आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

नायक दयाहाङ राई अभिनित चलचित्र ‘आप्पा’ को गीत ‘हावा सरर’ सार्वजनिक ( भिडियो सहित )

नायक दयाहाङ राई अभिनित चलचित्र ‘आप्पा’ को गीत ‘हावा सरर’ सार्वजनिक ( भिडियो सहित )

मनोरन्जन, समाचार
काठमाडौं, पुस- १० । दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’ को गीत ‘हावा सरर’ सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त गीतमा दयाहाङ राई ‘ड्राइभर दाई’ को भूमिकामा प्रस्तुत भएका छन् भने गीतमा गायक थुप्देन भुटिया र स्नेहाश्री थापाको स्वर रहेको छ । गीतमा अनमोल गुरुङको संगीत अनि उमेश उपमाको शब्द रचन रहेको छ । गीतमा कोरियोग्राफी भने कोरियोग्राफर योज्ना प्रधानको रहेको छ । अनमोल गुरुङको निर्देशन रहेको यस चलचित्रको गीतको भिडियोमा दयाहाङ सँगै निर्देशक तथा कलाकार तुलसी घमिरे मुख्य भूमिकामा प्रस्तुत भएका छन् । रुदेनसदा लेप्चाले निर्माण गरेको यस चलचित्रमा दया र तुलसीसँगै अरुणा कार्की, सिदार्थराज तामाङ, अलोना कवो लेप्चा, सम्राट विश्वास, रिंकी लगायतको अभिनय रहेको छ ।...
धनगढीमामा हुने डीपीएल क्रिकेटको तेस्रो सिजन सर्ने

धनगढीमामा हुने डीपीएल क्रिकेटको तेस्रो सिजन सर्ने

खेलकुद, समाचार
काठमाडौं, पुस- १० । नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यस्तताले गर्दा तेस्रो सिजनको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको मिति प्रभावित हुने जनाएको छ । आगामी माघ १९ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने तय भएको प्रतियोगिता कम्तिमा एक साता पर धकेलिने देखिएको हो । अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम युएई जाने भएपछि डीपीएलको मिति प्रभावित हुने जनाईएको हो । युएई विरुद्धको एक दिवसीय शृङ्खला खेल्न नेपाली टिम जनवरीको अन्तिम साता युएईतर्फ जाँदै छ । त्यही समय बीचमा डीपीएल पनि पर्ने भएकाले प्रतियोगिताको मिति एक साता पछि सार्ने तयारी गरेको आयोजकले जनाएको छ । डीपीएलको तेश्रो संस्करणमा पनि ६ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको लागि समावेश हुने खेलाडी अक्सनका लागि अहिले खेलाडी दर्ता जारी छ ।...
इसाई धर्मावलम्बीहरुले विश्वभर क्रिसमस पर्व मनाउदै, नेपालका चर्चहरुमा समेत विशेष रमझम

इसाई धर्मावलम्बीहरुले विश्वभर क्रिसमस पर्व मनाउदै, नेपालका चर्चहरुमा समेत विशेष रमझम

समाचार, समाज
काठमाडौं, पुस- १० । विश्वभर छरिएर रहेका इसाई धर्मावलम्बीहरुले आज क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले देशभरका चर्चमा क्रिसमसका अवसरमा विविध कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । क्रिसमसको अवसरमा चर्चमा प्रार्थना, नाचगान जस्ता विभिन्न कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गर्ने गरिन्छ । क्रिसमसमा येशु ख्रीष्टको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने गरिन्छ । आजभन्दा करिव २ हजार १७ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको विश्वास गरिन्छ । कुमारी मारियमको कोखबाट येशु ख्रीष्टको जन्म भएको जन विश्वास रहदै आएको छ । येशु ख्रीष्टलाई जिसस क्राइष्ट पनि भन्ने गरिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको मानिन्छ । पछिल्ला दिनमा नेपालमा पनि यस धर्म अँगाल्नेको संख्या बढ...
अख्तियारले बुटवल उपमहानगरपालिकाका वडासचिवलाई घुससहित रङ्गेहात पक्राउ गर्यो

अख्तियारले बुटवल उपमहानगरपालिकाका वडासचिवलाई घुससहित रङ्गेहात पक्राउ गर्यो

अपराध, समाचार
काठमाडौं, पुस- ९ । बुटवल उपमहानगरपालिकाका वडासचिव घुससहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले वडानम्बर १३ का सचिव भरत काउचालाई सेवाग्राहीबाट ५ हजार घुस लिंदै गरेको अवस्थाबाटै पक्राउ गरेको हो । बुटवल उपमहानगरपालिका गेट अगाडिको एक रेष्टुरेन्टमा उनले रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ । काउचाले पञ्जीकरण जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाको दर्तामा सेवाग्राहीसँग घुस लिएको जनाइएको छ । काउचाले यस्ता विषयमा घुस लिने गरेको गुनासो अख्तियारसम्म पुगेपछि उनी पक्राउ परेका हुन् । एक दशकदेखि बुटवल उपमहानगरपालिका बिभिन्न शाखामा रहेर काम गरेका काउचा पछिल्लो समय बडानम्बर १३ को सचिवका रुपमा कार्यरतरहदै आएका थिए । अख्तियारको टोलीले काउचा...
स्तनपानको लागि  राशेल मैकएडम्सको बोल्ड फोटोशूट, फोटो सामाजिक सन्जालमा भाईरल

स्तनपानको लागि राशेल मैकएडम्सको बोल्ड फोटोशूट, फोटो सामाजिक सन्जालमा भाईरल

मनोरन्जन, समाचार
काठमाडौं, पुस- ९ । एक तस्बिरका कारण क्यानडाकी सुप्रसिद्द हिरोइन रासेल म्याकएडम्स अहिले चर्चामा रहेकि छिन् । विभिन्न सामाजिक सञ्जालहरुमा रासेलको तस्बिर भाइरल भइरहेको छ । स्तनपानका लागि जागरुक बनाउनका लागि भन्दै रासेलले ‘गल्र्स गल्र्स गल्र्स’ म्यागजिनका लागि ‘ब्रेस्ट पम्प’ लगाएर फोटोसुट गराएकी थिईन् । ‘गल्र्स गल्र्स गल्र्स’ म्यागजिनका संस्थापक क्लियर रोथस्टिनले फोटो शेयर गर्दै लेखेका छन्, ‘यस फोटो शेयर गर्नुको पछाडि कैयौँ कारण छन्, यो फोटोसुट उनले छोरो जन्मिएपछि गराएकी थिइन् । फोटोसुटको ब्रेकमा उनी बच्चालाई स्तनपान गराइरहेकी थिइन् ।’ म्याकएडम्स हलिउडमा ‘पर्फेक्ट पाई’, ‘मिन्स गर्ल’, ‘द नोटबुक’लगायत सफल फिल्मका कारण प्रसिद्द छिन । सानदार अभिनयका कारण उनले थुप्रै अवार्डहरु समेत हात पारीसकेकी छिन् ।...
वीरगञ्जमा प्रधानाध्यापक सरुवा प्रकरणः विद्यार्थीहरु सडक आन्दोलनमा

वीरगञ्जमा प्रधानाध्यापक सरुवा प्रकरणः विद्यार्थीहरु सडक आन्दोलनमा

समाचार, समाज
वीरगन्ज, पुस- ९ । वीरगञ्ज महानगरपालिकाका आठवटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सरुवा प्रकरणलाई लिएर विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । महानगरपालिकाले राजनीतिक उद्देश्यका साथ प्रधानाध्यापकहरुको सरुवा गरेको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएका हुन । शिक्षक संगठनहरुले भने दुई दिनसम्मका लागि महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गरेका छन् । वीरगञ्ज महानगरपालिकाले भने प्रधानाध्यापक सरुवाको निर्णय कुनैपनि हालतमा फिर्ता नलिने बताएको छ । महानगरपालिका प्रमुख विजय सरावगीले प्रधानाध्यापकहरुले शैक्षिक अवस्था तहसनहस पारेको , अंग्रेजी माध्यमको नाममा अभिभावकसँग चर्को शुःल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत सरुवा गरिएकोे दाबी गरेका छन । प्रधानाध्यापकहरुको सरुवा प्रकरणले गर्दा महानगरभित...
सरकार मेलम्चीको समस्या समाधान गर्न संवेदनशील रहेको छः मन्त्री मगर

सरकार मेलम्चीको समस्या समाधान गर्न संवेदनशील रहेको छः मन्त्री मगर

राजनीति, समाचार
काठमाडौं, पुस- ९ । नेपाल सरकारका खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार संवेदनशील रहेको बताउदै संयमित भएर लागि पर्ने जनाएकी छन् । मेलम्चीको समस्या समाधान गर्न सरकार संवेदनशील छ र यसको फाइदा अरु पक्षले लिन नपाओस् भन्नेमा समेत सरकार सचेत छ भन्दै विज्ञहरुको परामर्शको आधारमा आयोजनामा देखिएको समस्या समाधान गरिने मन्त्री विनाले जनाइन् । वास मिडिया फोरम, नेपालको सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इटालियन ठेकदार कम्पनी ‘सीएमसी’बाटै आयोजनाको काम सम्पन्न गराउन सरकार तयार रहेको भन्दै त्यसका लागि विश्वसनीय वातावरण बनाउन कम्पनीलाई आग्रह गरेकी छन् । सीएमसी कम्पनीको अविश्वासका कारण नै आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढ्न नसकेको जनाउदै सफलताको मुखैमा आइसकेको आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार लालायित रहेको मन्त्री मगरले जनाइन...
भारतले ४ हजार किलोमिटर टाढा सम्म हान्न सक्ने मिसाइलको सफल परीक्षण गर्‍यो

भारतले ४ हजार किलोमिटर टाढा सम्म हान्न सक्ने मिसाइलको सफल परीक्षण गर्‍यो

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुस- ९ । दक्षिण एसियाली मुलुक भारतले ४ हजार किलोमिटर टाढा सम्म प्रहार गर्न सक्ने मिसाइलको परीक्षण गरेको छ। अग्नि चौंथौ मिसाइल नाम दिईएको उक्त मिसाइल २० मिटर लामो छ भने यसको तौल १७ टन रहेको छ। अत्याधुनिक प्रविधि समावेश गरिएको मिसाइलमा आर्ट गाइडिङ, नेभिगेसन र सञ्चार प्रणाली समेत जडान गरिएको जनाइएको छ। भारतले यसअघि पनि अग्नि पहिलो, दोस्रो, तेस्रो र पृथ्वी नाम्क मिसाइलहरुको सफल परीक्षण गरिसकेको छ।...
आइसिसी बरियतामा पारस दुई स्थान तल झर्दा सोमपाल यथास्थानमा, बसन्तको भने सुधार

आइसिसी बरियतामा पारस दुई स्थान तल झर्दा सोमपाल यथास्थानमा, बसन्तको भने सुधार

खेलकुद, समाचार
काठमाडौं, पुस ८ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् । यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा ब्याटिङतर्फ ९५औँ स्थानका पारस नयाँ वरियतामा दुई स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छन् । कप्तान पारस अलराउन्डरतर्फ एक स्थान झरेका छन् । यसअघि ४१औँ स्थानका पारस नयाँ वरियतामा ४२औँ स्थानमा छन् । त्यसैगरी अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी ६४औँ स्थानमा यथावत छन् । अघिल्लो महिना उनी ६४औँ स्थानमै थिए । बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल क्रमशः ३९७ र ३३८ अङ्क प्राप्त गर्दै ७४औँ र ९२ औँ स्थानमा छन् । ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, तेस्रो अष्ट्रेलियाका आरोन फिन्च, चौथोमा वेष्ट इण्डिजका इभान लेविसे छन् भने पाकिस्तानका ...
बिहे गर्नुभयो त ? कुन उमेरमा बुबाआमा बन्ने ?

बिहे गर्नुभयो त ? कुन उमेरमा बुबाआमा बन्ने ?

शिक्षा, समाचार
काठमाडौं, पुस- ९ । बिहे गर्नुभयो त ? कुन उमेरमा बुबाआमा बन्ने नी ? यो प्रश्नको उत्तरमा तपाईं भन्नुहोला, ‘उमेर भएकै छैन ।’ हाम्रो समाजले स्थापित गरेको मान्यता हो, ‘विस बर्ष पारी, बिहेवारी ।’ अर्थात २० बर्ष पुरा नगरी विवाह गर्न उपयुक्त छैन । किनभने यसअघि हामी मानसिक र शारीरिक रुपले विवाहका लागि योग्य भएका हुँदैनौ । अर्कोतिर हामी ठान्छौं, ‘आफ्नो खुट्टामा उभिन सक्ने भएपछि मात्र विवाह गर्नुपर्छ ।’ अर्थात आर्थिक रुपले सुरक्षित भएपछि विवाह गर्नु उपयपुक्त हो । किनभने अरुवाट आश्रति भएर दाम्पत्य जीवन चल्दैन । घरबार बन्दैन । उमेरका सीमाहरु विवाह गर्नका लागि शारीरिक रुपले, मानसिक रुपले, आर्थिक रुपले परिपक्क हुनुपर्छ । यसका लागि हामीसँग केही सीमाहरु छन् । जस्तो कि, २० बर्ष पुरा गर्नैपर्‍यो । पढाई सक्नैपर्‍यो । जागिर खान वा उद्यम गर्नै पर्‍यो । अर्थात आफ्नो खुट्टामा उभिने हुनुपर्‍यो...