नेपालमा थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। यसमध्ये काठमाडौं उपत्यकाका मात्रै १ सय ६८ जना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७३ महिला र ४०८ पुरुष गरी कुल ५८१ जना थप संक्रमित भेटिएको हो।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज ९ हजार ६ सय ३९ सक्रिय संक्रमित छन्। त्यस्तै, होम आइसोलेसनमा २ हजार ६ सय १ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १६० जना निको भएकासँगै हालसम्म १७ हजार ४ सय ९५ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा ११ हजार ५२० को परीक्षण गरिएको छ।
एपीएफ हस्पिटल प्रयोगशालामा काठमाडौंका ६ जना, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका २४ र सल्यानका १ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, विध ल्याब ललितपुरमा बाराका १ जना, भक्तपुरका १ जना, काठमाडौंका ६ जना, ललितपुरका १ जना र पर्साका ३ जनामा कोरोना पुष्टि भएको छ।
