काठमाडौँ —चैत ४ ।
संचारकर्मी सरोज ओझा राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा सम्पन्न एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ बाट सम्मानित भएका छन ।
उनी इन्फ्लुन्सियल कम्युनिकेशन विधातर्फबाट सम्मानित भएका हुन । विगत १२ बर्ष देखी नेपाल टेलिभिजनसँग आवद्ध रही हालसम्म उनले बाल आवाज, सचेतना, बिजनेस इन्फो, नमस्ते नेपाल, प्रवासीको सन्देश, आदर्श परिवार कार्यक्रम र नेपाल मै पहिलो पटक कुकिङ रियालिटी शो कलेज सेफ अाइकनको निर्माण एबम प्रसारण कार्यमा संग्लग्न रहदै संचार जगतमा विशिस्ठ योगदान पुर्याउदै आएका छन । ओझा एक सफल डकुमेन्ट्री मकेर समेत हुन । हालसम्म उनले १० अौ सार्क ब्यापार मेला, नेपालमा सुख्खा बन्दरगाहा, लुम्बिनी, गद्धी बैठक पुनर्निर्माण, सहुलियत बजार, हरियो झन्डा अभियान लगायत थुप्रै ब्रित्तचित्रमा स्क्रिप्ट लेखन तथा निर्देशन सम्बन्धी काम गरेका छन । उनी एक कुशल जीवनी लेखक पनि हुन ।
त्यस्तै उनले सन २०१९ मा नेपालको काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटलाई नेपाल स्थित १४ वटा स्याटलाईट टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने सम्योजनकारी भूमिका निर्वाह गरेका थिए । संचारकर्मी ओझाले ललितपुर महानगरपालिकाद्वारा प्रकाशित बुलेटिनको सम्पादकको रुपमा रहेर समेत कार्य गरिसकेका छन । अलेक्जेन्ड्रियाको शेराटन होटेलमा मार्च १६ तारिखमा आयोजित अवार्ड कार्यक्रम माझ ओझाले सो अवार्ड ग्रहण गरेका थिए ।
कार्यक्रम माझ ओझा सहित विगत लामो समयदेखि देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा संलग्न रहि पृथक ढंगले अतुलनीय योगदान पुर्याउदै आएका अग्रज नेपालीहरुलाई सम्मान प्रदान गरिएको थियो।
‘एम एस एन एक्सीलेन्स अवार्ड’ बाट सम्मानित हुनेहरुमा इन्फ्लुन्सियल कम्युनिकेशन तर्फ सरोज ओझा, क्राईसिस कम्युनिकेशनतर्फ ईश्वर दया पाण्डे एबम राजन प्रसाई, चेन्ज कम्युनिकेशनतर्फ किरण खनाल, युवा व्यवसायीतर्फ पोखराका राजेन्द्र गौतम, शिक्षातर्फ नारायण रेग्मी, गायनतर्फ दिनेश गौतम, संगीततर्फ रेखा पौडेल रहेका छन ।
त्यस्तै चलचित्र निर्देशक विकाश वस्याल, आर्टिस्ट/संचारकर्मी/ईभेन्ट डाईरेक्टर राज लुइँटेल, मोडल शिला मल्ल, नायक तथा समाजसेवी दिपक डोटेल, फेशन डिजाईनर तृष्णा गुरुङ्ग, आर्जे/भिजे समिर लामा, गुरुङ भाषाको चलचित्रकी नायिका मन्जु गुरुङ्ग, नायिका पूर्णिमा लामा लगायतलाई आ-आफ्नो क्षेत्रमा रहेर पृथक योगदान दिएको भन्दै ‘एम एस एन एक्सीलेन्स अवार्ड’ प्रदान गरिएको थियो ।
नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गरेको अवार्ड कार्यक्रमा ईजिप्टमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवम् सहभागिता रहेको थियो ।
ईजिप्टका सफल व्यवसायी मोहम्मद वालिद रसादाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ईजिप्टका चलचित्र निर्देशक मोहम्मद अलि र ईजिप्टका वरिष्ठ संचारकर्मी डालिय हसन विशेष अतिथिको रुपमा रहेका थिए ।
राजधानी लगायत मोफसलमा विभिन्न सफल सौन्दर्य प्रतियोगिता सम्पन्न गरि चर्चा बटुल्न सफल मोडल सङ्ग्स नेपालले केही महिना अघि युएईमा “मोडल सङ्ग्स अवार्ड २०१८ दुवई” को भव्य समापन पश्चात ईजिप्टमा “एम एस एन एक्सीलेन्स अवार्ड, २०१९” को आयोजना गरेको हो । लामो समयदेखि आ-आफ्नो क्षेत्रमा लागि पर्दै पृथक योगदान पुर्याउदै आएका व्यक्तित्वहरुको योगदानको कदर गर्दै उनीहरुलाई प्रोत्साहन साथै हौसला प्रदान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक राजपुतले बताए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताको साथै सम्मान कार्यक्रमहरु आयोजना गर्दै आएको मोडल सङ्ग्स नेपालको आयोजना रहेको ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न १५ वटा अलग अलग विधाबाट पुरस्कृत गरिएको आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जानकारी दिए ।
उक्त अवार्ड कार्यक्रमको जुरी मेम्वरको रुपमा एसियन डेभलपमेन्ट बैंकका लागि नेपाल सरकारका पूर्व प्रतिनिधि तुलसी प्रसाद न्यौपाने, एक्ज्युकेटिभ डाईरेक्टर अफ नेशनल सेन्टर फर हेल्थ एण्ड न्युट्रेसन डा सुशिला मल्ल र नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा श्याम खड्का रहेका थिए ।
‘नेपालबाट दुई दर्जनभन्दा बढी संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुको सहभागीतामा हामीले दुवईमा मोडल सङ्गस अवार्ड भव्य रुपमा सम्पन्न गरेका छौं,’ मोडल सङ्गस नेपालका लागि आयोजक डेभिल सिंह राजपुतले बताए ।