मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

दशैंको टिकट बुकिङ असोज १५ देखि खुल्ने

दशैंको टिकट बुकिङ असोज १५ देखि खुल्ने

समाचार
भदाै ३१ काठमाडौं। दशैंको टिकट बुकिङ असोज १५ देखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले असोज १५ देखि दशैँ विशेष लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको बताइएको छ ।दसैँलाई लक्षित गरी १५ असोजबाट टिकट बिक्री वितरण खुला गर्ने तयारी भइरहेको र टिकट बसपार्कमा भन्दा अनलाईनबाटै काट्न मिल्ने गरी व्यवस्था गर्न लागिएको बताइएको छ । धेरै यात्रुको चाप हुने भएकाले गाडी भाडा ५० प्रतिशतले बढाउने तयारी भइरहेको छ । एक सीटमा एक जना मात्रै यात्रु राख्ने गरी दोब्बर भाडा बढाउन लागिएको बताइएको छ । ...
पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंह रहेनन्

पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंह रहेनन्

समाचार
भदाै ३१ काठमाडौं । पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ । उनको काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे एक सय वर्षको उमेरमा निधन भएको हो । त्यसपछि २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले तीन वर्षसम्म न्यायालयमा काम गरेका थिए । वि.सं. २००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गरेका उनले वि।सं। २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई काम गरेका थिए । त्यस्तै उनी २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए । अख्तियारमा २०३४ साल पुस १३ गतेदेखि २०४२ साल बैशाख ३० गतेसम्म कार्यरत उनी त्यसलगत्तै राजसभा स्थायी समितिको सभापतिसमेत बनेका थिए । उनमा  केही समय देखी निमोनिया देखिएको थियो । ...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

समाचार, समाज
बुधबार बिहान सिक्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ५ः२० बजे धक्का महसुस भएको हो।  सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । बिहानै आएको भूकम्पको धक्काले काठमाडौका मानिसहरु घर बाहिर निस्किएका थिए ।यसबारे थपविवरण आउन बाँकी छ। ...
समाजसेवी हरि बिष्टले आफ्नै खर्चमा गराए एक श्रमिकको पत्थरीको अप्रेसन

समाजसेवी हरि बिष्टले आफ्नै खर्चमा गराए एक श्रमिकको पत्थरीको अप्रेसन

राजनीति, समाचार, समाज
कोरोना कहर न्यून गर्न गरिएको लकडाउनका ज्याला मजदुरी गरेर विहान बेलुकी दुई छाक टार्न धौधौ हुने परिवारलाई यो समय निकै कष्टकारी सावित भएको छ । वीरेन्द्रनगर १२ बस्ने शिला नेपाली ज्याला मजदुरी गर्दै आफ्नो दैनिकी चलाई रहेकी थिईन तर विगत केहि महिनादेखि पित्त थैलिमा पत्थरको समस्या भएर उनलाई निकै समस्या भैइरहेको छ्ब। ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकि शिलाको श्रीमानको मृत्यूपछि घर चलाउने जिम्मा शिलाकै काधमा आएको थियो तर कहिले लकडाउन त कहिले काम नै नपाउने समस्याका कारण उपचार त के छाक टार्नै मुस्किल परेको अवस्था छ । भर्दौ ३ गते देखि सामान्य औषधि र दुखाई कम गर्ने सुईले पनि काम नगरेर दुखाइको पिडा सहन नसकेर अस्पताल जाँदा अप्रेशन गर्नुपर्ने र खर्च ३० हजार लाग्ने डाक्टरले बताएपछि फर्किएर आएको बताउदै तरुण दल सुर्खेतका अध्यक्ष, कलाकार, खेलाडि तथा समाजसेवी हरि विष्टलाई म्यासेजमा जानकारी गराएको श...
मलमासमा भगवान् पुरुषोत्तमको पूजा गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास

मलमासमा भगवान् पुरुषोत्तमको पूजा गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास

समाचार
भदाै ३० काठमाडौँ – यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ । महिनामा दुई वटा सङ्क्रान्ति प¥यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिनुभएको छ । असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।। अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिलेमात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा पर...
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

समाचार
भदाै ३० काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशक तोक्ने निर्णय भएको जानकारी दिए । कोइराला प्राधिकरणको उप कार्यकारी निर्देशक (१२ औं तहका कर्मचारी) हुन् । कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सहिए पछि वरिष्ठताको आधारमा पहिलो नम्बरमा रहेका कोइरालाई निमित्त कार्यकारी निर्देशक तोकिएको हो । ...
जनप्रतिनिधिमा कोरोना देखिएपछि पाल्पाको तानसेन नगरपालिका र वडा कार्यालय बन्द

जनप्रतिनिधिमा कोरोना देखिएपछि पाल्पाको तानसेन नगरपालिका र वडा कार्यालय बन्द

समाचार
भदाै ३० काठमाडाैं । पाल्पाको तानसेन नगरपालिकाले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेपछि कार्यालय क्षेत्र सुनसान हुँदै । तानसेन नगरपालिकाका जनप्रतिनिधिमा कोरोना देखिएपछि नगरपालिका र वडा कार्यालय बन्द गरिएका छन् । रासस
शेयर कारोबार नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लाग्यो

शेयर कारोबार नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लाग्यो

आर्थिक, समाचार
भदौ ३० काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४७ विन्दुले ओरालो लागेर एक हजार ५३६.०३ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५९ विन्दुले घटेर ३०४.६५ मा पुगेको छ । कूल १९३ कम्पनीको ६६ लाख ९७ हजार ४९६ कित्ता शेयर रु दुई अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल ९.२४, जीवन बीमा १७.३३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ । बैंकिङ तीन, व्यापार १३.७५, विकास बैंक १४.५५, जलविद्युत् ८.१६, वित्त २.५, निर्जीवन बीमा ३.२३, उत्पादन १२.४६, अन्य ७.३९ र लघुवित्त ३.९९ विन्दुले घटेको छ । स्टकका अनुसार कारोबारका आधारमा आज पनि पुनर्बीमा कम्पनी शीर्ष स्थ...
शैक्षिक संस्थाहरू अर्को सूचना नआएसम्मका लागि बन्द रहने

शैक्षिक संस्थाहरू अर्को सूचना नआएसम्मका लागि बन्द रहने

समाचार
भदाै ३० काठमाडाैं । सरकारले शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्‍ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी सेवाहरू अनिश्चितकालसम्म बन्द राख्ने निर्णय गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । “सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, डान्सबार, सार्वजनिक स्थल, सैलुनहरू, व्युटी पार्लर, मसाज तथा स्पा सेन्टर, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, मैदानमा हुने प्रशिक्षण, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भिक चरणका खेलहरू, सबै प्रकारका धार्मिक क्षेत्र, चिडियाखाना, पुस्तकालय अर्को निर्णय भएपछि मात्रै सञ्चालन हुनेछन्,” मन्त्री ज्ञवालीको भनाइ थियो । ...