आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

नेपाल महिला च्याम्बरका प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओली बिच भेटवार्ता

नेपाल महिला च्याम्बरका प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओली बिच भेटवार्ता

आर्थिक, समाचार
काठमाडौं, नेपाल महिला च्याम्बरको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के. पि. शर्मा ओलीसँग भेट गरेको छ । भेटका क्रममा प्रतिनिधिमण्डलले नेपाल महिला च्याम्बरका अध्यक्ष अन्जान शाक्यलाई इजरायलका लागि राजदूत नियुक्त गरेकोमा धन्यवाद ज्ञापन गरेको थियो । प्रतिनिधिमण्डलले सरकारको उक्त निर्णय ले महिला उधमी प्रतिको विश्वास प्रतिबिम्बित भएको र सम्पूर्ण महिला उधमीहरुमा उत्साह मिलेको धारणा प्रधानमन्त्री सामू राखेका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले एक महिलाको क्षमता दश पुरुष बराबर हुने र नेपाली महिलाहरुमा असिम संभावना रहेको अौल्याउदै नेपाल सरकार उनीहरुलाई आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए । उनले अनुशाशित योग्य र संस्कारी नागरिक सिर्जना गर्न एक जना महिलाले राष्ट्र, समाज र परिवारलाई दिने योगदान अन्यको दाजोमा धेरै हुने समेत बताए । भेटका क्रममा प्रधानमन्त्री ओलीले महिला उधमीहरुबाट देशले धेरै आशा राख...
‘ए’ डिभिजन लिगको एघारौं चरणका खेलहरु आजबाट सुरु हुदै

‘ए’ डिभिजन लिगको एघारौं चरणका खेलहरु आजबाट सुरु हुदै

खेलकुद, समाचार
काठमाडौं, पुस- ११ । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणका खेलहरु आजबाट शुरु हुँदैछन् । एघारौं चरणका खेल हुने क्रममा आज ३ खेल हुदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुदैछन् । सोही मैदानमा दिउँसो साढे २ बजे जावलाखेल युथ क्लब र मछिन्द्र क्लब भिड्दैछन । उता, हलचोक मैदानमा भने न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब भिड्दैछन । जारी लिगमा भोली शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबले दोस्रो स्थानको संकटा क्लबसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल जितेको खण्डमा मनाङले दुई खेल खेल्नुअघि नै उपाधि पक्का गर्नेछ । गर या मर को अवस्थामा रहेको संकटालाई उपाधि दावेदारी जिवितै राख्न मनाङलाई हराउनै पर्ने बाध्यता छ । लिगमा लगातार १० खेल जितेको मनाङ ३० अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको संक...
नेपाल आइडल–२ का विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

नेपाल आइडल–२ का विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

समाचार, समाज
काठमाडौं । नेपाल आइडल सिजन- २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरे ।  ओडलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याको थियो। रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो। ...
सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा फोहोर र दुर्गन्ध बढ्यो

सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा फोहोर र दुर्गन्ध बढ्यो

समाचार, स्वास्थ्य
काठमाडौं, पुस- १० । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा फोहोर र दुर्गन्ध बढेको छ । अस्पताल परिसरमा जथाभावी फालिएका पान, गुट्खा र सूर्तीका खोलसंगै अस्प्तालबाट निस्कने फोहोरले गर्दा फोहोर र दुर्गन्ध बढेको हो । अस्पताल आउने सेवाग्राहीबाट आएको गुनासो बढ्दै गएपछि अस्पतालले पान, गुट्खा र सुर्ती नियन्त्रण गर्न २ जना कर्मचारी नै नियुक्त गरेको छ । बिरामी कुरुवाले पान, गुट्खा र सुर्ती खाएर भर्‍याङ र कुनाकाप्चामा जथाभावी थुक्ने गरेका कारण अस्पतालमा फोहोर र दुर्गन्ध बढेपछि त्यसको नियन्त्रण गर्न २ जना कर्मचारी नियुक्त गर्नुपरेको समेत अस्पतालले जनाएको छ । अस्पताल विकास समितिले तलव उपलब्ध गराउने गरी रामनारायण साह र अमित रायमाझीलाई पान र गुट्खा नियन्त्रणका लागि नियुक्ति समेत दिइएको हो । नियुक्त भएका कर्मचारीले अस्पताल प्रवेश गर्नेहरुको मुख चेक गर्ने र...
सामाजिक सन्जालमा वडा अध्यक्षविरुद्ध जथाभावी लेख्ने युवा पक्राउ

