आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

भारतले हवाई प्रवेश विन्दु भैरहवा दिने : मन्त्री अधिकारी

भारतले हवाई प्रवेश विन्दु भैरहवा दिने : मन्त्री अधिकारी

आर्थिक, समाचार
माघ-८, काठमाडौं । हालै भारत भ्रमण सकेर आएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश विन्दु दिन भारत सहमत भएको बताएका छन्। आगामी वर्षदेखि सञ्चालनको लागि तयार हुने लक्ष्य लिइएको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट समस्या हुने ठानिएका बेला सरकारले गाँठो फुकाउने प्रयास गरेको छ। एकमात्र हवाई प्रवेश विन्दु (एयर इन्ट्री प्वाइन्ट) हुँदा भैरहवा विमानस्थलको व्यावसायिक सञ्चालनमा समस्या हुने बताइएको छ। भैरहवा विमानस्थलमा उडान तथा अवतरण गर्नलाई भैरहवा नजिकैबाट जहाज प्रवेश गर्नसक्नेगरी हवाई रुट बनाउने काम भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्ती रविन्द्र अधिकारीले जानकारी दिए। ग्लोबल एभिएसन समिटमा सहभागी हुन मुम्बई गएका पर्यटन मन्त्री अधिकारीले भारतका उद्योग वाणिज्य तथा नागरिक उड...
बिराटनगरमा प्याजेन्ट नेपालको आयोजनामा पूर्वान्चल फेशन शो माघ ११ गते सम्पन्न हुदै

बिराटनगरमा प्याजेन्ट नेपालको आयोजनामा पूर्वान्चल फेशन शो माघ ११ गते सम्पन्न हुदै

मनोरन्जन, समाचार
माघ-८, विराटनगर । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो ,अवार्ड लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालको आयोजनामा पूर्वान्चलको बिराटनगरमा माघ ११ गते सम्पन्न हुन लागेको पूर्वान्चल फेशन शो को तयारी अन्तिम चरणमा पुगेको छ । धरान, ईटहरी, बिराटनगर, दमक, बिर्तामोड लगायत पूर्वान्चलका बिभिन्न स्थानहरुबाट अडिसन मार्फत छनौट भएका ५० जना युवा तथा युवती मोडलहरुलाई बिराटनगरस्थित सारङ्गी फू्ड कोर्ट होटलमा गायक सिताराम पोखरेल, कलाकार जीवन ओडारी, सन्चाकर्मी चन्दा खड्का, कोरियोग्रफर ईश्वर बास्तोला, व्युटिसियन जानुका घिमिरे न्यौपाने लगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरु बाट सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्र...
नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि सन्दीप नेपाल आए

नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि सन्दीप नेपाल आए

खेलकुद, समाचार
माघ-८, काठमाडौं । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग खेलिरहेका नेपाली युवा स्पीनर सन्दीप लामिछाने सोमबार नेपाल आएका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास’का केही खेल खेलेर बंगलादेश गएका सन्दीप भोलिदेखि हुने नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि स्वदेश फर्किएका हुन् । बंगलादेशमा सिलेट सिक्सर्सबाट ‘बीपीएल’का ६ खेल खेलेर सन्दीप सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनले सिलेटका लागि ६ खेलबाट ४ विकेट लिएका थिए । यही माघ ११ गतेदेखि नेपालले गर्ने युएई भ्रमणका लागि सन्दीप आएका हुन् । युएई भ्रमणमा नेपालले घरेलु टोलीसँग समान तीन एकदिवसीय र तीन टी–२० सिरिज खेल्नेछ । नेपाली टोली मंगलबार युएई प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । एकदिवसीय मान्यता पाएपछि नेपालको युएईसँग हुने खेल दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय हो । यसअघि, नेपालले ...
यी हिरो के गर्दैछन् त  ?

यी हिरो के गर्दैछन् त ?

