आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

नेपाली क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब एकैपटक थाप्दै

नेपाली क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब एकैपटक थाप्दै

खेलकुद, समाचार
काठमाडौं– पुस १९ नेपालका क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको मासिक तलब एकै पटक पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतिबन्ध गर्दै आएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको रोकिएको तलव एकैपटक दिन लागेको हो । आईसीसीले तलब वितरणका लागि खेलाडीको नयाँ श्रेणी निर्धारण गरेको छ । आईसीसीको निलम्बनमा पर्नुअघि क्यानले ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा खेलाडीको वर्गीकरण गरेको थियो । क्यानले सन् २०१५ देखि बर्गीकरणमा परेका खेलाडीलाई मासिक तलव दिन थालेको थियो । खेलाडीले सन् २०१७ जुलाई सम्म तलव पाएका थिए । त्यसपछि रोकिएको तलव दिलाउन आईसीसीलाई नेपालका खेलाडीले अनुरोध गरेका थिए । तलव वितरणका लागि आइसीसीले प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का लगायतको सल्लाहमा खेलाडीको नयाँ बर्गीकरण गरेर आइसीसीमा पठाएको थियो । जसमा ए, बी र सी तीनै श्रेणीमा सातसात गरी २१ खेलाडी ...
कृषि पेशालाई सम्मानित बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

कृषि पेशालाई सम्मानित बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

राजनीति, समाचार
दमौली, पुस- १९ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिएका छन् । ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको आज उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताए । उनले भने, “नेपाललाई किसानको देश भनिन्छ तर कृषि पेशा अपहेलित छ, धेरै मिहिनेत गरेर थोरै मात्र आम्दानी हुने भएकोले कृषि पेशा अपहेलित छ ।” जुन पेशाबाट धेरै नाफा हुन्छ मानिस त्यतै आकर्षित हुने गरेको भन्दै नेता पौडेलले कृषिमा आकर्षण बढाउनुपर्नेमा जोड दिए । किसान र काङ्ग्रेसको सम्बन्ध अत्यन्त नजीकको रहेको चर्चा गर्दै नेता पौडेलले विपन्नलाई सम्पन्न गराउने पार्टी काङ्ग्रेस मात्रै रहेको दाबी गरे । नेपालमा राजनीतिक क्रान्ति सकिएको चर्चा गर्दै उनले अब आर्थिक क्रान्ति गर्ने पालो भएको र त्यो...
‘वाइडबडी’ खरिद प्रकरणमा संलग्न छैन : पूर्वमन्त्री शाही

‘वाइडबडी’ खरिद प्रकरणमा संलग्न छैन : पूर्वमन्त्री शाही

राजनीति, समाचार
काठमाडौं, पुस- १९ । ‘वाइडबडी’ विमान खरिद अनियमितता प्रकरणमा आफू निर्दोष रहेको दाबी पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले गरेका छन् । संसदको सार्वजनिक लेखा समितिअन्तर्गत् गठित उपसमितिको प्रतिवेदनमा शाहीलाई पनि दोषी ठहर गरिएकोमा बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू ‘वाइडबडी’ विमान खरिद अनियमितता संलग्न नरहेको जनाएका हुन् । आफू पर्यटनमन्त्री बन्नु अघि नै विमान खरिद प्रक्रियाको टेन्डर भइसकेको भन्दै पूर्व पर्यटनमन्त्री शाहीले आफूले बैना रकम पठाउनका लागि विदेशी मुद्रा सटहीका लागिमात्रै सिफारिस गरेको दाबी गरेका छन् ।...
कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीले लिए सांसदको शपथ

कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीले लिए सांसदको शपथ

राजनीति, समाचार
काठमाडौं, पुस- १९ । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा चौधरीलाई शपथग्रहण गराएका हुन् । चौधरीले थारु भाषामा शपथ लिए । चौधरीको शपथका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमन्डलका नेताहरु सिंहदरबार पुगेका थिए । राजपाले चौधरीलाई शपथग्रहण गराउन सरकारलाई दबाब दिँदै आएको थियो । चौधरीले सांसदको शपथ लिएपनि उनले संसदको बैठकमा भने भाग लिन पाउने छैनन् । उनी निलम्बित सांसदकारुपमा रहनेछन् । शपथका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगिएको थियो । शपथलगत्तै उनलाई फेरि डिल्लीबजार कारागार लगिएको छ । चौधरी टीकापुर घटनाका मुख्य आरोपी हुन् । कैलालीको टीकापुरमा थारुवान आन्दोलनकाक्रममा २०७२ भदौ ७ गते एक बालक र एसएसपीसहित ९ जनाक...
धादिङको गजुरीमा २३५ किलो चरेससहित दुई भारतीय पक्राउ

धादिङको गजुरीमा २३५ किलो चरेससहित दुई भारतीय पक्राउ

अपराध, समाचार, समाज
धादिङ, पुस- १९ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजारनजिकैबाट बिहीबार बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा अवैध लागुऔषध चसेरसहित प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्रसिंह बेघल र पटेवा, सुगौलीका ५० वर्षीय महमद गद्दी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गजुरी र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिआएका प्रहरीले सो लागुऔषध पक्राउ गरेका हुन् । एचआर ३ एसएस ९३७१ नम्बरको कन्टेनरमा लुकाइ–छिपाइ चरेस लोड गरेको सुराकी आएपछि ब्यूरोको टोलीले पिछा गर्दै गजुरीबजारनजिकै जिल्ला प्रहरी...
आफ्नै श्रीमानले माइत बसेकी श्रीमतीमाथि एसिड प्रहार गरे

आफ्नै श्रीमानले माइत बसेकी श्रीमतीमाथि एसिड प्रहार गरे

अपराध, समाचार, समाज
भरतपुर, पुस १९ । एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ ध्रवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चार साथीसहित भरतपुरसम्म आएर एसिड प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । पारिवारिक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । पोखराबाट ग१य ५४३ नम्बरको गाडी रिजर्भ गरेर साथीसहित वीरेन भरतपुर आएका थिए । घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगर–१० बस्ने वर्ष ३९ का हे...
वाइडबडी खरिद अनियमितता प्रकरणमा नैतिकता हुनेले राजीनामा दिउन्, नहुने गलहत्याइयून् : बाबुराम भट्टराई

वाइडबडी खरिद अनियमितता प्रकरणमा नैतिकता हुनेले राजीनामा दिउन्, नहुने गलहत्याइयून् : बाबुराम भट्टराई

राजनीति, समाचार
काठमाडौं, पुस- १९ । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको ठहर गरेपछि राजनीतिक बृत्तमा यसले निकै चर्चा पाएको छ । सर्वसाधारणले समेत यो प्रकरणलाई निकै नै चासोका साथ हेरि रहेका छन् । यसबारे के–कस्ता कारवाही हुन्छ भन्नेमा जनचासो बढ्दै गएको छ । यही सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनियमिततामा संलग्न भएकाहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । उनले बिहीबार बिहान एक ट्वीट गर्दै भनेका छन्, ‘नैतिकता हुनेले राजीनामा दिउन्, नहुनेहरु गलहत्याइयून् ।’ ‘फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको’ बोलको जनवादी गीत उद्धृत गर्दैै उनले लेखेका छन्, ‘यो जनवादी गीतजस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजेपनि छोपिन्न । सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाट...
कैलालीमा गैंडाको खागसहित एक तस्कर पक्राउ

