आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
डीपीएलमा धनगढीविरुद्द अत्तरिया ५ रनले विजयी

डीपीएलमा धनगढीविरुद्द अत्तरिया ५ रनले विजयी

खेलकुद, समाचार
काठमाडौं— २८, माघ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत जारी तेस्रो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले दिएको ९६ रनको लक्ष्य पुरै २० ओभर सकिँदा पनि धनगढीले भेटाउन सकेन । उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्ससँग हारेको धनगढीको यो लगातार दोस्रो हार हो । फाप्ला मैदानमा ९६ रनको सामान्य लक्ष्य पछ्याएको धनगढीका लागि राजु रिजाले नटआउट २६ रन बनाएपनि धनगढीलाई जिताउन सकेनन् । धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । अत्तरियाका भुवन कार्कीले ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिए भने सन्नी पटेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान दिपेन्द्र ऐरीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । यस्तै युवा खेलाडी दिपेन्द्र रावतले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । पहिलो इनिङ्समा अत...
भारतीय कंग्रेसकी प्रियंका गान्धीले सुरु गरिन् निर्वाचन अभियान

भारतीय कंग्रेसकी प्रियंका गान्धीले सुरु गरिन् निर्वाचन अभियान

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— २८, माघ । गत महिना औपचारिक रूपमा भारतीय कंग्रेसको राजनीतिमा होमिएकी प्रियंका गान्धी पहिलोपटक सोमबार सार्वजनिक कार्यक्रममा देखा परेकी छिन् । प्रियंकाको स्वागतमा हजारौँ प्रशंसक सडकमा उत्रिएका थिए । आगामी मे महिनामा हुने निर्वाचनमा प्रियंकाले कंग्रेस पार्टीलाई थप ऊर्जा दिने प्रशंसकहरूले विश्वास गरेका छन् । पहिलोपटक लखनउको कार्यक्रममा सहभागी प्रियंका गान्धी आफ्ना दाजु तथा कंग्रेस पार्टीअध्यक्ष राहुल गान्धीसँगै लखनउमा आयोजित कार्यक्रममा सहभागी भइन् । उनलाई समर्थकले ताली बजाएर स्वागत गरेका थिए । दुई साताअघि उनलाई राहुलले पार्टी महासचिवमा नियुक्त गरेका थिए । उनलाई आफ्नै हजुरआमा तथा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीसँग तुलना गर्न थालिएको छ । उत्तर प्रदेशको लखनउमा आयोजित भव्य कार्यक्रममा सहभागीले ‘राहुल गान्धी र प्रियंका गान्धी दीर्घायु रहून्’ भन्ने नारा लगाउँदै अभिवादन गरेका थि...
बलात्कार गरेको आरोप लागेका वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा

बलात्कार गरेको आरोप लागेका वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा

अपराध, समाचार, समाज
नवलपुर— २८, माघ । नवलपुरको एक जना महिलालाई बलात्कार गरेको आरोप लागेका तनहुँको घिरिङ गाउँपालिका -४ का वडाअध्यक्ष झकबहादुर कुमाललाई पुर्पक्षका लागि थुनामा राखिएको छ । जिल्ला अदालत नवलपरासी पूर्वले सोमबार कुमाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । गत बैशाख २५ गते वडा अध्यक्ष कुमालले नवलपुरको बौदीकाली -२ स्थित जंगलमा ती महिलालाई करणी गरेको आरोप लागेको हो । बैशाख ३० गते युवतीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा उजुरी दिएकी थिइन् । घटनापछि फरार रहेका अध्यक्ष कुमाललाई प्रहरीले खोजी गरिराखेको थियो । अदालतले प्रकाउ पुर्जी जारी गरेपछि उनले नवलपुर प्रहरीसामु सोमबार आत्मासर्पण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उनलाई जिल्ला कारागार चितवन चलान गरिएको छ । घटना नवलपुरमा भएकाले वडाअध्यक्ष कुमाल तनहुँका भएपनि नवलपुरबाटै नै म...
सार्क सम्मेलनमा आएका विदेशी पाहुनाका लागि ओछ्याइएको रातो कार्पेटमा समेत भ्रष्टाचार

सार्क सम्मेलनमा आएका विदेशी पाहुनाका लागि ओछ्याइएको रातो कार्पेटमा समेत भ्रष्टाचार

आर्थिक, समाचार, समाज
काठमाडौं— २८, माघ । किन्न खोजिएको कम्पनीको स्पेसिफिकेसन तोकेर टेन्डर नेपाली सेनाका लागि एक थान हेलिकोप्टर खरिद गर्न दुई वर्षअघि सरकारले रकमान्तर गरी एक अर्ब ६८ करोड रुपैयाँ निकासा दिएको थियो । सेनाको नीति तथा योजना निर्देशनालयले इटालीको अगस्ता कम्पनीसँग हेलिकोप्टरको मूल्य पहिल्यै मागेको थियो । अगस्ताले दिएको एक करोड ४० लाख युरोलाई नै अनुमानित मूल्य मानेर सेनाले टेन्डर माग्यो । खरिद हुने हेलिकोप्टरको विशेषता पनि अगस्तासँग मात्र मिल्ने गरी राखिएको थियो । अगस्ताको हेलिकोप्टर उपलब्ध गराउन इटालीकै कम्पनी लियोनोर्डो एसपिएले मात्र टेन्डर हाल्यो । तर, १६ असार ०७३ को मन्त्रिपरिषद् बैठकले प्रतिस्पर्धा सुनिश्चित गरेर मात्र हेलिकोप्टर खरिद गर्न स्वीकृत दिएको थियो । तर, सेनाले प्रतिस्पर्धाविनै एउटै कम्पनीको कोटेसनका आधारमा एक करोड ३९ लाख ८४ हजार २ सय ४३ युरोमा हेलिकोप्टर किन्यो । यसरी तत्कालीन व...
पोखरा लेकसाइडमा १४ वर्षीय एक बालकको हत्या

