बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

माघ ४ गतेबाट शुक्रराज ट्रपिकल अस्पताल, टेकुले नन कोभिड सेवा सञ्चालन गर्दै

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले अब नन कोभिड सेवालाई पनि प्राथमिकता दिने भएको छ । नेपालमा कोरोना शुरु भएसँगै कोभिड डेडिकेटेड अस्पतालको रुपमा सेवा प्रवाह गर्दै आइरहेको थियो ।

बुधवार एक विज्ञप्ति जारी गर्दै अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले पूर्ववत् रुपमा नै नन कोभिड सेवा सञ्चालन गर्न लागेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको निर्देशन अनुसार आगामी माघ ४ गतेबाट पूर्ववत रुपमै नन कोभिड सेवा सञ्चालन गर्न लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *