आइत, असार ३, २०८१
Sun, June 16, 2024
Shadow

स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा सम्पन्न

नृत्य निर्देशक सघ नेपाल, तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रथम स्कुल स्तरीय तीज नृत्य प्रतियोगिता बागमती प्रदेशका प्रदेश सभासदस्य ईन्जिनियर अमन मास्केको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उपत्यकाको २० स्कुलले भाग लिएको प्रतियोगितामा कौसल माध्यामिक बिद्यालय प्रथम, नवोधित विध्याकुञ्ज र शुभकामना स्कुल दोस्रो, त्रिलोक चिल्डेन एकेडेमी र स्प्रिङभ्याली स्कुल तृतिय भएका छन् ।

संस्थाका अध्यक्ष टेकबहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव रवी कार्कीले स्वागत मन्तव राख्नुभएको थियो । कार्यक्रममा नृत्य निर्देशक संघ केन्द्रीय अध्यक्ष भुवनदाश श्रेष्ठ, नृत्य निर्देशक संघ तार्केश्वोर नगर कमिटि सल्लाकार एवम् वरिष्ठ कलाकार उत्तम केसी हिमरश्मि स्कुलका प्राध्यापक लोकेन्द्रबहादुर खड्का विशेष अतिथि रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *