आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

विश्वमा एकैदिन १६ हजार १ सय ७१ जना कोरोना संक्रमितको मृत्यु

विश्वमा एकैदिन १६ हजार १ सय ७१ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
काठमाडौं । विश्वमा एकैदिन १६ हजार १ सय ७१ जना कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख ९८ हजार ५३ पुगेको छ । अमेरिकामा एकैदिन एक लाख ८० हजार १ सय १४ जनामा संक्रमण देखिएको छ भने चार हजार ११ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै भारतमा एकैदिन १३ हजार ७ सय १ जनामा संक्रमण देखिएको छ भने १ सय ४७ जनाको मृत्यु भएको छ । त्यस्तै बेलायतमा एकैदिन ३७ हजार ८ सय ९२ जनामा संक्रमण देखिएको छ भने १२ सय ९० जनाको संक्रमणबाट मृतयु भएको छ । ...
भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदान

भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदान

समाचार, स्वास्थ्य
भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी उक्त कुराको जानकारी दिएका हुन् । खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने पनि उनले जानकारी दिए । मन्त्री त्रिपाठीले आज ऐतिहासिक दिन भएको पनि बताएका छन् । उनले खोप ल्याउन कानुनी, प्राविधिक,आर्थिक रुपमा समस्या नभएको समेत जानकारी दिए । ‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ’ उनले भने । मन्त्री त्रिपाठीले खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद पनि दिएका छन्। पत्रकार सम्मेलनमा भारतीय रा...
नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९७५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३८३ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख २६ हजार ७२६ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १७२ रहेको छ । ...
दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप  स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
 दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताए । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन् । आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन् । त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ...
त्रिवि शिक्षण अस्पतालको कोभिड आइसीयुमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

त्रिवि शिक्षण अस्पतालको कोभिड आइसीयुमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

समाचार, स्वास्थ्य
त्रिवि शिक्षण अस्पतालको कोभिड आइसीयुमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात गरिएको छ । अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथी हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले बताए । निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ति बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो । सोही कारण उनलाई शिक्षण अस्पतालको ननकोभिड वार्डमा उपचार गरिएको थियो । उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकपछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डाक्टर दास बताउँछन् । जहाँ उनको पीसीआर रिपोर्ट पोजेटभ आयो । फोनमार्फत टेकुबाट जानकारी आएपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको थियो । कोभिड आइसीयुमा राखेर उपचार जारी रहँदा मंगलबार(आज) विहान ११ बजे बिरामीको मृत...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको नयाँ प्रजातीको कोरोना भाइरस नेपालमा भेटिएको पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको नयाँ प्रजातीको कोरोना भाइरस नेपालमा भेटिएको पुष्टि

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको नयाँ प्रजातीको कोरोना भाइरस नेपालमा भेटिएको पुष्टि गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा पनि बेलायतमा देखिएको पहिलेको भन्दा धेरै सर्ने भनिएको नयाँ प्रजातिको भाइरस भित्रिएको विज्ञप्ति मार्फत जनाएका छन्। दक्षिण, अफ्रिका, बेलायत, अमेरिका, भारतलगायतका देशमा कोरोना भाइरसको नयाँ स्वरुप देखिइरहेका बेला नेपालमा पनि सो भाइरस तीन जनामा पुष्टि भएको हो। नयाँ प्रजातिको कोरोना भाइरसमा नयाँ स्वरुपमा स्पाइक प्राटिन फेरिएकै कारण संक्रमण गर्नसक्ने क्षमता बढी भएको बताइन्छ। अध्ययनका अनुसार यो भाइरस पहिलेको कोरोना भाइरसको तुलनामा ७० प्रतिशत बढी संक्रामक भएको पुष्टि गरेको छ । यो भाइस बढी संक्रामक भए पनि बढी शक्तिशाली अथवा बढी बिरामी पार्ने किसिमको भने देखिएको छैन। केही दिनअघि बेलायतमै सार्वजनिक भ...
नेपालमा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९६५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३७४ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख १६ हजार ७५८ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २२१ रहेको छ । ...
सरकारको कोरोना खोपका लागि सहयोग गर्न आह्वान

सरकारको कोरोना खोपका लागि सहयोग गर्न आह्वान

समाचार, स्वास्थ्य
सरकारले कोरोना खोपका लागि सहयोग गर्न आह्वान गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले विज्ञप्ति मार्फत खोप कोष सार्वजनिक गर्दै योगदान गर्न आह्वान गरेका छन। मन्त्रालयले नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृत प्राप्त भएका खोपको खरिदका लागि राष्ट्रिय खोप कोषमा सञ्चालन गर्नका लागि कोषमा योगदान पुर्‍याउनका लागि आह्वान गरेको हो। नेपाल सरकार मन्त्रिपरिषदको कार्तिक २४ गतेको निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृति प्राप्त भएका खोपहरूको खरिदलाई प्राथमिकतामा राखेर कोभिड १९ को खोप लगाउन पहिचान भएका लक्षित वर्ग तोकेर आवश्यक कार्यहरू गरिरहेको समेत मन्त्रालयले जनाएको छ। ‘यसरी निःशुल्क खोप लगाउने अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यथासम्भव सबै विधि र प्रक्रियाहरूलाई अबलम्बन गर्दै अहोरात्र जुटिरहेको छ,’ मन्...
नेपालमा पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९४३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४०५ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख २ हजार ४१ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन...
माघ ४ गतेबाट शुक्रराज ट्रपिकल अस्पताल, टेकुले नन कोभिड सेवा सञ्चालन गर्दै

माघ ४ गतेबाट शुक्रराज ट्रपिकल अस्पताल, टेकुले नन कोभिड सेवा सञ्चालन गर्दै

समाचार, स्वास्थ्य
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले अब नन कोभिड सेवालाई पनि प्राथमिकता दिने भएको छ । नेपालमा कोरोना शुरु भएसँगै कोभिड डेडिकेटेड अस्पतालको रुपमा सेवा प्रवाह गर्दै आइरहेको थियो । बुधवार एक विज्ञप्ति जारी गर्दै अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले पूर्ववत् रुपमा नै नन कोभिड सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको निर्देशन अनुसार आगामी माघ ४ गतेबाट पूर्ववत रुपमै नन कोभिड सेवा सञ्चालन गर्न लागेको बताए । ...