आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

प्रहरी हेडक्वार्टरका २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

प्रहरी हेडक्वार्टरका २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौं—नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीकाअनुसार हेडक्वार्टरमा कार्यरत २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हेडक्वार्टरमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि अहिले कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु भएको प्रवक्ता शाहीले बताए । पछिल्लो एक सातामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो । ‘हाम्रो हेडक्वार्टरमा कार्यरत २७ जनामा कोरोना पुष्टि भएको छ,’ उनले भने, ‘हिजोदेखि नै कन्ट्याक्ट ट्रेसिङको काम भैरहेको छ ।’ पोजेटिभ देखिनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्ने लगायत रहेका छन् ।  संक्रमितहरूलाई आइसोलेसनमा राखेर अस्पताल पठाउने तयारी गरिएको छ । ...
मणिपाल अस्पताल पोखराका एक डाक्टरमा कोरोना संक्रमण

मणिपाल अस्पताल पोखराका एक डाक्टरमा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
पोखराको मणिपाल शिक्षण अस्पतालका एक डाक्टरमा कोरोना भाइरसको सक्रमण देखिएको छ। सोमबार बिहान ती डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको छ। कोरोना पुष्टि भएसँगै उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। ती डाक्टर मणिपालमा कार्यरत रहेको र सोही कलेजमा एमडी अध्ययन गर्दै आएका थिए। उनको आवास पनि मणिपालकै होटलमा रहेको छ। डाक्टरलाई नै कोरोना पुष्टि भएपछि अस्पताललाई सिल गर्ने÷नगर्नेबारे निर्णय हुन बाँकी रहेको अस्पताल श्रोतले जनाएको छ। ...
प्रहरी प्रधान कार्यालयमा कार्यरत चार  प्रहरीलाई कोरोना संक्रमण आशंकामा अस्पताल भर्ना

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीलाई कोरोना संक्रमण आशंकामा अस्पताल भर्ना

समाज, स्वास्थ्य
प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीलाई कोरोना संक्रमण भएको आशंकामा अस्पताल भर्ना गरिएको छ। ज्वरो आएपछि प्रहरी अस्पतालमा भर्ना गरिएका उनीहरुमा कोरोना संक्रमणको आशंका गरिएको प्रधान कार्यालयले जनाएको छ। कोरोनासँग मिल्ने लक्ष्यण देखिएपछि स्वाब संकलन गरी प्रहरी अस्पतालले परीक्षणका लागि टेकू अस्पताल पठाएको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले बताए। उनीहरुको सम्पर्कमा रहेका अरु प्रहरीलाई पनि क्वारेन्टिनमा राख्ने र स्वाव संकलन गर्ने तयारी भइरहेको छ। ...
लकडाउन हटेसँगै कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

लकडाउन हटेसँगै कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

समाचार, स्वास्थ्य
काठमाडौं, साउन १० लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् । कोरोना संक्रमितको संख्या १८ हजार नाघे पनि संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ सुस्त गतिमा गरिएकाले जोखिम अत्यधिक बढेको हो । लकडाउन खुकुलो भएपछिको अवधिमा मात्रै संक्रमितको संख्या १२ हजार १ सय ६३ पुगेको छ । पहिलोपटक गत १ असारमा लकडाउन खुकुलो भएको थियो । गत ७ साउनदेखि सरकारले लकडाउन पूर्ण रूपमा हटाएको छ । पछिल्ला दुई दिनमा २ सय ८० जनामा संक्रमण देखिएको छ । लकडाउन खुकुलो हुँदा भौतिक दूरी कायम नहुने र संक्रमितसँग सम्पर्क हुन सक्ने भएकाले जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरूको विश्लेषण छ । मुख्यतः काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरू गुड्न थालेका छन् । ती सवारी साधनमा चढ्न...
आज थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,काठमाडौं जिल्लामा ५ जना संक्रमित

आज थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,काठमाडौं जिल्लामा ५ जना संक्रमित

समाचार, स्वास्थ्य
काठमाडौंः नेपालमा थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन । उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप १ सय ४७ संक्रमण भएको पुष्टि भएको हो । काठमाडौं उपत्यकामा ९ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ५ जना संक्रमित भेटिएका छन् त्यसै गरि, ललितपुर र भक्तपुरमा २–२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । संक्रमित कहाँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन  हालसम्म नेपालबाट १२ हजार ८ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन् । ...
पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण,एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण,एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै

समाचार, स्वास्थ्य
विश्वभर कोरोना संक्रमणदर डरलाग्दो रुपमा बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोड नाघेको वल्र्डओमिटरमा उल्लेख छ। यो बिहीबार बिहान सवा ६ बजेसम्मको तथ्यांक हो। पछिल्लो २४ घण्टामा विश्वभर यसको संक्रमणबाट सात हजार एक सय १३ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वर कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ लाख २९ हजार दुई सय ९६ पुगेको छ। गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय ९३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। त्यसैगरी अमेरिकामा एक हजार दुई सय ११ र भारतमा एक हजार एक सय २० जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ७१ हजार चार सय ७० जनामा संक्रमण पुष्टि भएको छ। त्यसैग...
महोत्तरीका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु,नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१

महोत्तरीका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु,नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१

समाचार, स्वास्थ्य
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो । यो सँगै प्रतिष्ठानमा उपचारका लागि आएका दोस्रो कोरोना संक्रमितको मृत्यु भएको छ । यस अघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो । ...
शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ गायब

शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ गायब

समाचार, स्वास्थ्य
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो। आजकोअन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेको समाचार अनुसार सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ बैंक मौज्दात छ। बैंकमा १६ करोड ४४ लाख आठ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। ...
पछिल्लो २४ घन्टामा नेपालमा १ सय ५६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा १ सय ५६ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुलुकभरका २७ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा गरिएको ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षणमा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले बताएका छन् । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ । अहिलेसम्म प्रदेश नम्बर १ मा ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, वाग्मती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको छ । यस्तै, प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा संक्रमण देखिएको छ । अहिले देशका विभिन्‍न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभरीका क्‍वारेन्...
नेपाल एयरलाइन्सका १४ उडान कर्मचारी सङ्क्रमण मुक्त

नेपाल एयरलाइन्सका १४ उडान कर्मचारी सङ्क्रमण मुक्त

समाचार, स्वास्थ्य
काठमाडौं । कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्। विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन्। उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो। करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उनले बताइन्। कोरोना सङक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो। देशले खटाएको उद्धार उडानमा साहसिक...