मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

प्रहरीमा नयाँ भर्ना खोल्न स्वीकृति

प्रहरीमा नयाँ भर्ना खोल्न स्वीकृति

समाचार
भदाै ३० काठमाडाैं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया अघि बढाउन स्वीकृत दिएको छ ।यसअघि सबै सरकारी निकायमा नयाँ भर्ना प्रक्रिया रोकिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा निकायमा रिक्त पद बढ्दै गर्दा समस्या हुने भएपछि नयाँ भर्ना खोल्न स्वीकृत दिने निर्णय गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । निजामतीमा आधा अवस्थामा पुगेका भर्ना प्रक्रिया समेत सुचारु हुन सकेको छैन । अर्को निर्णय नगरेसम्मका लागि नयाँ भर्ना रोक्ने निर्णय गत बैशाखमा गरेको थियो । ...
नेपाली सेनाको लघु फिल्म प्रतियोगितामा दोस्रो सफल लघु फिल्म ‘रगत’ सार्वजनिक(भिडियो)

नेपाली सेनाको लघु फिल्म प्रतियोगितामा दोस्रो सफल लघु फिल्म ‘रगत’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नेपाली सेनाको लघु फिल्म प्रतियोगिता २०७६ मा दोस्रो स्थान हासिल गर्न सफल लघु फिल्म ‘रगत’ सार्वजनिक भएको छ। लघु फिल्म ‘रगत’ जहिले पनि डिभी भरेर अमेरिका जाने सपना देख्ने एक युवक डिभी परेर पनि अमेरिका नगई कसरी नेपाली सेनामा भर्ती हुन्छ भन्ने कथामा आधारित रहेको छ। नेसन मिडिया गु्रप प्रा.लि. द्वारा निर्मित यस फिल्मको लेखन तथा निर्देशन सञ्चारकर्मी तथा लेखक पुरुषोत्तम बस्नेतको रहेको छ भने रवि कार्की, मुना नेपाल, संगिता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ। यसैगरी फिल्ममा संकल भुजेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन र विक्रम कार्कीको पार्श्व संगीत रहेको छ। https://youtu.be/bMqLpif72Lc निर्देशक बस्नेतका अनुसार नेपाली सेनाले गरेको काम र नेपाली सेनाप्रति आमनागरिकको सकारात्मक सोच विकास गर्न फिल्म बनाइएको हो। त्यस्तै बस्नेतल...
सीआईबीमा कार्यरत २६ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण

सीआईबीमा कार्यरत २६ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
भदाै ३० काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत २६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।ब्यूरोका एक अधिकृतले २६ जनामा कोरोना संक्रमण देखिएको बताए । उनका अनुसार संक्रमित अधिकारीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । सीआईबीका अधिकारीको सर्वसाधारणसँग सीधै सम्पर्क नहुने भएकाले पनि कसरी संक्रमण फैलियो भन्नेबारे कन्ट्याक ट्रेसिङ र थप परीक्षण पछि मात्र थाहा हुने बताइएको छ । ...
मुम्बई उच्च अदालतमा कंगनाले मागिन् दूई करोडको क्षतिपुर्ति

मुम्बई उच्च अदालतमा कंगनाले मागिन् दूई करोडको क्षतिपुर्ति

अन्तराष्ट्रिय, समाचार
भदाै ३० काठमाडौं । पछिल्लो समय शिवसेनासँग विवाद परेकी भारतिय अभिनेत्री कंगना रनौटले मुम्बई उच्च अदालतमा दुई करोडको क्षतिपुर्ति माग गरेकी छिन् । उनको मुम्बईको बान्ड्रास्थित बंगला नम्बर ५ भत्काइएपछि उनले क्षतिपुर्ति मागेकी हुन् । बीएमसीले उनको बंगला ४० प्रतिशत भत्काइदिसकेको छ । कंगना मुम्बईलाई पाकिस्तान शासित कश्मिरसँग तुलाना गरेपछि शिवसेनासँगा विवादमा परेकी हुन् । शिवसेनाले महाराष्ट्र राज्यमा सरकार चलाइरहेको छ । ...
काठमाडौं उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
भदाै ३० काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।उपत्यकाका तीन जिल्लामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नेपालमा आज थपिएका १,४५९ जना संक्रमितमध्ये उपत्यकाका ६७६ जना हुन् । आज फेरि नेपालमा कोरोना संक्रमितको ग्राफ बढेको छ । ...
पछिल्लो २४ घण्टामा कोरोनाले ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाले ११ जनाको मृत्यु

समाचार, स्वास्थ्य
भदाै ३० काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप  ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ । यसअघि सोमबार हिजो १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।यसैगरी आइतबार ९ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा ३ जना महिला र ६ जना पुरुष थिए । काठकमाडौंकी ६५ वर्षीया २ जना र कास्कीकी ४५ वर्षीया एक महिला थिए । त्यसैगरी ६९, ५९ ,७०, ६४ र ५९ वर्षीय काठमाडौंका पाँच पुरुष तथा सिन्धुपाल्चोकका ५९ वर्षीय एक पुरुष थिए । मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौंकी ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष थिए । त्यसैगरी भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ ...
गुणस्तरहीन छड उत्पादन गरेको पाइएपछि जगदम्बा स्टिललाई कारबाही

गुणस्तरहीन छड उत्पादन गरेको पाइएपछि जगदम्बा स्टिललाई कारबाही

समाचार
भदाै ३० सिमरा । बाराको सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड न्यून गुुणस्तरको फेला परेपछि कारवाही गरेको जनाएको छ । बाराको सिमरामा रहेको सो उद्योगले आफ्ना उत्पादन एक नम्बरको भनेर दाबी गरे पनि गुणस्तर कमजोर देखिएको गुणस्तर तथा नापतौल अचल कार्यालय वीरगञ्जका कर्मचारीको भनाइ छ । उत्पादित लोहाछडमा कैफियत देखिएकाले गुणस्तरको सुनिश्चिता नभएसम्म छडको उत्पादन र बिक्री नगर्न लिखितरुपमा पत्रसमेत पठाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । न्यून गुणस्तर भएको १६ एमएमको टीएमटी बारफी ५०० छड उत्पादनमा रोक लगाइएको उहाँले जानकारी दिए । विभागका निर्देशक सञ...
असोज १ बाट हवाई टिकट बुकिङ खुल्दै, भाडा घट्ने

असोज १ बाट हवाई टिकट बुकिङ खुल्दै, भाडा घट्ने

समाचार
भदाै ३० काठमाडाैं । सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा लागेका छन् । त्यसअगाडि कम्पनीहरु कुन– कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सरकारले अहिलेसम्म उडान खुला हुने गन्तब्यको सूची दिइसकेको छैन । ‘हामीलाई सूची आएपछि त्यसका आधारमा वायुसेवा कम्पनीलाई परमिट दिन्छौं,’ उनले भने । उनका अनुसार पहिलो चरणमा सबै गन्तब्यमा शतप्रतिशत उडान भने खुल्ने छैनन् । सम्भवतः एक तिहाई उडान मात्र पहिलो चरणमा खुल्ने बताउँदै उनी भन्छन्, ‘त्यही अनुसार वायुसेवा कम्पनीले उडान अनुमति पाउने छन् ।’ यसअघि १ भदौबाटै उडान खोल्ने निर्णय सरकारले गरेको थियो । सोअनुसार पनि प्राधिकरणले पहिलो चरणमा साविकमा हुँदै आएको उडानको ३३ प्रतिशत मात्र अनुमति दिने गरी वायु...
नेपालमा पछिल्लो २४ घण्टामा थपिए १४५९ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १४५९ कोरोना संक्रमित

समाचार
भदाै ३० काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ थियो । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।पछिल्लो २४ घण्टामा थप  १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि सोमबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५७६ थियो । मन्त्रालयका...
२४ घण्टामा १ हजार ६२ ले ‘जिते’ कोरोना

२४ घण्टामा १ हजार ६२ ले ‘जिते’ कोरोना

समाचार
भदाै ३०काठमाडौं। पछिल्लो २४ घण्टामा थप  १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।