आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार नाघ्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार नाघ्यो

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या ४९ लाखभन्दा धेरै छ । नयाँ तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ६१ हजार ३ सय २८ छ ।अमेरिकाको आहायो राज्यका गभर्नरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारीका कारण अमेरिकी अर्थव्यवस्थामा पनि नराम्रो असर परेको छ । अमेरिकामा जुलाई महिनामा केबल १८ लाख नयाँ रोजगारी सिर्जना भएको छ । जबकी जुन महिनामा ४८ लाख जनाले नयाँ रोजगारी पाएका थिए । ...
भारतमा एक मन्त्रीको कोरोनाबाट मृत्यु

भारतमा एक मन्त्रीको कोरोनाबाट मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
कोरोना संक्रमणका कारण भारतमा प्रदेश मन्त्रीको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएकाे हाे।  उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएकाे थियाे। तर उपचारकै क्रममा आइतबार बिहान उनकाे निधन भएकाे बीबीसी हिन्दीले लेखेकाे छ।  उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यसैकारण उनले आइतबार अयोध्या जाने कार्यक्रमसमेत स्थगन गरेका छन्। कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री थिइन्। सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो। उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन्। त्यसपछि गत वर्ष मात्र उनलाई मन्त्री बन...
बग्गीखानाका दुई जनालाई कोरोना संक्रमण पुष्टि, एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा

बग्गीखानाका दुई जनालाई कोरोना संक्रमण पुष्टि, एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा

समाचार, स्वास्थ्य
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ बग्गीखानाका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ भने अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ । कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ । ...
इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमण

इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा संक्रमण पुष्टि भइसकेको छ। इलाम नगरपालिकाका ८९ जनाको स्वाब सङ्कलन गरेर पठाइएको छ । जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताए। बाँकी सशस्त्र प्रहरीको स्वाब संकलनको तयारी भइरहेको बताइएको छ। आज पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ। यसअघि संक्रमण फेला परेकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ। योसँगै इलाममा कोरोना पुष...
वीरगन्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

वीरगन्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

समाज, स्वास्थ्य
वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ। नारायणी बयोधा अस्पतालमा मृत्यु ती महिलाको शुक्रबार दिउँसो मृत्युको थियो। स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ ५० वर्षीर्या ती महिलाको मृतयुपछि कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनायो। ती महिलाको शुक्रबार स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको थियो। उनको शुक्रबार बिहान १0 बजे मृत्यु भएको र रिपोर्टभने राति मात्रै आएको अस्पताल स्रोतले बतायो। पछिल्लो दुई दिनमा वीरगन्जमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको थियो। ...
पर्साका सांसद प्रदिप यादवमा कोरोना संक्रमण

पर्साका सांसद प्रदिप यादवमा कोरोना संक्रमण

राजनीति, समाचार, स्वास्थ्य
काठमाडौं। प्रतिनिधिसभाका सांसद प्रदिप यादवमा कोरोना संक्रमण देखिएको छ। पर्साबाट प्रतिनिधिसभामा प्रत्येक्ष निर्वाचित जनता समाजवादी पार्टीका सांसद यादवले आफ्नो फेसबुकमाफर्त आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्। उनले आफूले कोरोना परीक्षणका लागि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको र वीरगञ्जस्थित आफ्नै घरमा आइसोलेशनमा बसेको बताएका छन्। यादव संक्रमित हुने पहिलो सांसद हुन्। यसअघि कर्णाली प्रदेशका सदस्य जीवनबहादुर शाही संक्रमित भएका थिए। उनी ठिक भएर अस्पतालबाट डिस्चार्ज भइकसकेका छन्। ...
न्यायधीशलाई कोरोना संक्रमण पछि जनकपुर उच्च अदालत र जिल्ला अदालत आजदेखि बन्द

