MSN Excellence Award, Egypt- Purnima Lama

काठमाडौँ —चैत ४ ।

राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा चर्चित नायिका पूर्णिमा लामाले ‘नायिका’ विधाको यसवर्षको एम एस एन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएकी छिन।

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।

‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

पूर्णिमा लामा नेपाली चलचित्र क्षेत्रमा एक कुशल नायिकाको रुपमा विगत १० वर्षदेखि निरन्तर आफ्नो उत्कृष्ट अभिनय क्षमतामर्फत दर्शकहरुको रोजाइमा पर्न सफल रहदै आएकी छिन ।

५० भन्दा बढ़ी नेपाली म्युजिक भिडियोमा अभिनय गर्नुको साथै पल्टन, हिरोस, नेप्टे, बबी, रेल्लिमाई, शिव, शिवानी लगायत दुई दर्जनबढि उत्कृष्ट चलचित्रहरुमा कुशल नायिकाको भुमिका निभाई नेपाली चलचित्र क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर तथा प्रशंसा गर्दै जुरी मेम्वर एक्ज्युकेटिभ डाईरेक्टर अफ नेशनल सेन्टर फर हेल्थ एण्ड न्युट्रेसन डा सुशिला मल्ल, नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा श्याम खड्का र एसियन डेभलपमेन्ट बैंकका लागि नेपाल सरकारका पूर्व प्रतिनिधि तुलसी प्रसाद न्यौपाने तथा आयोजक मोडल सङ्ग्स नेपालको निर्णायक मण्डलबाट उदयीमान नव नायिका विधाको यसवर्षको एमएसएन एक्सीलेन्स अवार्ड नव नायिका पूर्णिमा लामालाई प्रदान गरिएको आयोजक संस्था मोडल सङ्ग्स नेपालका सिईओ डेभिल सिंह राजपुतले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here