आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

एसईईको नतिजा प्रकाशित,आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।

कोरोना महामारीका कारण यस वर्षको एसईई परीक्षा स्थगित गरिएको थियो। परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो। यस वर्ष गत ६ चैतका लागि एसईई परीक्षा तोकिएको थियो। 

एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

उनले भने,’ विद्यालयले पठाएको नतिजा प्रमाणित गर्ने निर्णय गर्‍यौं । गत वर्ष जस्तो नतिजा विश्‍लेषण गरेनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *