माघ—६, काठमाडौं ।
कमेडी जनराको कथामा तयार भै प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जोकर’ को गीत रिलिज भएको छ ।
याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार तथा निर्देशक महादेव त्रिपाठीको जादुगर २ अर्थात जोकरको गीत `तिम्रो जिरो फिगरले ´सार्वजनिक भएको हो भने यस गीतमा चलचित्रका कलाकार तथा निर्देशक महादेव त्रिपाठी र सिम्पल खरेल फिचरमा रहेका छन ।
डान्स टाईपमा रहेको यस गीतमा मधुर बस्नेतको छायांकन अनि शिव बिकको कोरियोग्राफी रहेको छ भने गायक धुर्ब बिस्कोको शब्द तथा संगीत रहेको यस गीतमा गायक धुर्ब बिस्को र गायिका सुमन गुरुङको आवाज सुन्न सकिन्छ ।
विशेष पन्तको लेखन रहेको यस चलचित्रमा मोडल सिम्पल खरेलले डेब्यु गरेकी हुन् ।
यसमा सुरेन्द्र केसी, शिव शंकर रिजाल, अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बांसैकि अप्सरा, राजेन्द्र गिरि, विनोद राई, बिशेष पन्त, र नव नायिका सिम्पल खरेलको अभिनय रहेको छ भने चलचित्रलाई गणेश श्रेष्ठ , कर्ण बहादुर तामाङ्ग , केदार प्रसाद रईला , सामन र रेहान तथा कुमार सिलवालले संयुक्त रुपमा निर्माण गरेका छन ।
चलचित्र यहि आउदो फागुन ३ देखि देशभर एकैसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई रिच ईन्टरटेर्मेण्ट अर्थात् करण श्रेष्ठ क्रेजीले वितरक गर्दै छन ।
भिडियोः