कैलालीमा गैंडाको खागसहित एक तस्कर पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुस-१९ । जिल्ला प्रहरी कार्यालय कैलालीले गैंडाको खाग तस्करी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५ जाइका बस्दै आएका ५१ वर्षीय चक्र भण्डारीलाई गैंडाको खागसहित प्रहरीले पक्राउ गरेको हो । भण्डारी बाजुराको बुढीगङ्गा नगरपालिका वडा नम्बर ३ का स्थायीवासी रहेको प्रहरीले जनाएको छ । भण्डारीले कारोबार गर्ने उद्देश्यका साथ गैंडाको खाग राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जनाए । भण्डारीले भारतबाट गैंडाको खाग ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ । खागसहित पक्राउ परेका भण्डारीलाई थपआनुसन्धानको लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको छ । दुर्लभ वन्यजन्तु अङ्गको अवैध ओसारपसारमा संलग्न व्यक्तिलाई पाँच लाखदेखि १० लाख रुपियाँसम्म जरिवाना हुने वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने वा दुवै सजाय हुने कानुनी...
अफ्रिकी मुलुक बुर्किना फासोमा जातिय हिंसा भड्किदा १३ सर्वसाधारणको मृत्यु

अफ्रिकी मुलुक बुर्किना फासोमा जातिय हिंसा भड्किदा १३ सर्वसाधारणको मृत्यु

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुस-१९ । अफ्रिकी मुलुक बुर्किना फासोमा जातिय हिंसा भड्किए पछि १३ जना सर्वसाधारणको मृत्यु भएको छ । छिमेकी मुलुक मालीमा अन्तर समुदायबीच संघर्ष बढ्दै जाँदा बुर्किना फासोमा पनि त्यसको प्रभाव परेको अधिकारीहरुले जनाएका छन । मोटरसाइकलमा आएका सशस्त्र हतियारधारी व्यक्तिहरुले बार्सालोगो जिल्लास्थित यिरगौमा ६ जना सर्वसाधारणको हत्या गरेको सरकारी प्रवक्ताले जनाएका छन् । त्यसैको प्रतिशोधमाआक्रोसित सोही गाउँका मोसी जातिय समूहसँग सम्बन्ध राख्ने सात जनाको हत्या भएको सरकारी प्रवक्ताले जनाए । जिल्लाका मेयरले मृतकको संख्या अझै बढ्न सक्ने जनाएका छन् । घटनापछि बुर्किना फासोले मुलुकका सात प्रान्तका १३ प्रशासनिक क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ । (एजेन्सी)...
पाँचथर र इलामको सीमावर्ती राँके बजार ‘कोशेली बजार’ का रुपमा चिनिदै

पाँचथर र इलामको सीमावर्ती राँके बजार ‘कोशेली बजार’ का रुपमा चिनिदै

आर्थिक, समाचार
काठमाडौं, पुस-१९ । इलाम र पाँचथरको सीमावर्ती क्षेत्रमा रहेको राँके बजार अहिले कोसेली बजारका रूपमा स्थापित हुँदै गएको छ । मेची राजमार्गमा यात्रुको चाप संगै सडकको पेटीमा राता अकबरे खुर्सानीले भरिएका बट्टा, नौनी घ्यु र टुक्रा पारेर राखिएका छुर्पी नाङ्लोमा फिँजाएर राखेका हुन्छन् । ग्राहकले गाडीबाटै मागेमा दिनको लागि ठिक्क पारिएर राखेको छुर्पीका प्याकेट पसलेको हातहातमै देखिन्छन । प्रतिकेजी चार सय रुपैँयामा बिक्री हुने अकबरेको व्यापार सिजनमा दैनिक ८० देखि ९० हजार रुपैयाँसम्मको हुने गरेको व्यापारीहरु बताउछन । इलामको एकतप्पा, आमचोकदेखि पाँचथरको पौवा सार्तापलगायतका गाउँका किसानका लागि राँके मुख्य बजारको रुपमा रहदै आएको छ । ताप्लेजुङको पाथिभरा घुम्न जाने पर्यटक तथा तिर्थयात्रीको संख्या बाक्लिएपछि राँकेमा व्यापार फस्टाएको हो । ताप्लेजुङको पाथीभरा,पौवाभञ्ज्याङ,साधुटारलगायतका क्षेत...