आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
दलाई लामा अस्वस्थ, छातीमा संक्रमण देखिएपछि अस्पताल भर्ना

दलाई लामा अस्वस्थ, छातीमा संक्रमण देखिएपछि अस्पताल भर्ना

अन्तराष्ट्रिय, समाचार
दिल्ली — चैत्र २७ । भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती बौद्ध धर्मगुरु दलाई लामा अस्वस्थ भएपछि दिल्लीस्थित एक अस्पतालमा भर्ना गरिएका छन् । उनको छातीमा संक्रमण देखिएकोले आस्पताल गर्नुपरेको तर स्वास्थ्य अवस्था भने हाललाई स्थिर रहेको बताइएको छ। ८३ वर्षका दलाई लामाका सहयोगी तेन्जिन ताक्लाका अनुसार दलाई लामालाई केही अप्ठ्यारो महसुस भएपछि उनी बसोबास गरिरहेको हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो। 'चिकित्सकहरूले उहाँको छातीमा संक्रमण रहेको पत्ता लगाएका छन् र त्यसकै उपचार हुँदैछ,' ताक्लाले रोएटर्सलाई बताए। चिनियाँ शासनविरुद्ध उनको नेतृत्वमा तिब्बतमा गरिएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारतमा शरण लिन पुगेका थिए। नोबेल शान्ति पुरस्कारबाट सम्मानित लामा, प्रेरक वक्ताका रुपमा पनि विश्वभर चर्चित छन्। दलाई लामासँगै हजारौं तिब्बतीहरूले भारतमा निर्वासित जीवन बित...
३०० वर्ष पुरानो मध्यपुरथिमिको पोखरीमा भरियो पानी

३०० वर्ष पुरानो मध्यपुरथिमिको पोखरीमा भरियो पानी

समाचार, समाज
काठमाडौँ — चैत्र २७ । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो । धेरै वर्षसम्म झार र घाँसले ढोकेको यी पोखरी सरसफाइपछि केही वर्षयता मंसिरमा स्थानीयवासीले धान सुकाउन प्रयोग गर्ने र अन्य समयमा केटाकेटी खेल्ने मैदानकारूपमा परिणत हुँदै आएको थियो । तर, निर्वाचनपछि जनप्रतिनिधिको जिम्मेवारी सम्हालेका मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले लिएको संकल्प यतिखेर धमाधम पूरा हुन थालेका छन् । जसमध्ये नमुनाको काम हो, ‘निगु पुखुः’ अर्थात् दुई पोखरीको पुनर्जीवन । स्थानीयवासीले यो पोखरीको नेवारी नामसमेत भूलिसकेका थिए । यो ठाउँको नाम नै दुई पोखरी भइसकेको थियो । तर, यस वर्षको बिष्का जात्रालाई लक्षित गरी नगरपालिकाले कम्तीमा एउटा पोखरीको पुनःनिर्माण गरी पानी भर्ने संकल्प लिएर गरेको काम सफल भएसँगै बुधबार बिहानबाट पानी भरेर पोखरीलाई पूर्णता दिएको...
मनाङका हाेमस्टेका महिलालाई सिप विकास तालिम प्रदान

मनाङका हाेमस्टेका महिलालाई सिप विकास तालिम प्रदान

आर्थिक, समाचार
काठमाडौँ — चैत्र २७ । मनाङ जिल्लाकाे नासाे गाउपालिका ताचैमा रहेकाे ताचै हाेमस्टेका महिलाहरू यतिवेला सीप सिकेर आयआर्जन गर्न सक्ने भएपछि दंग भएका छन् । हाेमस्टेमा आउने आन्तरिक तथा वाहय् पर्यटकलाई आफुहरूले सिकेकाे सीप मार्फत फाईवरकाे माला तयार गरि स्वागत गर्न पाउने भएपछि यहाका महिलाहरू निकै खुसि भएका हुन् । गाउमा बाह्रै महिना फुल पाउन समस्या थियाे,यस्तो अवस्थामा पाहुनालाई स्वागत कसरी गर्ने भन्ने चिन्ता हामिलाई हुँदै आएकाेमा फाईवरकाे माला वनाउने तालिमले हाम्रो चिन्ता हटाईदिएकाे छ शान्ता गुरूङले भनिन् । घरेलु तथा साना उधाेग विकास समिति गन्डकि प्रदेश मनाङ र नासाे गाउपालिकाकाे सयुक्त अायाेजनामा संचालित फेवरिक माला तथा किर्ष्टलकाे गहना वनाउने तालिम समापनका अवसरमा महिलाहरू खुसि मात्र भएनन् आफुहरूले सिकेको सिपलाई आर्थिक आयआर्जनको रूपमा अगाडि वढाउने वताएका छन् । आफ्नाे हातमा सिपभएपछि धेरै सा...
खारेज होला त चिनीको बन्देज ?

खारेज होला त चिनीको बन्देज ?

आर्थिक, समाचार
काठमाडौँ — चैत्र २७ । गत वैशाखमा नेपाली उद्योगबाट उत्पादित चिनीले आयातितसँग प्रतिस्पर्धा गर्न नसकेर बिक्री नभएको भन्दै महसुल बढाउन व्यवसायीले दबाब दिए । सरकारले उनीहरूको अनुरोधअनुसारै आयातित चिनीको भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍यायो । ३० प्रतिशत महसुल अपुग भएको जनाउँदै उनीहरू पुनः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयमा आयात रोक्न ‘लबिङ’ गरे । स्रोतका अनुसार यी मन्त्रालयबाट सुनुवाइ नभएपछि चिनी उद्योगीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेट्न पुगे । प्रधानमन्त्रीसँगको छलफलमा अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र मन्त्रालयका सचिवहरू, उद्योगी र केही सांसद पनि सहभागी थिए । त्यसक्रममा प्रधानमन्त्रीले आयात प्रतिबन्धको ठाडो निर्देशन दिएका थिए । त्यसलगतै आपूर्तिमन्त्रीले आयात बन्देजको प्रस्ताव मन्त्रिपरिषद्मा पेस ग...
अवार्ड पाउन शायद  मेरो भाग्यमा नै लेखेको छैनः अभिनेत्री तापसी पन्नू

अवार्ड पाउन शायद मेरो भाग्यमा नै लेखेको छैनः अभिनेत्री तापसी पन्नू

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २७ । अभिनेत्री तापसी पन्नु यति बेला हिन्दी सिनेमाकी उत्कृष्ट अभिनेतृहरु मध्येकी एक हुन् । यस कुराको पुष्टि गर्न तापसीसँग दर्शकको साथ र राम्रा फिल्महरु त छन् तर उनीसँग कुनै अवार्ड छैन । हालै तापसीले यस विषयमा कुराकानी गर्दै भनेकी छिन्, ‘पहिले मलाइ अवार्ड पाइन भनेर दुख लाग्थ्यो । म सोचिरहन्थे कि मैले किन अवार्ड पाइन ? मलाई लाग्थ्यो कि शायद मैले कमर्सियल फिल्म गरेकी छैन त्यसैले अवार्ड पाइन । पछि मैले ‘जुडवा २’ मा अभिनय गरेँ । त्यसपछि पनि कसैले मलाई अवार्डका लागि लायक नै सम्झिएनन् । अब त मैले ठानिसकेँ कि शायद मैले गरेको कामका लागि सम्मान पाउनु मेरो भाग्यमै छैन । त्यसैले मैले आशा गर्न पनि छोडिसकेँ ।’ अभिनेत्री तापसी पन्नु अहिले फिल्म ‘बदला’ मा उनले गरेको अभिनयका कारण चौतर्फी प्रसंशा बटुलिरहेकी छिन् । यस फिल्ममा उनीसँग अभिनेता अमिताभ बच्चनको पनि अभिनय रहेको छ । अ...
जोरपाटीमा खुकुरी देखाएर मनि ट्रान्सफरको तीन लाख लुटियो

जोरपाटीमा खुकुरी देखाएर मनि ट्रान्सफरको तीन लाख लुटियो

अपराध, समाचार, समाज
साँखु— चैत्र २७ । जोरपाटीको चामुन्डा गेटस्थित पाथीभरा मनि ट्रान्सफरको मंगलबार रु तीन लाख नगद लुटपाट भएको छ । मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठको झोलामा राखिएको उक्त रकमसहित काउन्टरबाट करिब रु २० हजार लुटपाट भएको प्रहरीले जनाएको छ । पीडितले काठमाडौंको जोरपाटीस्थित नबिल बैंकबाट पैसा निकालेर मनि ट्रान्सफर पुगेपछि सटर खोलेर सफा गर्नेक्रममा एक्कासि भित्र छिर्दै तीनजनाको समूहमा आएका लुटेराले खुकुरी देखाउँदै झोला थुतेर भागेको बताएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । प्रहरीले घटनाको थप अनुसन्धानका साथै लुटेराको खोजतलास जारी रहेको जनाएको छ । (रासस)...
‘मुद्दा मिलाउन’ भन्दै न्यायाधीशलाई ५ लाख

‘मुद्दा मिलाउन’ भन्दै न्यायाधीशलाई ५ लाख

अपराध, समाचार, समाज
राजविराज — चैत्र २७ । फलफूल व्यापारीले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामा ५ लाख जम्मा गरेको भौचरसहित न्यायपरिषद्मा उजुरी, बहुविवाहमा सफाइको आदेश दिलाउन लेनदेन भएको आरोप । मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजका व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको भन्दै न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीश अधिकारी जिल्ला अदालत कालिकोटमा छन् । राजविराजका फलफूल व्यापारी सागरकुमार साहले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको खातामा विभिन्न मितिमा हालेको रकमको भौचर । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरका मनोजकुमार साहले न्यायाधीश अधिकारीले सागरकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न लिएको भन्दै हुलाकम...
हावाहुरी पीडितलाई समाज कल्याण गतिविधि नेपालद्वारा राहत वितरण

हावाहुरी पीडितलाई समाज कल्याण गतिविधि नेपालद्वारा राहत वितरण

समाचार, समाज
काठमाडौँ — चैत्र २७ । समाज कल्याण गतिविधि नेपालले सामाजिक उत्तरदायित्व/ कार्य अन्तर्गत बारा र पर्सा जिल्लाका हावाहुरीपीडितलाई राहत सामग्री वितरण गरेको छ । हावाहुरीसँगै आएको बिनासकारी आँधीका कारण बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतीलाई दृष्टिगत गर्दै समाज कल्याण गतिविधि नेपाललेले आफ्ना देश भित्र र बाहिर रहेका नेपाली सहयोगी मनहरुबाट राहत संकलन गर्दै प्रभावित क्षेत्रका पीडितलाई वितरण गरेको हो। संस्थाले बारा जिल्लाको फेटा १ भल्मुहिका पीडित ४० घरपरिवारलाई चामल, दाल, तेल, साबुन दन्त मन्जन, चप्पल, कपडा, विस्कुट, चाउचाउ, भाँडाकुडा, थाल–कचौरा लगायतका अन्य अत्यावश्यक सामग्री वितरण गरेको समाज कल्याण गतिविधि नेपालका अध्यक्ष गणेश महताराले जनाए । समाज कल्याण गतिविधि नेपालले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व/ कार्यलाई प्राथमिकतामा राखेर विभिन्न समयमा नेपालभित्र र बाहिर रहे...
नोटाम सुरु भएको १७ मिनेट पछि अन्तर्राष्ट्रिय उडान नियम विपरित फ्लाई दुबईको विमान उड्यो

नोटाम सुरु भएको १७ मिनेट पछि अन्तर्राष्ट्रिय उडान नियम विपरित फ्लाई दुबईको विमान उड्यो

आर्थिक, समाचार
काठमाडौँ — चैत्र २७ । सात दिन अघि 'नोटाम' का कारण नेपाल वायुसेवाको विमानलाई उड्न निदएको विमानस्थलले फ्लाई दुबईलाई भने किन दियो अनुमति ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतकालागि १० बजेदेखि हुने उडान बन्दको अन्तर्राष्ट्रिय नियम (नोटाम) उल्लंघन गर्दै फ्लाई दुबईलाई मंगलबार राति उडान अनुमति दिइएको छ । उड्डयनकर्मीहरुकालागि जारी गरिने नोटाम लागू भइसकेपछि उडान अनुमति दिन मिल्दैन। विमानस्थल व्यवस्थापनले ठिक १० बजेपछि उडान गतिविधि रोक्नुपर्छ। तर, विमानस्थल व्यवस्थापनले नोटाम जारी भएको १७ मिनेटपछि फ्लाई दुबईको बोइङ ७३७ विमान काठमाडौंबाट दुबईकालागि उड्नको लागि अनुमति दिएको छ। विमानस्थलका अधिकारीहरु र एटीसीले महाप्रबन्धकको आदेशअनुसार, उक्त विमानलाई उड्न अनुमति दिएको जानकारी दिए। विमास्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले आफूले यात्रुहरुप्रति सहानुभूति राखेर उडान भर्...
पूर्वसांसद तथा उद्योगपति दिवाकर गोल्छाको निधन

पूर्वसांसद तथा उद्योगपति दिवाकर गोल्छाको निधन

समाचार, समाज
काठमाडौँ — चैत्र २७ । नेपालका प्रसिद्ध उद्योगपति तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ । भारतको चेन्नइमा गएराति गोल्छाको निधन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको दुई साता अघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६७ वर्षीय गोल्छा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद थिए । गोल्छा अर्गनाइजेसनको औद्योगिकरणमा पिता हुलासचन्द गोल्छाले उनलाई प्रेरित गरेका छन् । उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् । हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेसनले चलाउँदै आएको छ । गोल्छाको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ । गोल्छाका दुई छोरा छन् । (ईमेज खबर)...