मनोरन्जन, समाचार
माघ-७, काठमाडौं । एकताका अभिनेताहरू निखिल उप्रेती, राजबल्लभ कोइराला, आर्यन सिग्देल, विराज भट्ट, रमित ढुंगाना, जीवन लुइँटेल र नीरज बराल निकै चर्चित र व्यस्त थिए । भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, दिलीप रायमाझी, सुशील क्षेत्री र रमेश उप्रेतीपछिको पुस्तामा एकाएक चर्चा र सफलता हासिल गर्न सफल हिरोमा पर्थे निखिल, राजबल्लभ, आर्यन, विराज, रमित, जीवन र नीरज । यिनीहरूले भुवन, शिन, राजेशहरूको जस्तो स्टारडम भने बनाउन सकेनन् । पिँजडा फिल्मबाट स्टन्ट हिरोका रूपमा उदाएका निखिलले त्यसपछि धेरै वर्ष पछाडि फर्र्किएर हेर्नुपरेन । जोखिमयुक्त एक्सनका दृश्य पनि आफैँ गर्ने गरेका निखिललाई अभिनय र नृत्यमा कमजोर हुँदाहँुदै पनि दर्शक, फिल्मकर्मीले एक्सनका कारण मनपराइरहे । उनी अभिनीत अधिकांश फिल्मले निर्मातालाई मुनाफा दिए पनि । तर, जब उनी दोस्रो बिहेको चक्करमा लागे, त्यसपछि उनको करिअर धर्मरायो । अभिनेत्री ...
बलिउड गायिका नेहा १०० करोडकी मालिक

बलिउड गायिका नेहा १०० करोडकी मालिक

मनोरन्जन, समाचार
माघ-७, काठमाडौं । गायिका नेहा कक्कड अहिले बलिउडमा चर्चित रहदै आएकि छिन् । प्रायः आजभोलिका नयाँ फिल्ममा उनको आवाज सुन्न पाइन्छ । समकालीन संगीतकारको पहिलो रोजाइमा पर्दै आएकिन नेहाले एउटा गीत गाएबापत लिने पारिश्रमिक निकै चर्काे रहेको छ । आफ्नो स्वर मात्र नभएर सुन्दरताका कारण पनि बेलाबेलामा नि्कै चर्चामा आउने गरेकी उनले एउटा गीत गाएबापत १० देखि १५ लाख भारु पारिश्रमिक लिने गरेकी छिन् । महँगो गाडीकी सौखिन नेहासँग आर्डी, रेन्ज रोभरका साथै मार्सिडिज जस्ता महँगा महँगा कार रहेका छन् । नेहाको कुल सम्पत्ति एक सय करोड रहेको बताइन्छ । पछिल्लो समय प्रेमीसँगको विछोडका कारण चिन्तित रहेकी नेहा केहीअघि डिप्रेसनको सिकार समेत भएकी थिइन् । उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘हो, म डिप्रेसनमा छु । तपाईंहरू सफल हुनुभयो । संसारभरका नकारात्मक मान्छेहरूका कारण यो सब भएको हो । जो मलाई मेरो जीवनको सबैभन्...
‘बहादुर’ को उपमा पाएका नेपाली रक्सी पिएर मर्न डराउँदैनन्

‘बहादुर’ को उपमा पाएका नेपाली रक्सी पिएर मर्न डराउँदैनन्

समाचार, समाज
माघ-७, यूएई । यूएईमा कार्यरत प्राय सबै नेपालीलाई थाहा छ, यो देशमा सार्वजनिक रूपमा मदिरा सेवन गर्न पाइँदैन । दुबई, अबुधाबीलगायतका कतिपय राज्यहरूमा त मदिरा किन्न र पिउन पनि लासेन्स लिनु पर्छ । तर पनि नेपालीले नेपालदेखि लागेको बानी छोडेका छैनन् । ‘सर, गाडीमा बस्नुस्, हजुरलाई छोडिदिन्छु’, उनले भने । रक्सीले मातिएर खुट्टा टेक्ने स्थितिमै थिएनन् । बोली लरबरिएको थियो । राम्रै कम्पनी थियो । काम र कमाई पनि लोभ लाग्दै थियो । रक्सी पिएर गाडी कुदाउनु उनको लागि सामान्य हो । ‘डराउनु भो ? केही हुँदैन आउनुस्, मैले कस्तो कस्तो हुँदा त गाडी कुदाएको छु । आज त कहाँ मातेको छु र?’ गाडीमा बस्न मलाई जोड गरिरहे । रातको झन्डै एक बजेको थियो । धेरैबेरसम्म कर गरिरहे । मैले उनीसँग यात्रा गर्न मानिन् । कहिल्यै रक्सी नपिउने रेसम लामाको गाडीमा बसेर कोठा आएँ । त्यतिखेर म जवअल जसै पहाड पुगेको थिएँ । यूएईक...
नयाँ सिनेमामा एक योद्धाको भूमिकामा देखिदै सुनिल शेट्टी

नयाँ सिनेमामा एक योद्धाको भूमिकामा देखिदै सुनिल शेट्टी

मनोरन्जन, समाचार
माघ-७, काठमाडौँ बलिउड अभिनेता सुनिल शेट्टी मल्यालम सुपरस्टार मोहन लालले निर्माण गरेको नयाँ सिनेमामा देखिने भएका छन्। सुनिल शेट्टी र मोहन लालले सँगै काम गर्न लागेको यो पहिलो अवसर हो। मोहनलालको नयाँ सिनेमा 'मराकर: अराविकदालइन्ते सिम्हम'मा सुनिल एक योद्धाको भूमिकामा देखिनेछन्। सिनेमाको सुटिङ भने गत साताबाट हैदरावादको रामाजी स्टुडियोमा सुरू भइसकेको छ। सुनिलले आफ्नो ट्वीटरबाट सिनेमामा हुने आफ्नो पात्रको स्वरूप सार्वजनिक गरेका छन्। सो तस्वीरमा उनलाई लामो कपाल दार्ही जुँगामा देख्न पाईन्छ। सिनेमा १६ औँ शदाब्दीको कथावस्तुमा आधारीत रहेको छ । महँगो बजेटमा तयार भइरहेको उक्त सिनेमा मलयालम, हिन्दी, तमिल तथा तेलेगु भाषामा रिलिज हुनेछ।...
त्रिशूलीमा ट्रक खस्यो

त्रिशूलीमा ट्रक खस्यो

समाचार, समाज
माघ-७, रत्ननगर चितवनबाट नुवाकोट जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गको इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११:२५ बजे ना ३ ख १८३ नंको ट्रक अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जनाएका छन । बेपत्ता चालकको खोजी कार्य भइरहेको चितवन प्रहरीले बताएको छ।...
संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र)  एकीकृत

संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकृत

राजनीति, समाचार
माघ-७, काठमाडौं । संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकृत भएको छ। सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरे। गतसाता मात्रै दुुई वटा छुट्टाछुट्टै कम्युनिष्ट पार्टी फोरममा प्रवेश गरेका थिए। कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष यादवले मुलुकमा संघीय समाजवादी फोरमको विकल्प नै नरहेको दाबी गरे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले जनताको परिवर्तनको एजेन्डा छाडिसकेकोले फोरम नेपालप्रति आम जनताको विश्वास र अपेक्षा बढ्दै गएको उनको भनाई छ। नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहालले सर्वहारा जनताको अधिकार, संघीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढंगले उठाएकोले यसमा आबद्ध भएको ...
कलाकार गणेश मुनालको उपचारको क्रममा निधन

कलाकार गणेश मुनालको उपचारको क्रममा निधन

समाचार, समाज
माघ-७, काठमाडौं । कलाकार गणेश मुनालको सोमबार निधन भएको छ। मुनालको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएका छन। विगत केहि समयदेखि उनी दमको समस्याबाट पीडित थिए। केही टेलिचलचित्र र चलचित्रमा अभिनय गरेका मुनालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरीने जनाइएको छ। उनले सेतो बाघ, प्रेमयुद्ध, घामपानी लगायतका चलचित्रमा अभिनय गरेका छन भने प्रदर्शनमा आउन लागेको चलचित्र गोपीमा समेत उनको अभिनय रहेको छ।...