आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

काठमाडौं संक्रमणको उच्च जोखिममा

काठमाडौं संक्रमणको उच्च जोखिममा

समाचार, स्वास्थ्य
देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ। ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन्। अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ। सरकार र नागरिक दुवैका कमजोरीले काठमाडौं संक्रमणको उच्च जोखिममा गएको विज्ञ बताउँछन्। शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको बताए। ‘लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट काठमाडौं आउने बढे’, डा.पुनले भने, ‘जुन बेला ९९ प्रतिशतमा लक्षण देखिएको थिएन। लक्षण नभएकाहरू गाइडलाइनअनुसार क्वारेन्टाइनमा बसेनन्। उनीहरू समुदायमा काम गर्ने व्यक्ति थिए। बिनाप...
कोरोनाको कारण थप ११ जनाको मृत्यु, मृतक संख्या १७५ पुग्यो

कोरोनाको कारण थप ११ जनाको मृत्यु, मृतक संख्या १७५ पुग्यो

समाचार, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना महिला र ९ जना पुरुष रहेका छन् । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया महिला, ५३ वर्षीया महिला भक्तपुरकी रहेकी छिन् । त्यस्तै कैलालीका २ जना ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौंका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय २ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । नेपालमा बितेको २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कोरोनाको कुल संक्रमित संख्या ३४ हजार ४ सय १८ पुगेको छ । हालसम्म १९ हजार ५ सय ४ जना कोरोना निको भइ घर फर्किसकेका...
कोरोनालाई डा.डिआरको चिठी

कोरोनालाई डा.डिआरको चिठी

समाचार, स्वास्थ्य
डा डीआर उपाध्याय,अप्रिय कोरोनालाई चिठी,अप्रिय कोरोना , के भनोैं , बन्द कोठा भित्र बसेर दिनहरु बिताईरहेको छु । लेख रचना र गीत लेखेर भए पनि समय कटाईरहेको छु । तिमी संग भेट हुन्छ की भनेर घरको गेट सम्म पुगेको छैन । बिश्व मानव जातीलाई तिमीले यति त्रास बनाएका छौ की त्यो भनि साध्य छैन । कोरोना तिमी कस्तो छौ , कुन रगंको छौ । मलाई थाहा छैन । यति थाहा छ , तिमी संग मेरो भेट भयो भने मेरो मात्र ज्यान होइन सिंगो परिवार र समाजको ज्यान जोखिममा जान सक्छ । त्यसैले म घरवाट बाहिर निस्केको छैन र अरुलाई पनि ननिस्कन अनुरोध गरेको छु । कोरोना , तिमी संग मेरो भेट भएन भने कुनै हालतमा मेरो र मेरो परिवारका साथै समाज संग तिम्रो भेट हुने छैन । विश्वलाई गाँज्दै गर्दा नेपालमा पनि दिनैपिच्छे तिम्रो प्रभाव फैलिइरहेको छ। संक्रमितको संख्या बढिरहेको छ। मृतक थपिइरहेका छन्। अप्रिय कोरोना , तिमीले बिश्व मानव जातीलाई कति दु...
दक्षिण कोरियामा २ सय ९७ नयाँ कोरोना संक्रमित फेला

दक्षिण कोरियामा २ सय ९७ नयाँ कोरोना संक्रमित फेला

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
दक्षिण कोरियामा २ सय ९७ नयाँ कोरोना संक्रमित फेला परेका छन्। मार्चपछि त्यहाँ एक दिनमा यति धेरै संक्रमित देखिएको पहिलोपटक हो। त्यहाँका उपस्वास्थ्यमन्त्री किम गेङ लिपले देशभर संक्रमण फैलिन सक्ने आशंका व्यक्त गरेका छन्। उनले अब ट्रेसिङ र आइसोलेसनले मात्र महामारी रोक्न नसकिने बताएका छन्। मन्त्री लिपले जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आह्वान गरेका छन्। नयाँ संक्रमित १६६ वटा चर्चले संयुक्त रूपमा आयोजना गरेको प्रार्थना सभामा सहभागी व्यक्ति हुन्। उनीहरूको त्यहाँ देखिएको उपस्थितिले ठूलो संख्यामा संक्रमति भएको हुन सक्ने अनुमान गरिएको छ। ...
उपत्यकामा १६९ सहित ६८१ कोरोना संक्रमित थपिए

उपत्यकामा १६९ सहित ६८१ कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
काठमाडौं। उपत्यकामा १६९ सहित कोरोनाका ६८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ६ सय ८१ जना कोरोनाका संक्रमितहरु थपिएको जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्र १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १३४ भक्तपुरमा ८ जना र ललितपुरमा १७ जना कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका हुन्। प्रवक्ता डा. गौतमका अनुसार गत २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको थियो। नेपालमा हालसम्म ५ लाख ५४ हजार ३ सय ८२ जनाको पीसीआर २८ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो नेपालको प्रति दशलाखमा १८ हजार ९ सय ९८ हो। कोरोनाबाट गत २४ घण्टामा १२० जना निको भएको डा. गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म जम्मा १७ हजार ७ सय जना कोरोना संक्रमण मुक्त भएका छन्। कोरोना सं...
दाहसंस्कार पछि कोरोना पुष्टि

दाहसंस्कार पछि कोरोना पुष्टि

समाचार, समाज, स्वास्थ्य
बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज निधन भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो। बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कार हुँदा मलाम गएका सबैलाई क्वारेन्टिनमा राख्ने र संक्रमितको बस्ती पनि सिल गर्ने तयारी भएको मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बताए। संक्रमित पुरुष निमोनिया भएपछि सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए। आज बिहान १ः३० बजे उनको निधन भएको र ३ः३० बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सन डा दिनेश श्रेष्ठले जानकारी दिए। रासस ...
तिजमा मेक अप कसरी गर्ने ?  वरिष्ठ सौन्दर्यविद सुष्मा महराको उपयोगी टिप्स

तिजमा मेक अप कसरी गर्ने ? वरिष्ठ सौन्दर्यविद सुष्मा महराको उपयोगी टिप्स

मनोरन्जन, समाचार, समाज, स्वास्थ्य
काठमाडौं । सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन् । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीले पनि प्रयास गर्छ नै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यसैले मेकअप गर्दा एकदम ध्यान पुयाएर गर्नुपर्छ । यसपटकको तीज भने कोरोना भाईरसका कारण खल्लो भएको छ । सरकारले पनि सार्वजनिक स्थलमा भेला नहुन र बढि मानिस जम्मा हुन समेत बन्देज लगाएको छ । तर पनि यो नेपाली महिलाहरुको मान चाड भएकोले घरमै बसेर पनि यसलाई हर्ष उल्लासका साथ मनाउन सकिन्छ । यो बेला चेलीहरु सौभाग्यको सूचक चुरा, पोते, धागो, रातो पहिरन र चोलीमा सजिएर रातो टीकाको साथमा ब्रत, उपासना, पूजाआजा र स्नानका साथै हृदयदेखिका कथा-व्यथाहरुलाई गीतको माध्यमद्धारा पस्केर भव्यताका साथ तीज मनाउँदछन् । महिलाहरुको स्वतन्त्र पर्वको रुपमा रहेको तीज नेपली चेलीहरुका लागि विशेष गरी विवाहित नव—बुहारीहरुका लागि एउ...
नेपालमा थप ५ सय ८१ जनामा कोरोना पुष्टि,उपत्यकाका मात्रै १ सय ६८

नेपालमा थप ५ सय ८१ जनामा कोरोना पुष्टि,उपत्यकाका मात्रै १ सय ६८

समाचार, स्वास्थ्य
नेपालमा थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। यसमध्ये काठमाडौं उपत्यकाका मात्रै १ सय ६८ जना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७३ महिला र ४०८ पुरुष गरी कुल ५८१ जना थप संक्रमित भेटिएको हो। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज ९ हजार ६ सय ३९ सक्रिय संक्रमित छन्। त्यस्तै, होम आइसोलेसनमा २ हजार ६ सय १ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १६० जना निको भएकासँगै हालसम्म १७ हजार ४ सय ९५ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा ११ हजार ५२० को परीक्षण गरिएको छ।एपीएफ हस्पिटल प्रयोगशालामा काठमाडौंका ६ जना, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका २४ र सल्यानका १ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, विध ल्याब ललितपुरमा बाराका १ जना, भक्तपुरका १ जना, काठमाडौंका ६ जना, ललितपुरका १ जना र पर्साका ३ जनामा कोरोना पुष्टि भएको छ। ...
शिक्षण अस्पतालको ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक सेवा बन्द

शिक्षण अस्पतालको ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक सेवा बन्द

समाचार, स्वास्थ्य
त्रिवि शिक्षण अस्पतालमा कार्यरत दुई चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। दुई चिकित्सक र चार स्टाफ नर्समा बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। इमर्जेन्सीमा कार्यरत दुई चिकित्सक र वार्डमा कार्यरत चार नर्सिङ स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि शिक्षण अस्पतालको आकष्मिक सेवा बन्द गरिएको छ। संक्रमित चिकित्सकको सोही अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य स्वास्थ्यकर्मीलाई घरकै आइसोलेसनमा बस्न भनिएको छ। बुधबार ६ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अस्पतालकामा कोरोना संक्रमित स्टाफको संख्या १८ पुगेको छ। ...
नेपालमा  थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौं । आइतबार  नेपालमा  थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ । कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।