पोखरा लेकसाइडमा १४ वर्षीय एक बालकको हत्या

अपराध, समाचार, समाज
कास्की— २८, माघ । पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्कीले बताए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । (रासस)...
सुनसरीमा छुरा प्रहार गरी महिलाको हत्या

सुनसरीमा छुरा प्रहार गरी महिलाको हत्या

अपराध, समाचार, समाज
सुनसरी— २८, माघ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेका हुन् । लालबहादुरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । मृतक सोनिया विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाईले बताए । (रासस)...
विधानलाई अन्तिम रुप दिन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

विधानलाई अन्तिम रुप दिन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

राजनीति, समाचार
काठमाडौं— २८, माघ । महासमितिले अनुमोदन गरेको विधानलाई अन्तिम रुप दिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी विधानभित्र समेटिएका केही विषयलाई परिमार्जन गर्दै नेविसंघको महाधिवेशनबारे छलफल गर्न आज पनि बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा विधानलाई अन्तिम रुप दिने र नेविसंघको महाधिवेशनबारे छलफल हुने बताइएको छ । कांग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने वा अन्य प्रावधान राख्ने विषयमा बहस जारी छ । गत मंसिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो । महासमिति बैठकले केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक...
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले यमनका युद्ध प्रभावितका लागि लगिएको खाद्यान्न कुहिने खतरा

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले यमनका युद्ध प्रभावितका लागि लगिएको खाद्यान्न कुहिने खतरा

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— २८, माघ । यमनका युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले पठाएको खाद्यान्न कुहिने अवस्थामा पुगेको छ । खाद्यान्न सहयोग लक्षित समुदायमा पुर्‍याउन समस्या आएका कारण कुहिने अवस्था आएको हो । यमनका लागि राष्ट्रसंघीय विशेष दूत मार्टिन गिफ्रिथले खाद्यान्न भण्डार शिविरमा ३७ लाख नागरिकका लागि एक महिना पुग्ने खाद्यान्न रहे पनि पाँच महिनासम्म लक्षित क्षेत्रमा पठाउन नसकिएकाले कुहिने अवस्थामा पुगेको बताए । डब्लुएफपीले पठाएको खाद्यान्न यमनको पश्चिमी बन्दरगाह शहर होडेइडामा रहेको रेड सी मिल्स भण्डार गृहमा राखिएको छ । तर त्यो सामग्री सहयोगी संघसंस्थाको पहुँचमा नहुँदा राहत कार्यक्रम प्रभावित बनेको छ । विशेषदूत मार्टिनले युद्ध प्रभावित क्षेत्रका नागरिकलाई खाद्यान्न पुर्‍याउन नसक्नु दुःखद भन्दै चिन्ता व्यक्त गरे । उनले खाद्यान्न सहयोगका ...
सुमधुर आवाजकी गायिका बसन्ती लामाको तामाङ सेलो ‘नक्कली कान्छी’ सार्वजनिक (भिडियो सहित)

सुमधुर आवाजकी गायिका बसन्ती लामाको तामाङ सेलो ‘नक्कली कान्छी’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं— २८, माघ । पछिल्लो समयमा नेपाली गीत संगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाईसकेकी गायिका वसन्ती लामाको आवाजमा नयाँ तामाङ सेलो सार्वजनिक भएको छ। सार्वजनिक भएको ‘नक्कली कान्छी’ बोलको गीतमा वसन्ती लामालाई बाबुल गिरीले साथ दिएका छन । गायिका लामाले करिब दर्जनौ गीतमा आफ्नो सुमधुर आवाज भरिसकेकि छिन । गायक बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोमा कोरियोग्राफी भारुण तामाङ र शरुती तामाङले गरेका छन् भने नबिन धितालले भिडियो छायांकन तथा सम्पादन गरेका छन् । हाईलाइट्स नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको यस गीतको म्युजिक भिडियोमा शरुती तामाङ र उमंग तामाङको दमदार अभिनय रहेको छ । भिडियोः https://youtu.be/u-xMkYX8ilM...
इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडविचको खेल बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडविचको खेल बराबरी

खेलकुद, समाचार
काठमाडौं— २८, माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेल अन्तर्गत वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडले बराबरीमा चित्त बुझाएका छन् । वुल्भर ह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा न्यूयासल युनाइटेडसँग ह्याम्पटनले १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो । पहिलो हाफ गोलरहित भएको खेलमा ५६ औँ मिनेटमा हायडिनले न्यूकासलका लागि गोल गरेर टिमलाई अग्रता दिलाए पनि अन्त्यसम्म त्यो अग्रता जोगाउन नसक्दा खेलको इन्जुरी समयको अन्तिमतिर वुल्भरह्याम्टनका बोलीले गोल गर्दै पराजय टारेका थिए । गएरातीको बराबरीपछि अंक तालिकाको सातौं स्थानको वुल्भर ह्याम्पटनको २६ खेलबाट ३९ तथा १६ औं स्थानमा उक्लिएको न्यूकासलको २५ अंक भएको छ ।...