न्यायधीशलाई कोरोना संक्रमण पछि जनकपुर उच्च अदालत र जिल्ला अदालत आजदेखि बन्द

समाचार, स्वास्थ्य
कोरोना संक्रमण बढेको भन्दै जनकपुर उच्च अदालत र जिल्ला अदालत धनुषा निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु आजदेखि बन्द हुने भएको छ। उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला सरकारी वकिलको कार्यालय एवं बार एसोशिएसनको छलफलबाट यस्तो निर्णय लिएको हो। साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीहरुको स्वाब प्रादेशिक प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा एकजना न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको थियो। ...
उपत्यकामा कोरोनाको जोखिम बढ्यो,उच्च सतर्कता अपनाउन सीएमसीको आग्रह

उपत्यकामा कोरोनाको जोखिम बढ्यो,उच्च सतर्कता अपनाउन सीएमसीको आग्रह

समाचार, स्वास्थ्य
काठमाडौँ – काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्रले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता अपनाउन सीएमसीले सरोकारवालालाई आग्रह गरेको हो । यहाँका उद्योग धन्दा, कलकारखाना र सबै कार्यालय सुचारु हुँदा विभिन्न जिल्लाबाट मजदुर आउने क्रम बढेसँगै कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भएको सीएमसीको बुझाइ छ । काठमाडौँ, सङ्कट व्यवस्थापन केन्द्र ९सीएमसी०का सल्लाहकार एवं काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यका प्रवेश गर्ने व्यक्तिलाई उच्च निगरानी राख्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको बताए । उनले उपत्यकामा कोरोना समुदायमा फैलिए भयावह हुने भएकाले भारतबाट आउने नागरिकको अनिवार्य पीसीआर परीक्षण...
चीनमा फेरि कोरोना संक्रमण फैलिन थाल्यो

चीनमा फेरि कोरोना संक्रमण फैलिन थाल्यो

अन्तराष्ट्रिय, स्वास्थ्य
चीनमा फेरि कोरोना संक्रमण फैलिन थालेको छ। कोरोना महामारी नियन्त्रण भएको भनिएको लामो समयपछि पुनः संक्रमित देखिन थालेपछि चीन सरकार चिन्तित बनेको छ। चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो समय चीनको उत्तरपूर्वी तटीय सहर डालियानमा देखापरेको कोरोना संक्रमण फैलिँदै अहिले देशका ५ प्रान्तको ९ सहरमा पुगिसकेको छ । समाचार एजेन्सी एएफपीका अनुसार कोरोना संक्रमण फेरि जाग्न थालेपछि लकडाउनजस्ता प्रतिबन्ध पुनः सुरु गर्नुपर्ने देखिएको चिनियाँ अधिकारीले बताएका छन् । गत वर्ष (सन् २०१९) अन्तिमतिर चीनमा सुरु भएको कोरोना संक्रमण लकडाउनलगायत प्रतिबन्ध लगाइएपछि नियन्त्रणमा आएको थियो। तर केही दिनयता चीनका विभिन्न स्थानमा कोरोना संक्रमण पुनः देखापर्न थालेको हो। मंगलबार मात्रै चीनमा ६८ जना नयाँ संक्रमित भेटिएका हुन्। यो संख्या अप्रिलयताकै ठूलो भएको चिनियाँ अधिकारीले जनाएका छन्। त्यसमा पनि ५७ संक्रमित ...
स्याङ्जामा २५ संक्रमित थपिए,१६ जना संक्रमित प्रहरी

स्याङ्जामा २५ संक्रमित थपिए,१६ जना संक्रमित प्रहरी

समाचार, स्वास्थ्य
पोखरा । स्याङ्जामा आज थपिएका २५ संक्रमितमध्ये १६ जना संक्रमित प्रहरी रहेको खुलेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज बेलुकी विज्ञप्ति निकालेर स्याङ्जामा २५ संक्रमित थपिएको जानकारी दिएको थियो । जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले १६ जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । हिजो मात्रै स्याङ्जा प्रहरी प्रमुखसहित १८ जनालाई कोरोना पुष्टि भएको थियो । यसअघि पनि स्याङ्जामा २ हवल्दार र एक सिपाहीमा कोरोना पुष्टि भई सकेको छ । यो सँगै स्याङ्जामा ३७ प्रहरीमा कोरोना पुष्टि भएको छ । सुरक्षा निकायका प्रतिनिधि नै कोरोना संक्रमित बनेपछि स्याङ्जाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सार्वजनिक सवारी बन्द गरेर अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनको लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ । ...