आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
ॐ गोकर्णेश्वर यातायात संचालनमा

ॐ गोकर्णेश्वर यातायात संचालनमा

आर्थिक, समाचार
काठमाडौं, १५ बैशाख – ॐ गोकर्णेश्वर यातायात प्रा लि संचालनमा आएको छ । सुन्जु लामा थिङको अध्यक्षतामा उक्त कम्पनी संचालनमा आएको हो । कम्पनीको संचालकमा कमान सिंह लामा, दिपक भण्डारी, दिनेश श्रेष्ठ, प्रज्ज्वल श्रेष्ठ आदी रहेका छन् । ॐ गोकर्णेश्वर बाबा गोकर्णेश्वरबाट छुट्टीएर बनेको नयाँ यातायात कम्पनी हो । ॐ गोकर्णेश्वरले काठमाडौं उपत्यका स्थित माकलबारी, जोरपाटि, चावहिल, रत्नपार्क, रिङरोड क्षेत्रका विभिन्न रुटमा यातायात सेवा उपलब्ध गराउदै आएको छ । एक महिना अघि देखी यातायात कम्पनीका रुपमा दर्ता भई संचालनमा आएको ॐ गोकर्णेश्वरले ११ वटा बसहरु नियमित तबरले संचालनमा ल्याएको छ । कम्पनी अन्तर्गत २५ जनाले रोजगारी पाएको कम्पनीका संचालक समिति सदस्य कमान सिंह लामाले जानकारी दिए । उनले बताए अनुसार कम्पनीमा आबद्ध हुन चाहने अन्य यातायात ब्यवसायीहरुको संख्या दिनप्रति दिन बढदै गएको छ ।...
चलचित्र ‘कुम्भकरण’को अफिसियल फष्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘कुम्भकरण’को अफिसियल फष्टलुक पोस्टर सार्वजनिक

मनोरन्जन, समाचार
चलचित्र ‘कुम्भकरण’को अफिसियल फष्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई पोष्टरमा गौरब पहाडीलाइ अरु चलचित्रमा भन्दा अलि भिन्न रुपमा प्रस्तुत गरिएको छ भने गौरबसँगै पोष्टरमा भोलाराज सापकोटा, निशा अधिकारी र अभय बराललाइ देखाईएको छ । आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले सिनेमाघरमा आउँने मिति जेष्ठ १७लाई तय गरेको छ । चलचित्र केही समय पहिला सार्वजनिक गीत ‘कुटु कुटु…’ले चर्चा पाइरहँदा निर्माण पक्षले चलचित्रको पोष्टर सार्वजनिक गरेको हो । सस्पेन्स कमेडी अनि प्रेम कथामा आधारित यस चलचित्रमा दीपक ओलीको निर्देशन रहेको छ भने चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद रहेको छ । चलचित्रमा निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री, सुधब थापालगायतका कलाकारको अभिनय रहेको छ । चित्रबहादुर घर्ति मगर...
सन्देशमुलक गीत ‘मन्दिर धाए’ सार्वजनिक (भिडियोसहित)

सन्देशमुलक गीत ‘मन्दिर धाए’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
काठमाडौं : मन्दिर, मस्जिद, गुम्बा जहाँ जहाँ धाए पनि भगवान मानिसभित्र नै हुन्छ भन्ने सन्देश बोकेको गीत ‘मन्दिर धाए…’ सार्वजनिक भएको छ । सौगात लामाको स्वर, मित्र केसीको शब्द/संगीत र संजय हमालको एरेञ्ज रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा सुरवीर पण्डित र राजकुमार महर्जनलाई फिचरिङ गरिएको छ । एलेन मगरले छायाँकन गरेको गीतको भिडियोलाई एकान्त मगरले सम्पादन गरेका छन् । लेलेका विभिन्न रमणिय दृश्य कैद गरिएको गीतको भिडियो व्हाइट पिगन मिडियाका लागि राजकुमार महर्जनले निर्माण गरेका हुन् । ‘हामीले यसपाली अलिक फरक खालको गीत स्रोता/दर्शकमाझ ल्याएका छौ, आशा छ सबैले मनपराइ दिनुहुनेछ’, राजकुमारले भने । https://youtu.be/QGxYz7GVL-0  ...
जेसिआई  काठमाडौँ लेडी नेपालद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न

जेसिआई  काठमाडौँ लेडी नेपालद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न

