आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

गुल्मीमा जिप दुर्घटनामा पूर्व सासंद भण्डारीसहित दुईजनाको मृत्यु

गुल्मी— चैत्र २७ ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा भएको सवारी दुर्घटनामा पूर्व सासंदको मृत्युु भएको छ ।

मुसिकोट नगरपालिका १ पौदी अमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्काेट गाउँपालिका ५ निवासि पूर्व सासंद रुद्रमणी भण्डारीको घटनास्थलमै मृत्युु भएको हो ।

दुर्घटनामा मालिका गाउँपालिका १ का रोशर विकको पनि मृत्युु भएको छ ।

विहिवार विहान मालिका गाउँपालिकावाट उक्त जिप वुटवलका लागि छुटेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको छ ।

(इमेज खबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *