आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

आउदो शनिवार ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलको तीज मेला

ग्लोवल टुुरिजम प्रोमोसन काउन्सीलले तीजको अवसर पारेर तीज मेलाको आयोजना गर्ने भएको छ । भाद्र ३० गते आयोजना हुने कार्यक्रममा ख्याती पाएका कलाकारले प्रस्तुति दिने छन् ।

कार्यक्रममा बिभिन्न पेशा ब्यावसायमा ख्याती कमाएका महिला दिदी बहिनीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन बिभिन्न खेलसमेत खेलाइने छ । यसका अलावा प्रतियोगितात्मक खेलमा बिजयीलाई बिषेश पुरस्कार र सम्मनकोे ब्यावस्था पनि गरिएको आयोजकले जनाएको छ ।

निभिया मुख्य प्रायोजक र एन प्लस प्रोफेसनल, २ पीएम नुडल्स, यूटर्न इन्टरनेशनल, द रेमण्ड शप रहेका छन् ।

मिडिया पार्टनरमा निखिला मिडिया र टेलिभिजन पार्टनरमा मूनलाईट टेलिभिजन रहेको छ ।

ग्लेवल टुरिजम र गन्तब्य फेमिलिले आयोजना गरेको कार्यक्रम पिंगलास्थानमा रहेको राइन होटलमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *