काठमाडौं । वरिष्ठ कस्मेटोलोजीष्ट तथा सौन्दर्यविद मन्दिरा खड्का ‘हायु’ एक कार्यक्रमका वीच सम्मानित भएकी छिन ।

राजधानीको रोयल बैक्वैट,तिनकुनेमा आयोजित राष्ट्रिय नारी सम्मान २०८० को भव्य समारोहका वीच प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना,वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल तथा वरिष्ठ गायिका तारा थापाले संयुक्त रुपमा उनलाई सौन्दर्यकला सम्मानबाट सम्मानित गरिएको हो ।

खड्का लामो समयदेखि सौन्दर्यविद तथा कस्मेटोलोजीष्टको रुपमा परिचित छिन ।

नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रुपमा मनाउँदै लामो समयदेखि सौन्दर्यकला र समाजमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर स्वरुप कस्मेटोलोजी खडकालाई “राष्‍ट्रिय नारी सम्मान” बाट सम्मानित गरिएको कार्यक्रम आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी गराए ।

थुप्रै संघ संस्थाबाट सम्मानित भैसकेकी खडकाले नेपालमा हुने विशेष ईभेन्टहरुको समेत मेकअपको जिम्मेवारी वहन गर्दै आईरहेकी छिन ।

भक्तपुरको कौशलटारमा रहेको जिएम व्युटि सलुन विथ कस्मेटिकको संचालक समेत रहेकी गुणस्तरीय एवं उत्कृष्ट सौन्दर्यकर्मीको रुपमा परिचित छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here