आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
बैशाख ५ गते नेपाल बन्द

बैशाख ५ गते नेपाल बन्द

राजनीति, समाचार
काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  ५ गते नेपाल बन्दको घोषणा गरेको छ । विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको हो । आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने सो समूहले घोषणा गरेको हो। ओली सरकारको फासीवादी दमनको प्रतिरोध गर्न विरोधका कार्यक्रम घोषणा गरेको सो समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।...
चर्चित कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य सम्मानित

चर्चित कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य सम्मानित

मनोरन्जन, समाचार
चर्चित कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य सम्मानित भएका छन । अन्तराष्ट्रिय फेशन कोरियोग्राफर समेत रहेका शाक्यलाई उक्त सम्मान कार्यक्रम प्रमुख अतिथी महिला बालबालिका तथा समाज कल्याण मन्त्री थम माया थापाले कदर पत्र प्रदान गरी सम्मान गरेका थिए । नव वर्ष २०७६ को उपलक्ष्यमा नेपाल राष्ट्रिय मोडलिङ संघको आयोजनामा दरबारमार्ग स्थित होटल अन्नपूर्णमा संचालन भएको शुभकामना आदान प्रदान कार्यक्रममा लामो समय देखि सक्रिय रहेर आ आफ्नो क्षेत्रमा योगदान पु¥याएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको हो । सो सम्मान कार्यक्रममा कोरियोग्राफर शाक्य संगै वरिष्ठ संगीतकार शंभुजित बाँसकोटा, चलचित्रकर्मी रविन्द खड्का, इन्टरमोडल दिपक घिमिरे लगायतकाहरु सम्मानीत भएका थिए ।...
गायक ध्रुव विश्को र गायिका भगवती भट्टराईको स्वरमा रहेको गीत ‘पिलनको टिकट काटी‘’ सार्वजनिक

गायक ध्रुव विश्को र गायिका भगवती भट्टराईको स्वरमा रहेको गीत ‘पिलनको टिकट काटी‘’ सार्वजनिक

मनोरन्जन, समाचार
नयाँ वर्षको अवसर पारेर गायक ध्रुव विश्को र गायिका भगवती भट्टराईको स्वरमा रहेको गीत ‘पिलनको टिकट काटी‘’ सार्वजनिक भएको छ । संजय विश्कोको शब्द, गायक ध्रुवकै कम्पोज र आमोश तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शिव विकको निर्देशन रहेको गीतको भिडियोमा मोडल पुष्प खडका र सुकमित घिसिङलाई फिचर्ड गरिएको छ । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको गीतको भिडियोलाई दिनशोन शाहले सम्पादन गरेका छन् । सुदुर पश्चिमेली भाषा प्रयोग गरिएको गीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । आफ्ना अन्य गीतले जस्तै यो गीतले पनि स्रोतादर्शकको साथ पाउनेमा आफू आशावादी रहेको गायक ध्रुवले बताए ।यस अघि सार्वजनिक गीत ‘डिट पडिजाउ’को सफलता पछि ‘पिलनको टिकट काटी‘’ ‘डिट पडिजाउ २’ स्रोतादर्शक माझ ल्याएको पनि ध्रुवले जानकारी गराए । गीतको भिडियो : https://youtu.be/yGiHsH0MPgw  ...
एसईई दिएका परिक्षार्थीहरुलाइ लक्षित  मिस्टर एण्ड मिस नेपाल एसईई आयोजना हुने

एसईई दिएका परिक्षार्थीहरुलाइ लक्षित मिस्टर एण्ड मिस नेपाल एसईई आयोजना हुने

मनोरन्जन, समाचार
एसईई दिएका परिक्षार्थीहरुलाइ लक्षित गरी नेतृत्व बिकास,मोडलिङ र आत्माविस्वास लाई अभिवृद्धि गराउने लक्ष्यका साथ मिस्टर एन्ड मिस नेपाल एसईई को काठमाडौ अडिसन दरबारमार्ग स्थित ओपियम रेस्टुरेन्ट मा यही चैत्र २८ गते सम्पन्न भएको छ। एसईई दिएका परिक्षार्थीहरुलाइ लक्षित गरि नेतृत्व बिकास,मोडलिङ र आत्माविस्वास लाई अभिवृद्धि गराउने लक्ष्यका साथ मिस्टर एन्ड मिस नेपाल एसईई को काठमाडौ अडिसन सम्पन्न भएको हो। सौन्दर्य प्रतियोगिता मार्फत मोडलिङ क्षेत्रमा प्रबेश गर्ने चाहना भएका एसईई परिक्षा दिएर फुर्सदको समयमा बसेका बिद्यार्थीहरुलाई अन्तरास्ट्रिय स्तरका कोरियोग्राफर ,मेन्टर तथा अन्तरास्ट्रिय प्रतियोगिताका बिजेताहर सम्मिलित निर्णायक मन्डलबाट छनौट गरि करिब ४५ दिन लामो विशेष प्रशिक्षण पस्चात राष्ट्रिय नाचघर जमलमा अन्तिम प्रतिस्पर्धा गराइने छ। प्रतियोगिताको कोरियोग्राफरको रुपमा अन्तरास्ट्रिय स्तरमा नै ख...
महिला चेम्बरद्वारा मेला तथा स्वास्थ्य शिविरको आयोजना

महिला चेम्बरद्वारा मेला तथा स्वास्थ्य शिविरको आयोजना

आर्थिक, समाचार
काठमाडौं, २९ चैत्र - नेपाल महिला चेम्बरले मेला तथा स्वास्थ्य शिविरको आयोजना गरेको छ । महिला चेम्बरले नयाँ बर्षको अवसर पारेर शुक्रबार मेला तथा स्वास्थ्य शिविरको आयोजना गरेको हो । नक्साल स्थित स्टार भेन्यूमा आयोजित मेला तथा स्वास्थ्य शिविरमा उधयोगी, ब्यवसायी, सर्वसाधारण आदीको उल्लेख्य सहभागिता रहेको थियो । मेलामा महिला उधेमीबाट उत्पादित हस्तकलाका सामाग्री, मेकअप सामाग्री, लत्ता कपडा तथा खाध्य सामाग्रीहरु बिक्रीका लागि राखिएको थियो । त्यसैगरि नेपाल महिला चेम्बरले स्व. ईश्वरलाल श्रेष्ठ प्रतिस्ठान, नेपाल क्यान्सर हस्पिटल र निदान हस्पिटलसँगको सहकार्य माझ स्तन क्यान्सर तथा मुटु परिक्षण सम्बन्धी शिविर आयोजना गरेको छ । शिविरमा निशुल्क रुपमा होल बडि चेकअप, ब्लड टेस्ट, इसिजी, स्तन क्यासर चेकअप गरिएको थियो । यसै माझ महिला चेम्बरले एक अौपचारिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रम माझ र...
सात दल सम्बद्ध महिला नेतृ र चेम्बर पदाधिकारी बिच छलफल

सात दल सम्बद्ध महिला नेतृ र चेम्बर पदाधिकारी बिच छलफल

आर्थिक, समाचार
काठमाडौं, २८ चैत्र – विभिन्न सात दल सम्बद्ध महिला नेतृहरुले चेम्बरका पदाधिकारीसँग छलफल गरेका छन् । जमल स्थित नेपाल चेम्बरको भवनमा सम्पन्न उक्त छलफलका क्रममा पूर्व मन्त्री कल्पना धमला, पूर्व सभासद प्रतिक्षा तिवारी सहित बिस जना नेतृहरु सम्मिलित टोलीले महिलाको आर्थिक सशक्तिकरणमा नेपाल महिला चेम्बरको भूमिकाका बिषयमा केन्द्रित रहेर चेम्बर पदाधिकारी माझ जिज्ञासा राखेको थियो । छलफलका क्रममा महिला नेतृहरुले राखेका जिज्ञासालाई नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सम्बोधन गरेका थिए । सो अवसरमा अध्यक्षद्वयले महिलाहरुको आर्थिक सशक्तिकरणको मुद्धालाई प्रभावकारी ढंगले अगाडि बढाउने उदेश्य अनुरुप नेपाल महिला चेम्बरको शाखा संजालको विस्तार भैरहेको बताउदै महिला लक्षित उधमशिलता विकास तालिम, बजार प्रवर्धनात्मक कार्यक्रम आदी मार्फत आर्थिक क्रान...
नेपाल अभिभावक संघको संयोजकमा भण्डारी  र  देवकोटा

नेपाल अभिभावक संघको संयोजकमा भण्डारी र देवकोटा

समाचार, समाज
काठमाडौं — चैत्र २७ । काठमाडौं, नेपाल अभिभावक संघ र राष्ट्रिय अभिभावक संघ एकिरण भएर नेपाल अभिभावक संघ बनेको छ। नयाँ बनेको महासंघमा ३६ सदस्यीय तदर्थ समिति र १० सदस्यीय सचिवालय गठन भएको हो । विसं २०५१ सालमा स्थापना भएको नेपाल अभिभावक संघ र २०५९ सालमा स्थापना भएको राष्ट्रिय अभिभावक संघको एकिकरण पस्चात नेपाल अभिभावक संघ घोषणा भएको हो। महासंघका संयोजकमा अभिभावक संघका पुर्वअध्यक्ष शुप्रभात भण्डारी र राष्ट्रिय अभिभावक संघका पुर्व अध्यक्ष धर्मदत्त देवकोटा संयोजक रहेका छन्। महासंघले नियमित कार्यसंचालन गर्न संयोजकद्धय भण्डारी , देवकोटा र निवर्तमान अध्यक्षद्धय केशव पुरी र यादव प्रसाद शर्मा रहने गरी चार सदस्यीय स्थायी समिति गठन गरेको छ। शिक्षाका विभिन्न १० संगठन गाभिएर बनेको महासंघमा १० वटा क्षेत्रमा विभिन्न पदाधिकारीलाई जिम्मेवारी दिइएको छ। सामुदायिक विद्यालय अभिभावक संघको संयोजकमा रामप्र...
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगार्थ दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगार्थ दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

मनोरन्जन, समाज
काठमाडौं — चैत्र २७ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्दै गरेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ । दुबईमा रहेकाे बिभिन्न संघसंस्थाहरुको आयोजना तथा चितवन समाजको संयोजनमा यही अप्रिल २६ तारिखका दिन उक्त कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले जानकारी दिएका छन । ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा आउँदो अप्रिल २६ मा हुने उक्त कार्यक्रममा धुर्मुस सुन्तलीसहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिति रहने जनाईएको छ । कलाकार धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबइमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि अनुरोध समेत गरेका छन् ।...
गुल्मीमा जिप दुर्घटनामा पूर्व सासंद भण्डारीसहित दुईजनाको मृत्यु

गुल्मीमा जिप दुर्घटनामा पूर्व सासंद भण्डारीसहित दुईजनाको मृत्यु

समाचार, समाज
गुल्मी— चैत्र २७ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा भएको सवारी दुर्घटनामा पूर्व सासंदको मृत्युु भएको छ । मुसिकोट नगरपालिका १ पौदी अमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्काेट गाउँपालिका ५ निवासि पूर्व सासंद रुद्रमणी भण्डारीको घटनास्थलमै मृत्युु भएको हो । दुर्घटनामा मालिका गाउँपालिका १ का रोशर विकको पनि मृत्युु भएको छ । विहिवार विहान मालिका गाउँपालिकावाट उक्त जिप वुटवलका लागि छुटेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको छ । (इमेज खबर)...
आईपीएल क्रिकेटमा पोलार्डको विस्फोटक ब्याटिङसँगै मुम्बईले निकाल्यो रोमाञ्चक जित

आईपीएल क्रिकेटमा पोलार्डको विस्फोटक ब्याटिङसँगै मुम्बईले निकाल्यो रोमाञ्चक जित

खेलकुद, समाचार
मुम्बई— चैत्र २७ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले किङ्स इलाभेन पन्जाबमाथि रोमाञ्चक जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा मुम्बईले पन्जाबमाथि ३ विकेटको रोमाञ्चक जित निकालेको हो । पन्जाबले दिएको १९८ रनको विशाल लक्ष्य मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको हो । मुम्बईको जितमा कप्तान काइरन पोलार्डले ८३ रन बनाए । पोलार्डले ३१ बलमा १० छक्का र ३ चौका प्रहार गर्दै मुम्बईको जितको आधार तय गराएका थिए । मुम्बईले जितका लागि अन्तिम बलसम्म प्रतीक्षा गर्नु परेको थियो । बलिङतर्फ पन्जाबका मोहमद शामीले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९७ रन जोडेको थियो । उसका लागि सुरुवाती ब्याट्सम्यान लोकेश राहुलले अविजित १०० रन जोडदा अर्का ओपनर क्रिस गेलले ६३ रन बनाए । मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिए । ...