काठमाडौं, पुस- १० ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यस्तताले गर्दा तेस्रो सिजनको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको मिति प्रभावित हुने जनाएको छ ।
आगामी माघ १९ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने तय भएको प्रतियोगिता कम्तिमा एक साता पर धकेलिने देखिएको हो ।
अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम युएई जाने भएपछि डीपीएलको मिति प्रभावित हुने जनाईएको हो ।
युएई विरुद्धको एक दिवसीय शृङ्खला खेल्न नेपाली टिम जनवरीको अन्तिम साता युएईतर्फ जाँदै छ ।
त्यही समय बीचमा डीपीएल पनि पर्ने भएकाले प्रतियोगिताको मिति एक साता पछि सार्ने तयारी गरेको आयोजकले जनाएको छ ।
डीपीएलको तेश्रो संस्करणमा पनि ६ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको लागि समावेश हुने खेलाडी अक्सनका लागि अहिले खेलाडी दर्ता जारी छ ।