आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
देउडा भाकाका गीतबाट डेढ दशक देखि निरन्तर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका इन्दिरा भट्टराईको आवाजमा रहेको ‘तिमी हाँस्दा हासौँला’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गायिका भट्टराईले यसअघि पनि धेरै गीतमा श्वर दिएकी छन् । आधुनिक गीत–संगीतकी सर्जक भट्टराईले गाएको ‘तिमी हाँस्दा हासौँला’ गीतमा सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ । महेश महराले छायाङ्कन गरेको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन् । तिलक फिल्म्सको पोस्ट प्रडक्सन रहेको गीतको म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन् । हेर्नुहोस् भिडियो : https://youtu.be/wX4VmhuIcF4...
देशभरका सरकारी कार्यालयका वेबसाइट सर्भर डाउन,सेवा प्रभावित

देशभरका सरकारी कार्यालयका वेबसाइट सर्भर डाउन,सेवा प्रभावित

आर्थिक, समाचार
२२ वैशाख, काठमाडौं । देशभरका  कार्यालयका वेबसाइट   खुल्न छाडेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् । सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । यसले गर्दा सेवाग्राही प्रभावित भएका छन् । हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको हो । विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् । एकीकृत सर्भरमा आवद्ध भएका सरकारी कार्यालयमा अनलाइनमा आधारत कामकाज ठप्प भएको छ । सरकारी कार्यालयहरुमा पछिल्लो सयममा अनलाइन सेवा दिने क्रम बढेपनि त्यसअनसुसार सर्भरको क्षमता विस्तार नगर्दा समस्या भएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी)ले जनाएको छ । एकैपटक सर्भरमा उच्च ट्राफिक आउँदा सर्भर डाउन...
डी सिने अवार्डको ११औं संस्करण सम्पन्न, ३० बिधामा अवार्ड प्रदान उत्कृष्ट चलचित्र छक्का पञ्ज-३,

डी सिने अवार्डको ११औं संस्करण सम्पन्न, ३० बिधामा अवार्ड प्रदान उत्कृष्ट चलचित्र छक्का पञ्ज-३,

मनोरन्जन, समाचार
काठमाडौं, डी सिने अवार्डको ११औं संस्करण सम्पन्न भएको छ । शनिवार राजधानीमा एक विशेष समारोहकाबीच ११औं इएनआई छायाँछवि डी सिने अवार्ड –०७६ सम्पन्न भएको हो । अवार्ड समारोहमा उत्कृष्ट चलचित्रको अवार्ड छक्का पञ्ज–३ले चुमेको छ । यही चलचत्रबाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल भएकी छन् । २०७५ सालमा सिनेमाघरमा आएका चलचित्रमध्ये करिव ९० वटा चलचित्र यो अवार्डमा सहभागी थिए । जसमध्येबाट प्रतिस्पर्धीमूलक विभिन्न ३० बिधामा यो अवार्ड प्रदान गरिएको थियो । अवार्ड सामारोहमा यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिएको थियो । साथै उक्त अवसरमा छायाँछवि चलचित्रकर्मी रजत सम्मान-०७६बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मूलत चलचित्र पाश्र्व गायन गर्दै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि चलचित्र निर्देशन एवम् अभिनय गर्दै आ...
अचम्मको ‘अण्डा पार्ने चट्टान’ ले वैज्ञानिक समेत चकित

