आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

विमानस्थल विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहणका कारण स्थानीयवासी असन्तुष्ट

विमानस्थल विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहणका कारण स्थानीयवासी असन्तुष्ट

आर्थिक, समाचार
झापा, पुस– २३ । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल विस्तार र स्तरोन्नतिका लागि सुरु भएको जग्गा अधिग्रहणका कारण स्थानीयवासी असन्तुष्ट बनेका छन् । जग्गाको उचित मुआब्जा नदिई अधिग्रहणका नाममा उठिबास गराउन खोजेको उनीहरुको आराप छ । जसले विमानस्थलको काम प्रभावित हुने संकेत देखिएको छ । विमानस्थल विकास विस्तारको लागि मुआब्जा कम भएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । जसले विमानस्थलको काम प्रभावित बनेको छ । विमानस्थल विस्तारको नाममा रोक्का गरिएको घरजग्गा फुकुवा गर्नुपर्ने अथवा उचित मुआब्जा सहितको क्षतिपूर्ती तत्काल दिनुपर्ने स्थानीयवासीको माग छ । केही समयअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको मुआब्जा निर्धारण समितिले बिमानस्थल पूर्वको जग्गालाई पाँच भागमा बिभाजन गरी प्रतिकठ्ठा सात लाखदेखि २२ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको थियो । ११ विगाह जमिन अधिग्रहण गरी विमानस्थल विस...
लागूऔषध खैरो हेरोइन र चरेससहित सहित एक भारतीय नागरिक पक्राउ

लागूऔषध खैरो हेरोइन र चरेससहित सहित एक भारतीय नागरिक पक्राउ

अपराध, समाचार, समाज
कपिलवस्तु, पुस– २३ । लागूऔषध खैरो हेरोइन र चरेससहित कपिलबस्तु प्रहरीले एक जना २७ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला थाना शोहरतगढ ग्राम चेतराका मुकेश चौरसिया छन् । चौरसियाको साथबाट प्रहरीले ११ ग्राम खैरो हेरोइन र १० किलो २२ ग्राम चरेश बरामद गरेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ कृष्णनगरबाट यु पी ५५ आर ७५२० नं.को मोटरसाइकलमा गोरुसिंगेतर्फ जाँदै गरेको बेला चौरसियालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जनाए ।...
पूर्व उप-प्रधान तथा पूर्व-अर्थमन्त्री भरमोहन अधिकारी र महिला चेम्बर प्रतिनिधीमण्डल विच भेटवार्ता

पूर्व उप-प्रधान तथा पूर्व-अर्थमन्त्री भरमोहन अधिकारी र महिला चेम्बर प्रतिनिधीमण्डल विच भेटवार्ता

आर्थिक, समाचार
काठमाडौं, पुस– २३ । महिला चेम्बर प्रतिनिधीमण्डलले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरमोहन अधिकारीसँग भेटवार्ता गरेको छ । महिला चेम्बरका संस्थापक अध्यक्ष तथा राजदुत डा. अन्जान शाक्य र महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठको संयुक्त नेत्रीत्वमा रहेको प्रतिनिधीमण्डलले आइतबार नेता अधिकारीसँग भेट गरेको हो । भेटका क्रममा पूर्व उपप्रधान तथा अर्थमन्त्री भरमोहन अधिकारीले महिला चेम्बरको कार्यभार सम्हाल्दै गर्दाको अवस्थामा राजदूत नियुक्त भएकामा डा. अन्जान शाक्य र महिला चेम्बरको अध्यक्ष भएकामा उर्मिला श्रेष्ठ एबम् कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै महिलाको आर्थिक सशक्तिकरण बिना देशको बिकास असम्भव रहने पनि बताए । नेता अधिकारीले आगामी दिनमा आउने बजेट महिला मैत्री हुनु पर्ने अौल्याउदै त्यसले महिलाको आर्थिक सशक्तिकरणमा टेवा पुग्ने राय पेश गरेका थिए । सो अवसरमा राजदूत शाक्यले पूर्व उपप्रधान तथ...
गायिका इन्दिराको ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ सार्वजनिक, म्युजिक भिडियोमा एलिशा र श्रीदेवको रोमान्स

गायिका इन्दिराको ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ सार्वजनिक, म्युजिक भिडियोमा एलिशा र श्रीदेवको रोमान्स

मनोरन्जन, समाचार
काठमाडौं, पुस– २३ । गायिका इन्दिरा भट्टराईको नयाँ गीत ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ सार्वजनिक भएको छ। बुढा सुब्बा डिजिटल प्रालि ले आइतबार यूट्युबमार्फत भट्टराईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो। गायिका भट्टराईको आवाज रहेको उक्त गीतमा लालबहादुर सुब्बाको शब्द तथा संगीत रहेको छ भने संयोजन सविन लिम्बूको रहेको छ। गम्भीर बिष्टद्वारा निर्देशित तथा एलिशा राई र श्रीदेव भट्टराईले अभिनय गरेको म्यूजिक भिडियोमा कोरियोग्राफी सुबोल थापाको रहेको छ। शहरी जीवन र युवाको प्रेमकथालाई गीतले समेटेको गायिका भट्टराईले जनाएकी छिन्। भिडियोः https://youtu.be/WXM16DKxOQI...
एसिया कप फुटबलमा भारतको विजयी सुरुवात, थाइल्याण्ड विरुद्द ४–१ ले विजयी

एसिया कप फुटबलमा भारतको विजयी सुरुवात, थाइल्याण्ड विरुद्द ४–१ ले विजयी

खेलकुद, समाचार
काठमाडौं, पुस- २३ । युएईमा जारी एसिया कप फुटबल अन्तर्गत भारतले विजयी सुरुवात गरेको छ । गएराति थाइल्याण्ड विरुद्द भएको खेलमा भारतले ४–१ को स्पष्ट जित निकालेको छ । कप्तान सुनिल क्षत्रीले भारतको जितमा २ तथा अनिरुद्र थापा र जेजे लाल्पेखुलाले थप एक-एक गोल गरे । एसिया कप फुटबलमा हिजो राती नै भएको अर्को खेलमा जोर्डनले साविक विजेता अष्ट्रेलियामाथि १–० को जित निकाल्दा सिरिया र प्यालेस्टाईनले भने गोलरहीत बराबरी्मा चित्त बुझाएका छन् । एसिया कप फुटबलमा आज तीन खेल हुदैछन् । आज हुने खेलमा चीन र कीर्गिस्तान भिड्दा दक्षिण कोरिया र फिलिपिन्स तथा ईरान र यमन आमनेसामने हुँदैछन ।...
डडेल्धुराको अमरगढी–५, बागबजारमा आगलागी, ९ वटा पसल जलेर नष्ट

डडेल्धुराको अमरगढी–५, बागबजारमा आगलागी, ९ वटा पसल जलेर नष्ट

समाचार, समाज
डडेल्धुरा, पुस- २३ । डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–५ को बागबजारमा गएराति भिषण आगलागी भएको छ । बागबजारस्थित बगरकोटमा गएराति भएको आगलागीमा ९ वटा पसल जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । केहि समयअघि पनि बागबजारमा पटकपटक आगलागी भएको थियो । उक्त स्थानमा लगातार आगलागी हुन थालेपछि स्थानीय भने त्रसित हुन थालेका छन् । गएराति भएको आगलागी भने अमरगढी नगरपालिकाको दमक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । प्रहरीले आगलागीको घटनामा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन । पक्राउ परेका व्यक्तिले आफ्नो कसुर स्वीकार गरिसकेको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जनाए । उनका बारेमा विस्तृत छानबिन भइरहेको प्रहर...
“मिसेस ईन्डिजिनस नेपाल–२०१९” को अडिसन फाराम धमाधम वितरण हुदै

