MSN Excellence Award, Egypt- Rekha paudel

काठमाडौँ —चैत ४ ।

नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेलले राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टमा सम्पन्न ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा ‘सङ्गितकार’ विधाको यस वर्षको एमएसएन एक्सीलेन्स अवार्ड हात पार्न सफल भएकी छिन।
नेपाली सांगितिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल साथै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको दर्जनौ अवार्ड तथा सम्मान प्राप्त गर्न सफल पौडेलले भर्खरै मात्र राजधानीमा सम्पन्न सगरमाथा म्युजिक अवार्डमा सर्वोत्कृष्ट संगितकार विधाको अवार्ड समेत हात पार्न सफल भएकी थिईन ।

लामो समय देखी सांगितिक क्षेत्रमा सकृय पौडेलले “हमेशा,फूल,चिहान, पिपल, कोईला, मायाको सौगात, कालेदाई जस्ता थुप्रै सफल चलचित्रहरुमा मात्र नभएर थुप्रै सोलो एल्बम लगायत सयौं चर्चित गीतहरुमा उत्कृष्ट सङ्गीत श्रृजना गरि नेपाली चलचित्र एवं सांगितीक जगतमा प्रदान गरेको अतुलनीय योगदानको कदर तथा प्रसंशा गर्दै जुरी मेम्वर एक्ज्युकेटिभ डाईरेक्टर अफ नेशनल सेन्टर फर हेल्थ एण्ड न्युट्रेसन डा. सुशिला मल्ल, नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा. श्याम खड्का र एसियन डेभलपमेन्ट बैंकका लागि नेपाल सरकारका पूर्व प्रतिनिधि तुलसी प्रसाद न्यौपाने तथा आयोजक मोडल सङ्ग्स नेपालको निर्णायक मण्डलबाट संगित विधाको यस वर्षको ‘एमएसएन एक्सीलेन्स अवार्ड’ चर्चित संगितकार रेखा पौडेललाई प्रदान गरिएको आयोजक संस्था मोडल सङ्ग्स नेपालका सिईओ डेभिल सिंह राजपुतले जनाए । यस अघि संगितकार पौडेलले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको ‘सर्वोत्कृष्ट महिला संगितकारको अवार्ड’ हात पार्न सफल भएकी थिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here