आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

रमेश श्रेष्ठद्वारा एनआरएनएको मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा

रमेश श्रेष्ठद्वारा एनआरएनएको मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा

आर्थिक, समाचार
दुबइ।  युएइका युवा व्यवसायी रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एनअनारएको आगामी ११ औं अन्तरराष्ट्रिय महाधिवेशनमा २०२३–२०२५ कार्यकालका लागि आठ बुँदे प्रतिबद्धता जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनी लामो समयदेखि मध्यपूर्वको मात्र नभई विश्वकै व्यापारिक केन्द्रका रूपमा रहेको मुलुक यूएइ (दुबइ)मा रहँदै गर्दा विभिन्न तवरले सामाजिक कार्यमा आबद्ध भएर काम गरिरहेका छन् । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘लामो समयदेखि एनआरएनए यूएइ विभिन्न तहमा रहँदै मैले एनआरएनए युएइको नेतृत्व गर्दा र तत्पश्चात समेत संस्थाको हित र सामाजिक भावले गरेका कार्यहरूको मूल्यांकन गरिरहनुभएका एनआरएनए मध्यपूर्व र विश्वव्यापी एनआरएनएमा आबद्ध अग्रज व्यक्तित्वहरू तथा समकालीन साथीहरू समेतको सल्लाह सुझाब र आ...
उद्यमी सुषमा महरा उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा निर्वाचित

उद्यमी सुषमा महरा उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा निर्वाचित

आर्थिक, समाचार
काठमाडौं ।नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन सुषमा महरा निर्वाचित भएकी छन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले यस अगाडि संघको कोषाध्यक्ष लगायत पदमा रहेर काम गरिसकेकी छन् । सोमबार सुरु भएको संघको निर्वाचन प्रक्रिया अन्तर्गतको मनोनयनमा अध्यक्ष सहित सबै पद निर्विरोध निर्वाचित भएको थियोे । यस्तो छ:  नयाँ कार्य समिति अध्यक्षमा दिनेश श्रेष्ठ उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन, जय सिवाकोटी, महासचिवमा दुर्गाराज श्रेष्ठ,सचिवमा शुष्मा महरा, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह-कोषाध्यक्षमा नानीराज घिमिरे सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी, शिशीर गौतम, दीपक भण्डारी, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका हुन् । ...
सौन्दर्यकर्मी माया बुढाथोकी (पायल) लाई ‘राष्ट्रिय नारी सम्मान’ प्रदान

सौन्दर्यकर्मी माया बुढाथोकी (पायल) लाई ‘राष्ट्रिय नारी सम्मान’ प्रदान

मनोरन्जन, समाचार
काठमाडौं । सौन्दर्यकर्मी माया बुढाथोकी, ( पायल) एक कार्यक्रमका वीच सम्मानित भएकी छिन । राजधानीको रोयल बैक्वैट,तिनकुनेमा आयोजित राष्ट्रिय नारी सम्मान २०८० को भव्य समारोहका वीच प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना,वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल तथा वरिष्ठ गायिका तारा थापाले संयुक्त रुपमा उनलाई सौन्दर्यकला सम्मानबाट सम्मानित गरिएको हो । मया बुढाथोकी लामो समयदेखि सौन्दर्यकला तथा मेकअप आर्टिष्टको रुपमा परिचित छिन । मिस ब्यूटिफुल नेपाल २०२३ की भ्यूवर्स च्वाईस तथा वेष्ट स्माईलको टाईटल जित्न सफल मया मेकअप तथा सौन्दर्य सम्बन्धि तालिम प्रदान गर्दै आईरहेकी छिन । गुणस्तरीय सौन्दर्य प्रशाधान मात्र प्रयोग गर्दै आईरहेकी पायल आफ्ना ग्राहकको सन्तुष्टिका लागि निकै सतकर्ता अपनाउने गर्छिन । ...
पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड  असोज २६ गते

पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड असोज २६ गते

मनोरन्जन, समाचार
पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ गते शुक्रबार हुने भएको छ । चलचित्र विकास वोर्डको हलमा हुने आयोजक संस्थाद्धारा जारी विज्ञप्तिम जनाइएको छ । अवार्डमा राष्ट्रिय, गजल, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाम १६५ जना कलाकारहरु प्रतिस्पर्धामा रहेका छन् । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुत कर्ताको रुपमा रहेको छ । सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छभने एक जना अग्रज रंग पत्रकारलाई नगदसहित र...
एसिया प्यासिफिक संयोजक उम्मेदवार पौडेलको प्रतिबद्धता पत्र सार्वजनिक

एसिया प्यासिफिक संयोजक उम्मेदवार पौडेलको प्रतिबद्धता पत्र सार्वजनिक

आर्थिक, समाचार
समीर लामा,काठमाडौ । एनआरएनए जापानको निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी घोषणा गरे सङगै काम गर्ने योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । चुनाव हुन केही हप्ता मात्रै बाकी रहेकाले एसिया प्यासिफिक क्षेत्रमा छरिएर बसेका सम्पुर्ण मतदाताहरुलाइ भोटको समेत अपिल गरेका छन । कोभिड -19 को बेला जापानमा रहेका थुप्रै नेपालीहरुलाइ खोप ब्यवस्थापन देखि नेपाल आउन सहज बाताबरण समेत मिलाइ सबैको नजरमा पर्न सफल भएका कारण आफुले जित्नेमा बिश्वस्त रहेको पौडेलले जानकारी दिएका छन। प्रतिबद्धता पत्र १- वैदेशिक रोज़गारलाई सुरक्षित र मर्यादित बनाऊनको लागी सम्बन्धित निकायहरुमा पहल गर्ने। २) श्रमिकको हक अधिकारको लागि बिचौलियाको अनावश्यक हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पिडित बनाईने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम संचालन गरिने । ३) विदेशमा जाने...
उपरथी श्रेष्ठ रचित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’सार्वजनिक(भिडियो)

उपरथी श्रेष्ठ रचित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा रचना गरिएको ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा युवा सङ्गीतकार राजेन्द्र बजगाइँले संगीत दिनुभएको उक्त म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो । नेपाली सेनाको कर्तव्यपरायण तथा योगदानबारे वर्णित र राष्ट्रिय भावनाबाट ओत प्रोत सो कृतिमा नेपाली सेनाको पहिचान, एकता र वीरता गाथा समेटिएको छ । नेपालको एकीकरण अभियानका सिलसिलामा आजभन्दा करिब दुई सय ६१ वर्षअघि स्थापित सेनाले आफ्नो स्थापनाकालदेखि नै निःस्वार्थ भावले देश र जनताको कल्याणको काम गर्दै आएको झल्को भिडियोमा प्रस्तुत गरिएको छ । स्रष्टा श्रेष्ठले एक वर्षअघि रचना गरिएको गीतलाई हाल आएर म्युजिक भिडियो मार्फत सार्वजनिक गरिएको हो । नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दि...
सौन्दर्यकर्मी मन्दिरा खड्का ‘हायु’लाई ‘राष्ट्रिय नारी सम्मान’

सौन्दर्यकर्मी मन्दिरा खड्का ‘हायु’लाई ‘राष्ट्रिय नारी सम्मान’

आर्थिक, समाचार
काठमाडौं । वरिष्ठ कस्मेटोलोजीष्ट तथा सौन्दर्यविद मन्दिरा खड्का ‘हायु’ एक कार्यक्रमका वीच सम्मानित भएकी छिन । राजधानीको रोयल बैक्वैट,तिनकुनेमा आयोजित राष्ट्रिय नारी सम्मान २०८० को भव्य समारोहका वीच प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना,वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल तथा वरिष्ठ गायिका तारा थापाले संयुक्त रुपमा उनलाई सौन्दर्यकला सम्मानबाट सम्मानित गरिएको हो । खड्का लामो समयदेखि सौन्दर्यविद तथा कस्मेटोलोजीष्टको रुपमा परिचित छिन । नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रुपमा मनाउँदै लामो समयदेखि सौन्दर्यकला र समाजमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर स्वरुप कस्मेटोलोजी खडकालाई “राष्‍ट्रिय नारी सम्मान” बाट सम्मानित गरिएको कार्यक्रम आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी गराए । थुप्रै संघ संस्थाबाट सम्मानित भैसकेकी खडकाले नेपालमा हुने विशेष ईभेन्टहरुको समेत मेकअपको जिम्मेव...
‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी

‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी

मनोरन्जन, समाचार
जिन्दगी यस्तै त हो कान्छा       जिन्दगी यस्तै त हो कान्छाउमेर चढ्दै गएपछि सन्तान परदेशिएपछिरुखोसुखो घर कटेरामै बाँधिएपछिबिग्रेको बाटोमा चिप्लेपछिघरि–घरि लडिन्छउठ्यो–लड्खडाएर फेरि हिँड्योयस्तै त छ हो कान्छायो जिन्दगी बाउबाजेको बिँडो थामी खाकोकहिलेकाहीँ त लाग्छपुरानो बिग्रेको मोटरजस्तोएउटा चक्का पञ्चर हुन्छटाल्यो काम चलायोघरिघरि हावा खुस्किन्छबनायो फेरि स्लिप खान्छस्टेरिङ नै बटारिने गरीठोकठाक गरेर दगुर्यायोफेरि कहिले तअँध्यारोमा हेड लाइट नै बल्दैनगुलुब जलेछ भन्योमधुरो साइड लाइटलेजेनतेन बाटो धान्योलोडसेडिङ हो क्यारेझ्याप्प–झ्याप्प बत्ति जानेटुकी बालेर अलि–अलि फुटेकोनिक्कै पहिला नेपाल शहर जाँदाछोराले हाल्देकोपावरको चश्माले काम चलाएजस्तैअलिक अप्ठेरो बाटोमा तजिउ पनि हल्लिन्छएक नम्बर गियरमा हिँड्दा पनि,पुरानो मोटरकोहर्न बाहेक सबै बजेजस्तोशायद–उमेरले थिचेपछिव्यवहार...
स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा सम्पन्न

स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा सम्पन्न

मनोरन्जन, समाचार
नृत्य निर्देशक सघ नेपाल, तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रथम स्कुल स्तरीय तीज नृत्य प्रतियोगिता बागमती प्रदेशका प्रदेश सभासदस्य ईन्जिनियर अमन मास्केको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उपत्यकाको २० स्कुलले भाग लिएको प्रतियोगितामा कौसल माध्यामिक बिद्यालय प्रथम, नवोधित विध्याकुञ्ज र शुभकामना स्कुल दोस्रो, त्रिलोक चिल्डेन एकेडेमी र स्प्रिङभ्याली स्कुल तृतिय भएका छन् । संस्थाका अध्यक्ष टेकबहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव रवी कार्कीले स्वागत मन्तव राख्नुभएको थियो । कार्यक्रममा नृत्य निर्देशक संघ केन्द्रीय अध्यक्ष भुवनदाश श्रेष्ठ, नृत्य निर्देशक संघ तार्केश्वोर नगर कमिटि सल्लाकार एवम् वरिष्ठ कलाकार उत्तम केसी हिमरश्मि स्कुलका प्राध्यापक लोकेन्द्रबहादुर खड्का विशेष अतिथि रहनुभएको थियो । ...
आउदो शनिवार ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलको  तीज मेला

आउदो शनिवार ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलको तीज मेला

मनोरन्जन, समाचार
ग्लोवल टुुरिजम प्रोमोसन काउन्सीलले तीजको अवसर पारेर तीज मेलाको आयोजना गर्ने भएको छ । भाद्र ३० गते आयोजना हुने कार्यक्रममा ख्याती पाएका कलाकारले प्रस्तुति दिने छन् । कार्यक्रममा बिभिन्न पेशा ब्यावसायमा ख्याती कमाएका महिला दिदी बहिनीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन बिभिन्न खेलसमेत खेलाइने छ । यसका अलावा प्रतियोगितात्मक खेलमा बिजयीलाई बिषेश पुरस्कार र सम्मनकोे ब्यावस्था पनि गरिएको आयोजकले जनाएको छ । निभिया मुख्य प्रायोजक र एन प्लस प्रोफेसनल, २ पीएम नुडल्स, यूटर्न इन्टरनेशनल, द रेमण्ड शप रहेका छन् । मिडिया पार्टनरमा निखिला मिडिया र टेलिभिजन पार्टनरमा मूनलाईट टेलिभिजन रहेको छ । ग्लेवल टुरिजम र गन्तब्य फेमिलिले आयोजना गरेको कार्यक्रम पिंगलास्थानमा रहेको राइन होटलमा हुने छ । ...