काठमाडौं। प्रतिनिधिसभाका सांसद प्रदिप यादवमा कोरोना संक्रमण देखिएको छ। पर्साबाट प्रतिनिधिसभामा प्रत्येक्ष निर्वाचित जनता समाजवादी पार्टीका सांसद यादवले आफ्नो फेसबुकमाफर्त आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्।
उनले आफूले कोरोना परीक्षणका लागि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको बताएका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको र वीरगञ्जस्थित आफ्नै घरमा आइसोलेशनमा बसेको बताएका छन्।
यादव संक्रमित हुने पहिलो सांसद हुन्। यसअघि कर्णाली प्रदेशका सदस्य जीवनबहादुर शाही संक्रमित भएका थिए। उनी ठिक भएर अस्पतालबाट डिस्चार्ज भइकसकेका छन्।
