आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
राजेश हमाल तथा सिलाष्मा अभिनित ‘ब्यर्थै रहेछ’को म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

राजेश हमाल तथा सिलाष्मा अभिनित ‘ब्यर्थै रहेछ’को म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
गायक उदय सोताङको सुमुधुर आवाज रहेको गीत ब्यर्थै रहेछको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गीतकार लोकराज अधिकारीको शब्द, लक्ष्मण शेषको सङ्गीत र योगेश काजीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अर्जुन अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा राजेश हमाल र शिलाषमा हमाललाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।...
पांचौ युवा एकीकरण हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा

पांचौ युवा एकीकरण हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा

खेलकुद, समाचार
बुढानिलकण्ठ नगरपालिकाको सकृय क्लब युवा एकीकरणको आयोजनामा गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित पाँचौ युवा एकीकरण बुढानिलकण्ठ हाफ म्याराथन एव अन्तर बिधालय ३ किमि सडक दौड प्रतियोगिता २०७६ को सम्पुर्ण तयारी पूरा गरेको क्लबले जनाएको छ प्रतियोगितामा हाफ म्याराथन मा १०० जनाले सहभागिता जनाउने र अन्तर बिधालय छात्र छात्रा ३ किमिमा २५० जना सहभागी हुने क्लब ले जानकारी दिएको छ उत्त प्रतियोगिता जेष्ठ १६ गते बिहान ६ बजे सन्चालन हुने छ प्रतियोगिता सन्चालन गर्ने मुख्य सहयोगी बुढानिलकण्ठ नगरपालिका सहयोगिहरुमा सिवम सिमेन्ट, साल्ट टे«डिङ कर्पारेशन र गुराँस लाइफ कम्पनी रहेको क्लब द्वारा जारी बिज्ञप्तीमा जानकारी दिएको छ।...
राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने

राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने

मनोरन्जन, समाचार
काठमाण्डौ : राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ । निर्माण टिमले शनिबार एक कार्यक्रमको आयोजना गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो । समाजका विविध बिकृति मध्ये युवा पुस्ता आफैमा शिक्षित हुँदा हुँदै पनि कसरी दुर्ब्यसनिको शिकार भैरहेको छ भन्ने कुरा ‘अन्धकार’को मुख्य विषयबस्तु रहने निर्माण पक्षले जानकारी दिएको छ । सोमबारबाट मोफसलको इटहरी, झापा, धरान लगायतका स्थानमा छायांकन हुने ‘अन्धकार’लाई सागर पौडेलले खिच्ने छन् । सुर्य बुढाथोकीको लेखन, निर्देशन रहने ‘अन्धकार’मा राज श्रेष्ठ, ज्योति संग्रोला, सुभाष चन्द्र खरेल, मिना कोईराला, सुजन ढकाललगाएतको अभिनय रहने छ ।...
अन्तराष्ट्रिय कोरियोग्राफर रोजिनलाई मलेसियामा इन्टरनेसनल एक्सीलेन्स अवार्ड

अन्तराष्ट्रिय कोरियोग्राफर रोजिनलाई मलेसियामा इन्टरनेसनल एक्सीलेन्स अवार्ड

मनोरन्जन, समाचार
गएको सोमबार मलेशियाको क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टल इन्टरनेसनलमा संचालन भएको इन्टरनेसनल एक्सीलेन्स अवार्ड २०१९ मा फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य आउटस्टाडिङ इन्टरनेसनल कोरियोग्राफर एक्सीलेन्सी अवार्डबाट पुरस्कृत भएका छन् । फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई आफ्नो क्षेत्रमा लामो समयको निरन्तर सक्रियता र उपलब्धीको कदर सो अवार्ड प्रदान गरिएको हो । सो अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रमा लामो समयदेखिको सक्रियता र महत्वपूर्ण उपलब्धी हासिल गरेका रोजिन सहित १६ जना नेपालीहरु इन्टरनेसनल एक्सीलेन्स अवार्ड २०१९बाट सम्मानीत भएका हुन् । सबै अवार्ड विजेताहरुलाई सो कार्यक्रमका प्रमुख अतिथि मलेशियाका लागि नेपाली राजदूत उदय राज पाण्डेले पुरस्कृत गरेका थिए । सो कार्यक्रममा अवार्डका लागि मलेशिया पुगेका १६ जना नेपालीहरु विभिन्न १६ विधामा पुरस्कृत भएका थिए । सो कार्यक्...
‘द सुपर मम’को विषयमा मलाई बदनाम गर्न खोजियो – पूजना (भिडियोसहित)

‘द सुपर मम’को विषयमा मलाई बदनाम गर्न खोजियो – पूजना (भिडियोसहित)

मनोरन्जन, समाचार
जेठ ९ । गत बैशाख २९ गते राजधानीमा सम्पन्न ‘द सुपर मम’ टिम यतिखेर बिवादमा तानिएको छ । ‘द सुपर मम’को रिजल्ट गलत भएको र पूजना प्रधानले आफ्नो मनमानी गरेको भन्दै केहीदिन अगाडि रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम संयोजक करुणा रिजाल र असन्तुष्ट प्रतियोगीहरु द्वारा जानकारी गराइएपछी ‘द सुपर मम’ बिबादमा तानिएको हो । यसै बिषयमा आफुलाई लागेको आरोपको खन्डन गर्दै नायिका पूजना प्रधानले आफु माथि लागेका सम्पूर्ण आरोप गलत रहेको भन्दै आफुलाई ईन्टेन्शनल्ली बदनाम गर्न फसाईएको बताएकी छन । उनले भनेकी छन्ः https://youtu.be/T9tGnFWS_IQ ‘मलाई ईन्टेन्शनल्ली बदनाम गर्न फसाईएको हो । बिगत केही दिन देखी मेरो बारेमा र द सुपर मम् को बारेमा एक पक्षिय रुपमा मिडियामा आइरहेका समाचार र मेरो सहकर्मी द सुपर मम् कि संयोजक करुणा रिजालले मेरो बारेमा दिनु भएको अभिब्यक्ती बारे मेरो गम्भिर ध्यानाकर्षण भए...
सिजन मिडियाको ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९’ मलेसियामा सम्पन्न

सिजन मिडियाको ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९’ मलेसियामा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं, सिजन मिडिया स्थापनाको दश वर्ष पुगेको अवसरमा विविध क्षेत्रमा एक दशकभन्दा लामो समय योगदान गर्ने विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । मिडियाले आज मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरेको ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ मलेसिया’ मा विविध क्षेत्रा नेपाली तथा विदेशीलाई सम्मान गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा रहेका नेपालीमा पनि उत्कृष्ट प्रतिभाहरु रहेको बताए । मलेसियामा रहेका नेपालीले देशका लागि चाहिएको समयमा उत्कृष्ट काम गर्दै आएको उनले औँल्याए । उनले भने, “भूकम्पपीडित र हावाहुरी पीडितका लागि सहयोग र क्रिकेट मैदान बनाउने काममा पनि यहाँका नेपालीले खुला मनले सहयोग गर्दै आउनुभएको छ ।” साहित्यकार तथा मेडम एम्बेसडर कल्पना रिजाल पाण्डेले प्रवासमा यस्ता कार्यक्रम गरेर प्रतिभाको खोजी गर्नु सकारात्मक काम भएको बताइन् । सम्...
मोटोपन भएका पुरुषलाई नौलो अवसर, मिस्टर प्लस साइजको दोस्रो अडिसन यहि जेस्ठ १८ गते

