मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

‘ओपो ए ५३’ नेपालमा सार्वजनिक हुँदै

‘ओपो ए ५३’ नेपालमा सार्वजनिक हुँदै

आर्थिक, समाचार
भदाै ३० काठमाडौं। ओपोले ए सिरिजको नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीले ओपो ए ५३ स्मार्टफोन नेपालमा सार्वनजिक गर्नका लागि सबै तयार भएको जानकारी दिएको छ। ५ हजार एमएएच क्षमताको ब्याट्री भएको यो फोनमा १८ वाट फास्टको फास्ट चार्जर पनि रहेको छ।‘ओपोको ए सिरिज अन्तर्गतको बाचा अनुरुप, ए५३ले पनि प्रयोगकर्तालाई तिब्र र सहज मोबाइल अनुभव प्रदान गर्नेमा हामी विश्वस्त छौँ ’ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने। यसमा रहेको सुपर पावर सेभिङ मोडले ५ प्रतिशत अतिरिक्त ब्याट्री क्षमता बढाउने कम्पनीको दाबी छ। त्यस्तै स्लिप स्ट्यान्डबाई अप्टिमाइजेशनले रातको समयमा २ प्रतिशत ब्याट्री क्षमता बचत गाराउने कम्पनीको दाबी छ। ४ जीबी र्‍याम भएको यो फोनमा २५६ जीबी अतिरिक्त क्षमता विस्तारको क्षमता रहेको छ।१६ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यो फोनमा १३ मेगापिक्सेलको प्राइम...
पोखरामा १० वर्षीया बालिकामाथि बलात्कार

पोखरामा १० वर्षीया बालिकामाथि बलात्कार

समाचार
भदाै ३० पोखरा । १० वर्षीया बालिकामाथि बलात्कार (यौन दुर्व्यवहार) गरेको आरोपमा कास्की प्रहरीले एकजना ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार १० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पोखरा महानगरपालिका-७ चोरसाँघु बस्ने ५२ वर्षीय टिका बहादुर दमाईलाई सोमबार दिउँसो पक्राउ गरिएको हो । बालिकाको घरमा कोही नभएको अवस्थामा टिका बहादुरले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । १० वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । ...
मेलम्चीको पानी काठमाडौं आउन अझै समय लाग्ने, हेडबक्सको काम ७० प्रतिशत सकियो

मेलम्चीको पानी काठमाडौं आउन अझै समय लाग्ने, हेडबक्सको काम ७० प्रतिशत सकियो

समाचार
भदाै ३० काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झण्डै ८ महिना बाँकी हुँदा निर्माण अघि बढीरहेको हो । आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडबक्स’ निर्माणसमेत अघि बढिरहेको छ । निर्धारित अवधि आगामी वैशाखसम्ममा निर्माण सम्पन्न भइसक्ने खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । उनले भने, ‘यही गतिमा काम भइरहँदा समयमै सकिने देखिन्छ ।’ सुरुङ निर्माण सकिएर परीक्षणका क्रममा दुर्घटना भएपछि अहिले यसको गेटमा रहेको त्रुटि सच्याउने काम भइरहेको छ । आगामी मङ्सिर, पुससम्ममा त्रुटि सच्याउने काम सकिएर पुनः सुरुङको परीक्षण हुने उनले बताउनुभयो । सो समयमा पनि ‘हेडबक्स’ निर्माण नसकिने हुँदा अस्थायी बाँधबा...
कावेली सिमेन्ट उधोगमा आगलागी ,२ करोड भन्दा बढिको नोक्सानी