सामाजिक सन्जालमा वडा अध्यक्षविरुद्ध जथाभावी लेख्ने युवा पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुस- १० । अर्घाखाँचीमा सामाजिक सञ्जालमा वडा अध्यक्षको चरित्रहत्या गर्ने गरी लेखेर पोष्ट गरेको आरोपमा एक युवा प्रक्राउ परेका छन । सन्धिखर्क नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष धुर्ब आचार्यलाई चरित्रहत्या गरि हत्यारा संरक्षण गरेको आरोप लगाई फेसबुकमा स्टाटस राखेको आरोपमा सचिन पाण्डे पक्राउ परेका छन् । वडा अध्यक्षले कुटपिटको घटनामा मिलापत्र गराएर अपराधी संरक्षण गरेको भन्दै स्टाटस पोष्ट गरेको आरोपमा पाण्डे पक्राउ परेका हुन् । सामाजिक संजालमा मनलाग्दी लेखेर चरित्र हत्या गरेकाले जिल्ला प्रहरीमा उजुरी दिएको वडा अध्यक्ष आचार्यले बताएका छन। पाण्डेलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरि छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालले बताएको छ ।...
सुनामीबाट मुत्यु हुनेको संख्या ४२८ पुग्यो, हजारौंको संख्यामा विस्थापित

सुनामीबाट मुत्यु हुनेको संख्या ४२८ पुग्यो, हजारौंको संख्यामा विस्थापित

अन्तराष्ट्रिय, समाचार
कारिता (इन्डोनेसिया), पुस- १० । इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको संख्या ४२८ पुगेको छ । यस प्रकोपमा एक हजार २१ जना घाइते हुनुका साथै ७७ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिएका छन् । सो प्रकोपका कारण हजारौं स्थानीयवासी विस्थापित भएको पनि उनले जानकारी दिए । ज्वालामुखी विस्फोटपछि आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ । इन्डोनेसियाका सुन्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीका कारण मंगलबार बिहानसम्म ३९७ जनाको मृत्यु भएको पाइएको थियो । यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौं भवन ध्वस्त...
राजधानीको तापक्रम दुई डिग्री मापण, केही दिन अझै चिसो बढ्ने

राजधानीको तापक्रम दुई डिग्री मापण, केही दिन अझै चिसो बढ्ने

समाचार, समाज
काठमाडौं, पुस- १० । राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अबको केही दिन न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा रहने हँुदा अझै चिसो बढ्ने उल्लेख गरे । “अहिले जाडोको मध्य अवस्थामा छौँ, जनवरी महीनामा बढी चिसो हुने गर्छ, त्यसैले चिसोबाट सजग हुनुपर्ने देखिन्छ”, उनले भने । न्यूनतम तापक्रम घटे पनि बिहानैदेखि सफा घाम लागेकाले सर्वसाधारणले केही राहत महसुस गरेका छन् । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस पुगेको छ । त...
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टीका नेताहरुबीच भेटवार्ता सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टीका नेताहरुबीच भेटवार्ता सम्पन्न

राजनीति, समाचार
काठमाडौं, पुस- १० । आज प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजपाले सरकारलाई दिएको समर्थन र संविधान संशोधन विषय केन्द्रीत रहेर छलफल भएको थियो । भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको गृहकार्य थाल्न आश्वासन दिनुभएको राजपाका नेताहरुले जनाएका छन् । राजपाले भने सरकारले संविधान संशोधनको प्रतिबद्धता पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिँदै आएको छ । राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो नियुक्त भएपछि प्रधानमन्त्री ओलीसँग राजपाको यो पहिलो भेटवार्ता हो । राजपाले यस अघि नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर संविधान संशोधनका लागि छठसम्मको समयसीमा दिएको थियो ।...
मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर एलोन्सोको हेलिकोप्टर दुर्घटनामा मृत्यु

मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर एलोन्सोको हेलिकोप्टर दुर्घटनामा मृत्यु

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुस- १० । मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर मार्था एरिका एलोन्सोको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको छ । यही डिसेम्बर १४ मा मात्रै गभर्नरका रुपमा सपथ लिएकी एलोन्सोको हेलिकोप्टर दुर्घटनामा निधन भएको हो । दुर्घटनामा परि उनका श्रीमान सेनातोर राफयल मोरिनो भालीको पनि निधन भएको छ । पुएब्ला शहरबाट उडेको केही बेरमै हेलिकोप्टर दुर्घटना भएको मेक्सिकोका अधिकारीहरुले बताएका छन् । ४५ वर्षीया एलोन्सो पुएब्ला शहरको पहिलो महिला गभर्नर बनेकी थिइन । उनी पीएएन पार्टीकी सदस्य समेत थिइन । (एजेन्सी)...
कुखुराको खुट्टा भाँचेको आरोप लागेपछि चार दिनदेखि हिरासतमा

कुखुराको खुट्टा भाँचेको आरोप लागेपछि चार दिनदेखि हिरासतमा

अपराध, समाचार, समाज
बाँके, पुस- १० । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्ता गराएका थिए । पटक–पटकको छलफलपछि पनि उनीहरूबीच कुरा मिल्न सकेको थिएन । प्रहरी कार्यालयमा भएको छलफलअनुसार मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव दिए पनि दुवैजनाले सुझाव अस्वीकार गरेपछि अकबालमाथि मुद्दा चलाइएको थियो । घटनाको दुई सातापछि अकबाल शनिबारदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् । तर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले कुखुराको खुट्टा भाँचेको आरोपमा नभई अभद्र व्यवहार गरेको उजुरीका आधार...