आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

त्रिशुलीमा ट्रक खस्यो, एक को मृत्यु, चार घाइते

त्रिशुलीमा ट्रक खस्यो, एक को मृत्यु, चार घाइते

समाचार, समाज
चितवन—चैत ५ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने चितवनको इच्छाकामना–५ स्थित २ नम्बर पुलबाट त्रिशुली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना. ६ ख १४४ नम्बरको ट्रक आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । ट्रक पुलबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । (ईमेज खबर)...
नेपालमा पहिलो पटक महिला फ्रेन्चाइज टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

नेपालमा पहिलो पटक महिला फ्रेन्चाइज टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

खेलकुद, समाचार
काठमाडौँ —चैत ५ । नेपालको पहिलो महिला फ्रेन्चाइज क्रिकेट लिग ’एनसीएल वुमन्स ट्वेन्टी ट्वेन्टी क्रिकेट आगामी बैशाख ७ गतेदेखि हुने भएको छ । विराटनगरस्थित बैजनाथ क्रिकेट मैदानमा हुने प्रतियोगितामा चार टोलीबीच भिडन्त हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा टोलीका मार्की खेलाडीसमेत घोषणा गरिएको छ । भैरहवा क्विन्सका लागि राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, विराटनगर रोअरिङ लायोनेसका लागि करुणा भण्डारी, धनगढी वन्डर वुमनका लागि सीता राना मगर र काठमाडौं सुपर च्याम्पियनका लागि नेरी थापा मार्की खेलाडी घोषित भएका छन् । प्रतियोगिताको लागि खेलाडी छनोट अक्सनबाट गरिने आयोजक एनसीएल स्पोर्टस प्रालिले जनाएको छ । खेलाडीलाई तीन श्रेणीमा वर्गिकरण गरेर अक्सन गरिनेछ । पछिल्लो दुई बर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो श्रेणीमा राखिएको छ । दुई बर्षयता टिम बाहिर रहेका...
युभेन्टस्का फरवार्ड क्रिस्टियानो रोनाल्डो कारवाहीमा पर्ने

युभेन्टस्का फरवार्ड क्रिस्टियानो रोनाल्डो कारवाहीमा पर्ने

खेलकुद, समाचार
काठमाडौँ —चैत ५ । ईटालीयन फुटबल क्लब युभेन्टस्का फरवार्ड क्रिस्टियानो रोनाल्डो कारवाहीमा पर्ने भएका छन् । गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युरोपेली फुटबल महासंघ युएफाले रोनाल्डोलाई कारबाही गर्ने भएको हो । रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा एट्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाएका थिए । ३४ बर्षीय पोर्चुगिज खेलाडी रोनाल्डोले एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनको नक्कल गरेका थिए । पहिलो लेगको खेलमा २–० को जित निकाल्ने क्रममा एथ्लेटिको प्रशिक्षक सिमोनले पनि दर्शकहरुलाई खराब संकेत गरेका थिए । युएफाले यही मार्च २१ मा बस्ने बैठकमा रोनाल्डोको बिषयमा निर्णय गर्नेछ । यसअघि युएफाले सिमोनलाई पनि २० हजार युरोको जरिवाना गराएको थियो । (ईमेज खबर)...
नेकपा अध्यक्ष दाहाल र राउतलाई दाँज्न मिल्दैन  : बाबुराम भट्टराई

नेकपा अध्यक्ष दाहाल र राउतलाई दाँज्न मिल्दैन : बाबुराम भट्टराई

राजनीति, समाचार
काठमाडौँ —चैत ४ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र सीके राउतलाई उस्तै हो भन्न नमिल्ने बताएका छन् । पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले दाहालको बचाउ गर्दै उनी एउटा जनयुद्धको नेतृत्व गरेर आएका ब्यक्ति रहेको बताए । 'दाहाल र हामी जे सुकै भए पनि अहिले अलग्गै ठाउँमा छौं,' उनले भने, 'सम्झौता गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने बिन्दुसम्म हामीले पुर्‍याएको हौ‌ ,अनि दाहाल र राउत उस्तै हो भन्न मिल्छ?,' उनले भने,' राउतले त आत्म समर्पण गरेका हुन्, दाहाल र बाबुराम त आत्मसमर्पण गरेर आएका होइनन, हामी त संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न अगाडि लागेका मान्छे हौं, यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने जस्तै हो।' उनले राउतलाई सरकारले वार्ता गरेर पृथकतावादी बाटो छाडेर शान्ति प्रक्रियामा...
संचारकर्मी सरोज ओझालाई ईजिप्टमा ‘एम एस एन एक्सीलेन्स अवार्ड प्रदान