अचम्मको ‘अण्डा पार्ने चट्टान’ ले वैज्ञानिक समेत चकित

Featured, अन्तराष्ट्रिय, समाचार
कुखुराले अण्डा पारेको भए कुनै समाचार बन्ने कुरा थिएन । तर जब कुनै ढुंगाले अण्डा पार्दछ, त्यो दुनियाँकै अनौठो र प्रमुख समाचार बन्दो रहेछ । छिमेकी मुलक चीनमा एउटा अण्डा पार्ने चट्टान छ । देशको दक्षिण पश्चिमी प्रान्त गिझोउमा रहेको त्यो चट्टानले हरेक ३० वर्षमा अण्डा पार्ने गरेको छ । २० मिटर अग्लो तथा ६ मिटर चौडा त्यो ढुंगाको नाम चन दन या हो । यसको अर्थ अण्डा पार्ने ढुंगा भन्ने हुन्छ । ढुंगाको रङ कालो रहेको छ । हरेक ३० वर्षमा यो ढुंगाबाट एउटा अण्डा आकारको सानो ढुंगा निस्कने गरेको छ । यो अण्डा पार्ने ढुंगा चीनमा एउटा रहस्यको रुपमा रहेको छ । स्थानीय मानिसहरु यो अण्डा पार्ने ढुंगालाई खुसीको प्रतिक मान्छन् । यो ढुंगाबाट निस्किएको अण्डा आकारको ढुंगा भुइँमा खसेसँगै मानिसहरुले आफ्नो घरमा लैजान्छन् । वैज्ञानिकहरुका अनुसार यो चट्टान ५० करोड वर्ष पूरानो हो । पृथ्वीको इतिहासमा क्याम्ब्रियन कालको चट्टान...
कुवेतमा नेपाली युवतीद्वारा नेपालीको हत्या

कुवेतमा नेपाली युवतीद्वारा नेपालीको हत्या

अपराध, समाचार
काठमाडौँ — कुवेतमा चार वर्षदेखि अवैध रुपमा सँगै बस्दै आएकी एक नेपाली युवतीले युवकको हत्या गरेकी छिन् । नेपाली युवती माया गुरुङले एउटै कोठामा लिभिङ टुगेदारको रुपमा वस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ। विकको शवलाई पोसमार्टमका लागि फरेन्सिक विभागमा लगिएको छ। उनीहरु कुवेतको मंगाफस्थित ब्लक-४ मा बस्दै आएका थिए। माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी हुन्। उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको हो। उनीहरुबीच लामो समयदेखि आपसी विवाद भइरहेको नवराज पराजुलीले वताए। खेम विकलाई छाती र पछाडि छुरा प्रहार भएको देखिन्छ। उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेको हो, मंगाफमा बस्दै आएका पराजुलीले भने, प्रहरीले थप अनुसन्धानका ल...
पहिलो पटक नेपालमा बर्ड फ्लुबाट एकको मृत्यु

पहिलो पटक नेपालमा बर्ड फ्लुबाट एकको मृत्यु

समाचार, स्वास्थ्य
१९ वैशाख काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्युसमेत भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो ।  ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु पुष्टि भएको हो ।...
विश्व नृत्य दिवसको अवसरमा सम्मान र चलचित्र प्रदर्शन

विश्व नृत्य दिवसको अवसरमा सम्मान र चलचित्र प्रदर्शन

शिक्षा
विश्व नृत्य दिवसको अवसरमा राजधानीमा सम्मान र भाषा भाषीको चलचित्र प्रदर्शन गरिएको छ । नेपाल चलचित्र नृत्य संघ र साँस्कृतिक संस्थानले संयुक्त रुपमा नृत्य दिवसका अवसर पारेर गरिएको कार्यक्रममा सम्मान र भाषा भाषीको चलचित्र प्रदर्शन गरिएको हो । सो अवसरमा नृत्य निर्देशक गोविन्द राईलाई सम्मान गरिएको थियो भने चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराईलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा विशिष्ट अतिथि रहेका थिए । गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रममा कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए भने भाषा भाषीको चलचित्रलाई महत्व दिदै सागर लामाद्वारा निर्देशित तामाङ भाषाको चलचित्र ‘छारज्ञालम’ प्रदर्शन गरिएको थियो । कार्यक्रम नेपाल चलचित्र नृत्य संघका अध्...
चर्चित रक गायक बिनोदको ‘दुःख’मा नेपालकै कान्छा र्यापर रोजनले र्याप दिएको भिडियो सार्वजनिक( भिडियो सहित)