मोटोपन भएका पुरुषलाई नौलो अवसर, मिस्टर प्लस साइजको दोस्रो अडिसन यहि जेस्ठ १८ गते

मनोरन्जन, समाचार
काठमाडौं, बैशाख १७ - के तपाईं मोटोपनाका कारण निरास हुनुहुन्छ ? अब निरास नहुनूस, किनकी तपाईंलाई साथ दिन आउँदै छ 'मिस्टर प्लस साइज नेपाल’ । मिस्टर प्लस साइज नेपाल’ ग्लोरी मिडियासँगको सहकार्यमाझ मोडल सङ्स नेपालले आयोजना गर्दैछ । नेपालमा पहिलोपटक हुन गईरहेको मिस्टर प्लस साइज सौन्दर्य प्रतियोगिताको प्रथम अडिसन गत जेठ ०४ गते सम्पन्न भएको छ । त्यस्तै प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन यहि जेठ १८ गते शनिवार हुँदैछ । प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति गत बैशाख ०२ गतेबाट अडिसन फाराम वितरण शुरु गरिएको थियो । अडिसन फारम बागबजार स्थित कृषि बैंक मार्गमा रहेको ग्लोरी मिडिया र मोडल सङ्स नेपालको कार्यालयबाट वितरण हुँदै छ । अडिसन फारम अडिसनको दिनसम्म भर्न सकिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् ...
भोजपुरमा प्रहरीसँगको भिडन्तमा घाइते विप्लवका कार्यकर्ताको मृत्यु

भोजपुरमा प्रहरीसँगको भिडन्तमा घाइते विप्लवका कार्यकर्ताको मृत्यु

अपराध, समाचार
भोजपुर । प्रहरीको गोली लागेर पहिलोपटक विप्लवका कार्यकर्ता मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो । घिमिरेको तिघ्रामा गोली लागेको थियो । षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे विप्लव समूहका संगठित सदस्य हुन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उनको मृत्यु भएको जानकारी दिए । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ । तर, विप्लव समूहले भने प्रहरी दाबीको खण्डन गरेको छ । नेकपा सगरमाथा व्युरोका नेता शैलेसले प्रहरीसँग कुनै मुठभेड नभएको बताए । आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको उनले आरोप लगाए । केही दिनदेखि विप्ल...
पाँचौं युवा एकिकरण बुढानिलकण्ठ खुला हाफ म्याराथन हुने

पाँचौं युवा एकिकरण बुढानिलकण्ठ खुला हाफ म्याराथन हुने

खेलकुद, समाचार
बुढानिलकण्ठ, जेठ,७ बुढानिलकण्ठ नगरपालिका वडा नं – १० स्थित कपन ह्यान्डबल चौरमा पाँचौं युवा एकिकरण बुढानिलकण्ठ खुला हाफ म्याराथन एबं बुढानिलकण्ठ अन्तर बिधालय छात्र -छात्रा खुला दौड प्रतिरोगिता हुने भएको छ । युवा एकिकरण क्लबको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा २०७६र जेठ १८ गते सो प्रतियोगिता हुने भएको हो। कार्यक्रमका लागी तयारी तिव्र भैरहेको जानकारी आयोजक कमिटिका प्रसार प्रसार संयोजक तथा क्लबका सचिव जनार्दन ढुङ्गानाले जानकारी दिए ।...
स्वर्गीय नेता भरतमोहन अधिकारीको स्मृतीमा जेष्ठ आमा सम्मान तथा निःशूल्क स्वास्थ्य शिविर

स्वर्गीय नेता भरतमोहन अधिकारीको स्मृतीमा जेष्ठ आमा सम्मान तथा निःशूल्क स्वास्थ्य शिविर

समाचार, स्वास्थ्य
काठमाडौं, २२ बैशाख - पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मृतीमा जेष्ठ आमाहरुलाई सम्मान तथा निःशूल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको छ। आईतवार सानेपामा आयोजित उक्त कार्यक्रमको उद्घाटन उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरे । पूर्व सांसद लक्ष्मीदास मानन्धरको सभापतित्वमा आयोजित उक्त उद्घाटन सत्रमा पूर्व मन्त्रीहरु, सांसद, समाजसेवी लगायतको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन पश्चात सभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वर्गीय भरतमोहन अधिकारी एक अनुकरणीय नेता रहेको बताउदै स्वर्गीय अधिकारीको सिको गर्न सकेको खण्डमा देशले छिट्टै समृद्धि हासिल गर्ने बताए । कार्यक्रममा पूर्वमन्त्री युवराज ज्ञवाली, सांसद सोमप्रसाद पाण्डे, सांसद कोमल वली लगायतले स्वर्गीय भरतमोहन अधिकारी ज्येष्ठ नागरीकप्रति निकै सदासयता राख्ने नेता ...