झुटा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन् , उपलब्धि थप बलियो बनेर आउँछ: प्रधानमन्त्री
माघ—६, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताएका छन् ।
नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका कांग्रेसका पूर्वसांसद तीर्थराज भुसाललाई शनिबार पार्टीमा स्वागत गर्दै उनले सरकार हरेक दिन नयाँ–नयाँ काम गर्दै अघि बढेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले भने–‘मुलुकले नयाँ–नयाँ उपलब्धि हासिल गरेको छ । विकास निर्माणका कामले तीव्रता पाएको छ । भौतिक संरचना धमाधम बन्न थालेका छन् ।’
देश र जनताको पक्षमा निष्ठापूर्वक अघि बढ्न आग्रह गर्दै उनले मुलुकलाई छिट्टै समृद्ध बनाउनु आफ्नो पार्टीको संकल्प भएको बताए ।
सरकारले अग्रगामी नीति लिएको दोहोर्याउँदै प्रधानमन्त्री ओलीले भने–‘ती परिणामले देखाएका छन् । झुटा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन् । उपलब्...