समाचार, समाज
जेसिआई  काठमाडौँ लेडी नेपालद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न भएको छ | बैशाख ७ गते देखि सुरु भएको जेसिज सप्ताह बैशाख १४ गते सम्पन भएको हो | जेसिअाइ काठमाण्डौं लेडी नेपाल तथा नेपाल जेसिजका पूर्व अध्यक्ष एवम् पूर्व अन्तराष्ट्रिय उपाध्यक्ष सिनेटर कितिॅ तुलाधरको प्रमुख आतिथ्यता तथा अध्यक्ष जेसि अर्चना श्रेष्ठ मुनकमिॅको सभापतित्वमा शुरु भएको जेसिज सप्ताह कुमारी क्षमा पुजा , गणेश पुजा र भैरबनाथको पुजा गरी शुभारम्भ भएको थियो । हरेक बर्ष आयोजना गरिने यस जेसिज सप्ताहमा जेसिज सप्ताहको दोस्रो दिन ८ गते जेसिआई काठ्माण्डौं लेडी नेपालका अध्यक्ष जेसि अर्चना श्रेष्ठ मुनकर्मीको सभापतित्वमा दुर्गमस्थल रोल्पाबाट आएका बिपन्न बिद्यार्थीहरुलाई स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठका प्रबन्धक तथा जेसिआई काठ्माण्डौं लेडी नेपाल तथा नेपाल जेसिजका पूर्व अध्यक्ष एवम् पूर्व अन्तराष्ट्रिय उपाध्यक्ष सिनेटर कितिॅ तुलाधरलाई छ...
गोरखा सर्जक समाजद्वारा शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित

गोरखा सर्जक समाजद्वारा शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित

समाचार, समाज
काठमाडौं, १४ बैशाख - शताब्दी पुरुष सत्यमोहन जोशीलाई गोरखा सर्जक समाजले सम्मानित गरेको छ । शनिबार राजधानी स्थित लेखनाथ साहित्य सदनमा समाजद्वारा आयोजित कवि गोस्ठी तथा स्रस्टा सम्मान कार्यक्रम माझ जोशीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीलाई गोरखा सर्जक समाजका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र पूर्व मन्त्री तथा साहित्यकार चिरन्जिवी वाग्लेले सम्मान गरेका थिए । सम्मानका क्रममा जोशीलाई दोसल्ला तथा प्रमाणपत्र अर्पण गरिएको थियो । कार्यक्रम माझ राष्ट्रकबि माधवप्रसाद घिमिरेबाट प्रेसित शुभकामना सन्देश वाचन गरिएको थियो । सोही कार्यक्रम माझ शताब्दी पुरुष सत्यमोहन जोशीले तारापति ढकालद्वारा लिखित कृति मेरा केही एकांकीहरुको विमोचन गरेका थिए । कार्यक्रममा संस्क्रितीविद् शताब्दी पुरुष सत्यमोहन जोशीले गोरखा सर्जक समाजबाट सम्मानित हुन पाउदा आफूलाई ज्यादै खुशी लागेको बताउदै उ...
वरिष्ठताका आधारमा प्रधानाध्यापक नियुक्तिको  माग

वरिष्ठताका आधारमा प्रधानाध्यापक नियुक्तिको माग

शिक्षा, समाचार
काठमाडौं, ११ बैशाख- नयाँ वानेश्वस्थित रत्न राज्य माध्यमिक विद्यालयमा वरिष्ठताका अधारमा निमित्त प्रधानाध्यापक दिनुपर्ने माग गरिएको छ । विद्यालयका शिक्षक र सो क्षेत्रका वुद्धिजीवि तथा अगुवाहरुले बुधवार एक पत्रकार सम्मेलन गरी प्रथम श्रेणीको शिक्षक पदमा रहेका कृपाश्वर खड्कालाई निमित्त प्रधानाध्यापक दिनुपर्नेमा चौथोँ श्रेणीमा रहेका जीवन प्रकाश रेग्मीलाई दिइएको भन्दै आपत्ति जनाएका छन् । वर्तमान शिक्षा नियमावलीमा व्यवस्था भए अुनसार वरिष्ठताको आधारमा जिम्मेवारी दिनुपर्ने उनीहरुको भनाई छ । शिक्षा नियमालीमा ‘सामुदायिक विद्यालयमा प्रधानाध्यापक अनुपस्थित भएमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मका लागि सो विद्यालयमा कार्यरत शिक्षकहरु मध्ये वरिष्ठ स्थायी शिक्षकले निमित्त प्रधानाध्यापक भई काम गर्नेछ’ भनिएको छ । शिक्षक खड्काले भ...
इएन आई डि सिने अवार्ड–२०७६ मनोनयन सार्बजनिक को को परे ? सूचि सहित

इएन आई डि सिने अवार्ड–२०७६ मनोनयन सार्बजनिक को को परे ? सूचि सहित

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली चलचित्र अवार्डकै सन्दर्भमा पहिलोपटक गौरवमय एघारौं अवार्डको रुपमा डि सिने अवार्ड –०७६ को मनोनयन सार्वजनिक गरिएको छ । मूलतः नेपाली चलचित्र उद्योगको बृहत्तर हितमा अवार्ड आयोजना प्रारम्भ गरी प्रविधिका माध्यमले चलचित्रको गुणस्तर वृद्धि तथा सिर्जनकर्मी, पौरखी हातहरुलाई प्रोत्साहन–सम्मान गरी बृहत्तर चलचित्र उद्योगको परिदृश्यमा विगत ११ वर्षदेखि डि सिने अवार्ड आयोजना भैरहेको आयोजक पक्षले बताएको छ । छायाँछविले यसपटक देखि डि सिने अवार्डमा उत्कृष्ट ५ को परम्परालाई तोड्दै अन्तराष्ट्रिय आम मान्यतामा आधारित रहेर हामीले उत्कृष्टताको सूचीमा सातसम्म स्थान दिने निर्णय गरेको छ । ११ औं संस्करणको इएनआई छायाँछवि  डि सिने अवार्ड –०७६का लागि यस वर्ष रिलिज भएका १०० चलचित्रमध्ये पिजडा मार्फत ४८ चलचित्र छानिएका थिए । जसमध्ये यस पटकको अवार्डमा सहभागीताका लागि आब्हान गर्दा विभिन्न कारणले रणविर, बुलबुल...
मनाङमा १४ जनाले पाए १५ दिने बेकरी तालिम

मनाङमा १४ जनाले पाए १५ दिने बेकरी तालिम

आर्थिक, समाचार
मनाङ, १२ वैशाख - हिमाल पारिकाे जिल्ला मनाङकाे नासाे गाउपालिका धारापानीमा संचालित १५ दिने बेकरी तालिम निकै प्रभावकारि भएकाे छ । हाेटल व्यवसाय गर्ने व्यक्तिहरू तालिममा सहभागी भएकाले साे तालिम निकै प्रभावकारि भएकाे हाे । घरेलु तथा साना उधाेग विकास समिति गन्डकि प्रदेश, मनाङ र नासाे गाउपालिकाकाे सयुक्त अायाेजनामा संचालित १५ दिने बेकरी तालिमका प्रशिक्षार्थीहरूले अान्तरिक तथा वाह्य पर्यटककाे मागका अाधारमा सामानहरू निर्माण गर्न सक्ने भएकाछन् । कार्यालयले राम्रो प्रशिक्षक ल्याएका कारण अाफुहरूले राम्रोसँग शिप सिकेकाे प्रशिक्षार्थी रत्नकुमारि गुरूङ बताउछिन् । तालिमकै अवधिमा हाेटलमा अाएका दुई पर्यटककाे वड डे परेछ,उनिहरूका लागि वड डे केक वनाउन पाईयाे त्यसले पर्यटकहरू निकै खुसि भए रत्नमायाले भनिन् । तालिमवाट रत्नमाया मात्र हाेईन उनी जस्तै सवै सहभागिहरू अागमि दिनमा व्यवसाय गर्न पूर्ण दक्ष र अाम्दानि गर्न...
खानाको पारखीहरुको लागि उत्कृष्ट गन्तब्य बन्दै सिलौटी रिसोट

खानाको पारखीहरुको लागि उत्कृष्ट गन्तब्य बन्दै सिलौटी रिसोट

आर्थिक, समाचार
काठमाडौँ,११ बैशाख । जुनसुकै ब्यवसायमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमाथि नि होटल, रेष्टुरेण्ट ब्यवसायमा त प्रतिस्पर्धा नहुने कुरै भएन । यसै क्रममा आफ्ना ग्राहकहरुलाई भिन्न स्वाद पस्कने हेतुले ललितपुर, नकिपोट स्थित अत्याधुनिक फेमिली रेस्टुरेण्ट ‘सिलौटी रिसोट’ झण्डै आधा दशक देखि सञ्चालनमा आईरहेको छ । अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु,सम्पन्न भएको ‘सिलौटी रिसोट’मा स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रिसोट सञ्चालनमा ल्याईएको सञ्चालक कविन श्रेष्ठ ‘न्याछ्यौ’ बताउँछन् । युवा ब्यबसायीहरु मिलेर केहि गरु भन्ने उदेश्यको साथ खोलिएको ‘सिलौटी रिसोट’ मा सेकुवा, परिकारहरु जसलाई फरक खालको ओभनबाट हाईजेनिक तबरले तयार पारिएको र नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मि...
डोमेस्टीक टुरिजम मार्ट तयारी अन्तीम चरणमा

डोमेस्टीक टुरिजम मार्ट तयारी अन्तीम चरणमा

आर्थिक, समाचार
काठमाण्डौ, १२ बैशाख -गन्तव्य नेपाल अन्र्तगत गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते (अप्रिल २६ र २७)का दिन आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट (डीटीएम) तयारी अन्तीम चरणमा पुगेको छ । आज नेपाल पर्यटन बोर्डमा कार्यक्रमको अन्तीम तयारी सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डिटिएम पर्यटन क्षेत्रमा राष्ट्रिय मेलाको रुपमा रहेको बताए । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले डिटिएम सफलता उन्मुख रहेको भन्दै सबैले आआफ्नो ठाँउबाट सहयोग गर्न आह्वान गरे । निजी क्षेत्रबाट पहिलोपटक आयोजना गर्न लागिएको यस कार्यक्रमको सफलतासँग सिंगो पर्यटनको सफलता जोडिएको भन्दै उनले भने –‘यो गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले गरेको कार्यक्रम हो, तर अब यो गन्तव्य नेपालको मात्रै भएन, यो असफल भयो भने सिंगो पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुन्छ, त्यसैले सबैले आआफ्नो ठाँउ...