्छ ।

कवि रोबर्ट बर्नसले प्रेमिकालाई अंग्रेजी वर्षको जून महिनामा फुल्ने गुलाफसँग तुलना गरेका छन् । उनले लेखेका छन्–‘मेरी प्रेमिका जून महिनामा फुल्ने ताजा रातो गुलाफ जस्तै छिन् ।

कवियत्री क्रिस्टिना रोजेटीले ‘जब म मर्छु मेरो प्रियतम’ शिर्षकको कवितामा गुलाबलाई यसरी विम्बको रुपमा प्रयोग गरेकी छिन् ।– ‘जब म मर्छु मेरो प्रियतम, मेरो चिहानमा गुलाफका बोटहरु नरोप, ती रक्तिम थुँगाहरुले मेरो सम्झना दिलाउनेछन् र तिमी प्रेमले व्याकुल हुनेछौ ।

प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे नजिकिँदै छ । फेब्रुअरी १४ तारिखमा मनाइने भ्यालेन्टाइन डे पश्चिमा संस्कृती हो । पूर्वीय दर्शनमा श्रीकृष्ण र राधाको प्रेमलाई उदाहरणका रुपमा लिने गरिन्छ ।

तर पछिल्लो केही दशकयता भ्यालनटाइन डे नेपाली युवापुस्ताले उत्साहका साथ मनाउन थालेका छन् । यस दिन प्रेमीप्रेमीकाहरुले सबैभन्दा बढी साटासाट गर्ने उपहार रातो गुलाब नै हो ।

यतिबेला रातो गुलाबको माग अत्याधिक हुने भएपछि नेपालको उत्पादनले नधानेर विभिन्न देशहरुबाट आयात हुने गरेको छ ।

यसको माग हरेक बर्ष बढ्दो छ । प्रणय दिवसको अवसर पारेर यस वर्ष फ्लोरिकल्चर एसोसियशन नेपालले १ करोड ५० लाख रुपैंया बराबरको १ लाख ६० हजार स्टिम रातो गुलाब आयात गरेको छ ।

अघिल्लो वर्ष रातो गुलाब प्रति स्टिम ४० देखि ८० रुपैंयामा कारोबार भएको थियो भने यस वर्ष मुल्य वृद्धि भई ५० देखि १०० रुपैंयाँ हाराहारीमा कारोबार हुने फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ ।

आयात गरिएका मध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने गरेको छ ।

फुलको बढ्दो आयात कम गर्न बैङ्क तथा वितिय संस्थाहरुले कम व्याजदरमा रकम उपलब्ध गराउनुपर्ने अध्यक्ष श्रेष्ठको तर्क छ ।

नेपालमा व्यवसायिक रुपमा फूल खेती गरिँदै आएपनि हरेक वर्ष १० देखि १५ प्रतिशतले माग बढिरहेको छ । स्वदेशी उत्पादनलाई नबढाउने हो फूलमा पनि आत्मनिर्भर गाह्रो हुने देखिन्छ ।

(ईमेज खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here