संचारकर्मी सरोज ओझालाई ईजिप्टमा ‘एम एस एन एक्सीलेन्स अवार्ड प्रदान

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ४ । संचारकर्मी सरोज ओझा राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा सम्पन्न एम एस एन एक्सीलेन्स अवार्ड, २०१९' बाट सम्मानित भएका छन । उनी इन्फ्लुन्सियल कम्युनिकेशन विधातर्फबाट सम्मानित भएका हुन । विगत १२ बर्ष देखी नेपाल टेलिभिजनसँग आवद्ध रही हालसम्म उनले बाल आवाज, सचेतना, बिजनेस इन्फो, नमस्ते नेपाल, प्रवासीको सन्देश, आदर्श परिवार कार्यक्रम र नेपाल मै पहिलो पटक कुकिङ रियालिटी शो कलेज सेफ अाइकनको निर्माण एबम प्रसारण कार्यमा संग्लग्न रहदै संचार जगतमा विशिस्ठ योगदान पुर्याउदै आएका छन । ओझा एक सफल डकुमेन्ट्री मकेर समेत हुन । हालसम्म उनले १० अौ सार्क ब्यापार मेला, नेपालमा सुख्खा बन्दरगाहा, लुम्बिनी, गद्धी बैठक पुनर्निर्माण, सहुलियत बजार, हरियो झन्डा अभियान लगायत थुप्रै ब्रित्तचित्रमा स्क्रिप्ट लेखन तथा निर्देशन सम्बन्धी काम गरेका छन । उन...
ईजिप्टको अलेक्जेन्ड्रियामा चर्चित नायिका पूर्णिमा लामाले ‘एम एस एन एक्सीलेन्स अवार्ड’ हात पारिन

ईजिप्टको अलेक्जेन्ड्रियामा चर्चित नायिका पूर्णिमा लामाले ‘एम एस एन एक्सीलेन्स अवार्ड’ हात पारिन

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ४ । राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा चर्चित नायिका पूर्णिमा लामाले ‘नायिका’ विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएकी छिन। नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो। ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । पूर्णिमा लामा नेपाली चलचित्र क्षेत्रमा एक कुशल नायिकाको रुपमा विगत १० वर्षदेखि निरन्तर आफ्नो उत्कृष्ट अभिनय क्षमतामर्फत दर्शकहरुको रोजाइमा पर्न सफल रहदै आ...
एएनपी मिडियाले पप/र्याप संगीत क्षेत्रमा पहिलोपटक ‘र्याप व्याटल’ कम्पिटिसन आयोजना गर्दै

एएनपी मिडियाले पप/र्याप संगीत क्षेत्रमा पहिलोपटक ‘र्याप व्याटल’ कम्पिटिसन आयोजना गर्दै

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ४ । एएनपी मिडिया हाउसले नेपालमै पहिलोपट र्याप संगीतको क्षेत्रमा ‘र्याप व्याटल अफ नेपाल २०१९’ प्रतियोगिता गर्ने भएको छ । दुई दशकदेखि शैक्षिक तथा सौन्दर्य र प्रतिभामूलक कार्यक्रम गर्दै आएको हाउसले र्याप सगीतका लागि पहिलोपटक रियालीटी शो स्पर्धा गर्न लागेको हो । १२ वर्षदेख २४ वर्ष उमेर समूहका कम्तिमा ८ कक्षा अध्ययन गर्दै गरेको कुनै पनि उचाई र वजनका प्रतिभाशाली नेपाली नागरीकले यसमा भाग लिन सक्ने मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी दिए । यो रियालिटी शोमा भोङि प्रणाली तथा निर्णायकको मूल्यांकन आधारमा विजेता घोषणा गरिने छ । व्याटलमा प्रथम हुनेलाई ३० हजार रुपियाँ तथा फष्ट र सेकेण्ड रनर्सअपलाई क्रमशः २० र १० हजार रुपियाँ प्रदान गरिनेछ । टेलिभिजन र एएनपी मिडिया हाउसको आधिकारीक युट्युब च्यानल एएनपी मिडिया हाउस देखाईने र्याप व्याटल अफ नेपाल २०१९ का लागि आगा...
महिला संगीतकार रेखा पौडेलले ईजिप्टको अलेक्जेन्ड्रियामा ‘एम एस एन एक्सीलेन्स अवार्ड’ हात पारिन

महिला संगीतकार रेखा पौडेलले ईजिप्टको अलेक्जेन्ड्रियामा ‘एम एस एन एक्सीलेन्स अवार्ड’ हात पारिन

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ४ । नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेलले राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा ‘सङ्गितकार’ विधाको यस वर्षको एमएसएन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएकी छिन। नेपाली सांगितिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल साथै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको दर्जनौ अवार्ड तथा सम्मान प्राप्त गर्न सफल पौडेलले भर्खरै मात्र राजधानीमा सम्पन्न सगरमाथा म्युजिक अवार्डमा सर्वोत्कृष्ट संगितकार विधाको अवार्ड समेत हात पार्न सफल भएकी थिईन । लामो समय देखी सांगितिक क्षेत्रमा सकृय पौडेलले “हमेशा,फूल,चिहान, पिपल, कोईला, मायाको सौगात, कालेदाई जस्ता थुप्रै सफल चलचित्रहरुमा मात्र नभएर थुप्रै सोलो एल्बम लगायत सयौं चर्चित गीतहरुमा उत्कृष्ट सङ्गीत श्रृजना गरि नेपाली चलचित्र एवं सांगितीक जगतमा प्रदान गरेको अत...
नयाँ बर्षमा बक्स अफिसले अवार्ड शो गर्ने ,फुटबल र अग्रेजी भाषाको स्मारिकाको तयारी तीब्र

नयाँ बर्षमा बक्स अफिसले अवार्ड शो गर्ने ,फुटबल र अग्रेजी भाषाको स्मारिकाको तयारी तीब्र

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ४ । बिगत १० बर्ष देखि निरन्तर रूपमा आयोजना हुँदै आएको बल्क बस्टर नेपाली फिल्म अवार्ड यो बर्ष पनि चैत्र २८ गते नै आयोजना हुने आयोजक संस्था बक्स अफिस फिल्म क्लब नेपालले जनाएको छ। गत चैत २९ गते देखि रिलिजमा आएको नेपाली कथानक चलचित्र लिलिबिली देखि यही चैत्र २२ गतेसम्म रिलिजमा आउन्ने चलचित्र लभ स्टेसन गरि झन्डै ८३ चलचित्र हरुको सहभागीता रहने छ।पूरा एक बर्षको ब्यापारिक नापतौलको आधारमा विभिन्न बिधा बाट निर्माण कम्पनी तथा निर्माताहरुलाइ बर्ष समिक्षाको रुपमा अवार्ड बाट सम्मान गरिन्न लागिएको अवार्ड आयोजक तथा अध्यक्ष आर।के सुबेदिले बताए । सधै चैत २८ गते कै दिन बर्ष समिक्षा तथा पुरानो बर्षलाई विदाइ नयाँ बर्ष लाई स्वागत गर्दै निरन्तर आयोजना हुँदै आएको बल्क बस्टर अवार्डमा यो बर्ष रिलिजमा आएका सम्पुर्ण निर्माता हरुलाइ हौसला तथा नेपाली चलचित्र बजार २०७५ मा उहाहरुको चलचित्र बजारमा आर...
ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड’मा नव नायिका मन्जु गुरुङ्ग सम्मानित

ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड’मा नव नायिका मन्जु गुरुङ्ग सम्मानित

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ४ । राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा चर्चित फेशन डिजाईनर मन्जु गुरुङ्गले ‘उदयीमान नव नायिका’ विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएकि छिन। नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो। ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । नेपाली चलचित्र क्षेत्रमा गुरुङ्ग भाषामा बनेको चलचित्र खै ओ मिथेवा मार्फत नव नायिकाको रुपमा प्रवेश गरी नेपाली सिने जगतमा चर्चाको शिखरमा पु...