“मिसेस ईन्डिजिनस नेपाल–२०१९” को अडिसन फाराम धमाधम वितरण हुदै

मनोरन्जन, समाचार
काठमाडौं- पुस २२ । राजधानीमा एस. के. ईन्टरटेनमेन्ट प्रा. लि. को आयोजनामा “मिसेस ईन्डिजिनस नेपाल–२०१९ सिजन -१” सौन्दर्य प्रतियोगिता हुने भएको छ । 'मिसेस तामाङ' तथा 'मिसेस गुरुङ' जस्ता धेरै सौन्दर्य प्रतियोगिताहरु सफलतपूर्वक सम्पन्न गरे पश्चात एस. के. ईन्टरटेनमेन्टले “मिसेस ईन्डिजिनस नेपाल–२०१९ सिजन -१” को आयोजना गर्न लागेको छ । आयोजक संस्था एस. के. ईन्टरटेनमेन्ट की प्रबन्ध निर्देशक शान्ता तामाङका अनुसार विभिन्न जनजा्ति, भेषभुषा एवं संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जनजातिसंग सम्वन्धित संस्कृति, भेषभुषा तथा रहनसहन मध्य आदिवासी-जनजातिको कला, संस्कृति, भेषभुषा, रितिरिवाज एवं रहनसहनलाई सम्वन्धित बिवाहित महिला गृहिणी तथा व्याबसाहिक महिला दिदि- बहिनी मार्फत अन्य जाति समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्द्दन एवं सामाजिकीकरण गर्ने उद्देश्यले प्रतियोगिता सन्चालन गर्न ल...
चर्चको छानामा राखिएको बम निष्कृय गर्ने क्रममा एक सुरक्षा जवानको मृत्यु

चर्चको छानामा राखिएको बम निष्कृय गर्ने क्रममा एक सुरक्षा जवानको मृत्यु

अन्तराष्ट्रिय, समाचार
इजिप्ट- पुस २२ । इजिप्टमा बम निष्कृय गर्ने क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । इजिप्टको नसर शहरमा रहेको एक चर्चको छानामा राखिएको बम निष्कृय पार्ने क्रममा सुरक्षा जवानको को मृत्यु भएको हो । बम निष्कृय पार्नमा निकै पोख्त मानिएका मुस्तफा अविद आफ्ना सहकर्मीहरुको सहयोगमा काम गरिरहेका बेला अचानक बम विस्फोट हुँदा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । उक्त घटनामा अन्य तीन सुरक्षाकर्मी समेत घाइते भएका छन् । बम कसले राखेको भनेर जिम्मेवारी भने कुनै समूहले लिएको छैन । (एजेन्सी)...
सात प्रदेशमै सुरु गरिएको साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान राजधानीमा सम्पन्न

सात प्रदेशमै सुरु गरिएको साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान राजधानीमा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं- पुस २२ । सात एल्बम लोकार्पण, साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान सम्पन्न भएको छ । पद्मदीप स्मृति प्रतिष्ठान काठमाडौंको मुख्य आयोजना र जिल्लास्तरमा भएका साहित्यिक तथा साङ्गीतिक सङ्घसंस्थासँगको सहकार्यमा अभियान सञ्चालन गरिएको थियो । राजधानीमा आज पत्रकार भेटघाट गर्दै विमर्स अभियानका बारेमा गीतकार डा. डीआर उपाध्यय, प्रतिष्ठानका अध्यक्ष वरिष्ठ गायक तथा गीतकार सुरेश घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ले समापन भएको र अभियानका बारेमा विस्तृत जानकारी गराए । एकै दिनमा एकै गीतकारका सातवटा गीति एल्बम साङ्गीतिक इतिहासमा पहिलो पटक रेकर्ड भएका कारण गीतको प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको प्रतिष्ठानका अध्यक्ष घिमिरेले बताए । मंसिर १९ देखि २४ गतेसम्म पूर्वी नेपालमा अभियान चलाइएको थियो । जसअन्तर्गत स...
गायक कृष्ण काफ्लेको स्वर रहेको ‘सम्झनु त सजिलो छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक

गायक कृष्ण काफ्लेको स्वर रहेको ‘सम्झनु त सजिलो छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं- पुस २२ । चर्चित गायक कृष्ण काफ्लेको स्वर तथा चर्चित संगीतकार दिपक शर्माको संगीतमा 'सम्झनु त सझिलो छ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई एसपी कोइरालाले लेखेका हुन् । गायक कृष्ण र संगीतकार दिपकले एक दर्जन बढी हिट गीतहरु बजारमा दिसकेका छन । स्याड भर्सनको गीतको म्युजिक भिडियोलाई निसान कास्यप घिमिरेले निर्देशन गरेका हुन् भने भिडियोमा सृष्टि खड्का र महेश खडका फिचर्ड छन् । थाइल्याण्ड र नेपालमा खिचिएको भिडियोमा ओम प्रसाईको छायाँकन, बिकास दाहालको सम्पादन र हेल्लोबाइको ड्रेस देख्न सकिन्छ । https://youtu.be/cozkVJeGepc...