arseanal

माघ—६, काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीविरुद्द आर्सनलले जित निकालेको छ ।

गएराति आर्सनलको आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई २–० ले पाराजित गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा आर्सनलको जितमा अलेक्जेण्डर लाकाजेट् र लरेन कोसेल्नीले एक–एक गोल गरे ।

जितसँगै आर्सनलले अंक तालिकाको तेस्रो स्थानको चेल्सीसँगको दुरी ३ अंकमा सिमित गरेको छ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत नै गएराति भएको अर्को खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ४–३ ले पाखा लगाउदा म्यान्चेस्टर युनाईटेडले ब्राईटनलाई २–१ ले पराजित गर्यो ।

यसैगरी साउथह्याम्पटनले एभर्टनलाई २–१ ले हराउदा बर्नमाउथले वेष्ट ह्याम युनाईटेडमाथि २–० को जित निकाल्दा न्यूकासल युनाइटेडले कार्डिफ सिटीलाई ३–० ले पराजित गर्यो भने वाट्फोर्डले बर्नलेसँग गोलरहित बराबरीमा चित्त बुझायो ।

गएरातिका खेलपछि इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा २३ खेलबाट ६० अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको टोटनह्यामको ४८ अंक छ भने ४७ अंकसहित चेल्सी चौथो तथा ४४ अंकसहित आर्सनल पाँचौं स्थानमा रहेका छन ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुनेछन् । आज म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनसँग प्रतिस्पर्धा गर्दा फुल्हम र टोटनह्याम हट्सपर आमनेसामने हुँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here