चर्चित रक गायक बिनोदको ‘दुःख’मा नेपालकै कान्छा र्यापर रोजनले र्याप दिएको भिडियो सार्वजनिक( भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौँ  : गायक तथा संगीतकार विनोद ढकालको नयाँ गीत ‘दुःख’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपालकै कान्छा ११ बर्षिय र्यापर रोजन बराइलीले र्याप दिएका छन् । सार्वजनिक गीतमा रोजन बराइलीको शब्द रचना रहेको छ भने गीतमा बिनोद ढकालको संगीत रहेको छ र गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका छन । प्राय रक गीत गाएर चर्चा कमाउदै आईरहेका रक गायक बिनोद बव मार्लीको समेत उपमा पाएका छन । करीव ७ वर्ष पश्चात आफ्नो लामो कपाल काटे लगतै बिवाह बन्धनमा बांधिएका विनोदले आफ्नो गीतमा ११ वर्षीय र्यापरलाई प्रस्तुत गरेका छन । गीतको म्युजिक भिडियोमा किशोर भण्डारी, कविता आलेमगर र जोर्डन फिचर भएका छन् भने यस भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका छन । सन्जीत श्रेष्ठले खिचेको गीतको म्युजिक भिडियोलाई माधव वेलवासेले सम्पादन गरेका छन । भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=QVQlo8SQ7SQ...
गायक रामकृष्ण श्रेष्ठ तथा गायिका जेनी खालिङको ‘रसिलो त्यो मायाको बोलिमा’ सार्वजनिक (भिडियो सहित)

गायक रामकृष्ण श्रेष्ठ तथा गायिका जेनी खालिङको ‘रसिलो त्यो मायाको बोलिमा’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
१८ बैशाख, काठमाण्डौ । गायक रामकृष्ण श्रेष्ठ तथा गायिका जेनी खालिङको ‘रसिलो त्यो मायाको बोलिमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । डि.पि. परिश्रमिको शब्द दिपक शर्माको संगितमा रहेको गीतको म्यूजिक भिडियो ओएसआर डिजिटल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा अनु शाह र रमेश खड्काले फिचरिङ्ग गरेका छन । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियोमा समन अधिकारीले निर्देशन गरेका छन भने क्यामरा निरोज श्रेष्ठ र भिडियो सम्पादन शिलन लम्सालको रहेको छ । https://youtu.be/QJg9Yf_aVVA...
मण्डला शैलीमा रम्दै चेल्सी

मण्डला शैलीमा रम्दै चेल्सी

मनोरन्जन, समाचार
काठमाडौँ — बैशाख १६ । पछिल्ला समयमा व्यावसायिक चित्रकार बढ्दै गईरहेका छन् । त्यसै परिप्रेक्ष्यमा नेपालगन्ज पासाङल्हामु रोडमा स्थायी घर रहेर भारतको बैङ्लोरमा आम संचार तथा पत्रकरिता विषयमा अध्यनरत चेल्सी बोथ्रा मण्डला शैलीको चित्रकला मार्फत नेपाली कला क्षेत्रमा प्रवेश गर्दै छिन । शनिबार अर्थात् छुट्टिको दिन। यो दिन बोथ्राका लागि भने कला सिर्जनाको दिन बन्थ्यो। पढाई संगसंगै मण्डला चित्रकलातर्फको विशेष रुचीका कारण १९ वर्षको कलिलो उमेरमै चेल्सीले बनाएका नेपालको लोक कलाको रुपमा चिनिने मण्डला शैलीका चित्रकलाका आध्यात्मिक विम्ब, जनजीवन, चालचलन, रीतिथिति र घटनाक्रम सुन्दर र हेर्न लायक देखिन्छन् । साँस्कृतिक र कला क्षेत्रमा अग्रणी पहिचान बोकेका मण्डला शैलीको कला आफैँमा मौलिक हो । बौद्ध तथा हिन्दू पौराणिक कथामा समावेश कथावस्तु र संस्कृति जोगाउन यस चित्रकलाले ठुलो भूमिका खेल्दै आएको छ । भौगोलिक क्षेत्र...