कावेली सिमेन्ट उधोगमा आगलागी ,२ करोड भन्दा बढिको नोक्सानी

समाचार
भदाै ३०। हल्दिवारी ३ झापामा स्थापना भएको कावेली सिमेन्ट उधोगमा गएराती आगलागी भएको छ । सिमेन्ट उधोगमको पावर हाउसमा रातको २ बजे तिर आगलागी हुँदा २ करोड भन्दा बढीको नोक्सानी भएको उधोगका मेनिजिङ्ग डाइरेक्टर सुमन मैनालीले  बताए । उनका अनुसार राती २ बजेतिर परेको ठुलो चट्याङका कारणले आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।आगो लागेको थाहापाउने साथ स्थानीय र भद्रपुर तथा बिर्तामोड बाट आएका २ वटा वारुणयन्त्रले सम्भावित ठुलो नोक्सानी हुनबाट जोगाएका छ्न । झापाका युवा व्यवसायीहरुको करिब ६० करोडको लगानीमा गत सातादेखि उत्पादन शुरु गरेको उद्योगलाई पुन संचालनमा ल्याउन १५ दिन जति लाग्ने छ । ...
चितवनमा ५० प्रतिशतमा अस्पतालबाटै कोरोना फैलियो

चितवनमा ५० प्रतिशतमा अस्पतालबाटै कोरोना फैलियो

समाचार
भदाै ३०चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ ।जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन ।यो सङ्ख्या आजसम्म सङ्क्रमित सङ्ख्याको २० प्रतिशत हुन आउँछ । सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति सङ्क्रमित भएको पाइएको उनले बताए। यसलाई हेर्दा सङ्क्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ । त्यसबाहेक सङ्क्रमित अन्य १०१ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा सङ्क्रमण भएको बताएको उनले जानकारी दिए । तिवारीले भने, “जिल्लामा जम्मा सङ्क्रमणको ५० प्रतिशत हिस्सा अस्पतालहरुको रह...
पहिरोले आठ घरमा क्षति, चार सवारी साधन बगायो

पहिरोले आठ घरमा क्षति, चार सवारी साधन बगायो

समाचार
भदाै ३० चितवन । पहिराले चितवनमा आठ घरमा क्षति पुर्‍याएको छ । अविरल वर्षासँगै गएराति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्‍याएको हो । पहिरोले दुईवटा मोटरसाइकल, एक/एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिए । वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्‍याएको उनले जानकारी दिए । गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् । पाँचकिलो बजार नारायणगढ-मुग्लिन सडकखण्डमा पर्दछ । सो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ । पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...
असोज ५ गतेदेखि सार्वजनिक यातायात खुला

असोज ५ गतेदेखि सार्वजनिक यातायात खुला

समाचार
भदाै ३० काठमाडौँ । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद्ले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा पठाएको थियो । सीसीएमसीले उक्त प्रस्तावका आधारमा निर्णयका लागि मन्त्रिपरिषद् बैठ्कमा पेस गरेको थियो ।गोरखापत्रमा खबर छ । सरकारको यसअघिको निर्णयबाट अ...
डोटीमा जङ्गली जनावरले बाली नष्ट गर्न थालेपछि किसान खेतमा रात कटाउन बाध्य

डोटीमा जङ्गली जनावरले बाली नष्ट गर्न थालेपछि किसान खेतमा रात कटाउन बाध्य

समाचार
भदाै ३० डोटी।पछिल्लो केही समययता डोटीका विभिन्न स्थानीय तहमा जङ्गली जनावरले किसानले लगाएका बालीनाली नोक्सान गर्न थालेका छन् । जिल्लाका जोरायल, बडिकेदार, सायल, पूर्वीचौकी, आदर्श, बोगटान फुड्सिल, केआइसिंह गाउँपालिका तथा शिखर, दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडा क्षेत्रमा जङ्गली जनावरले भित्र्याउने अवस्थामा रहेको बालीनाली नोक्सान गर्न थालेपछि किसान चिन्तिन बनेका छन् । पाकेको बालीनाली राति आउने जङ्गली जनावरले खाएर तथा बिगारेर नोक्सान गर्न थालेपछि यहाँका किसानलाई समस्या भएको छ । खप्तड राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रबाट आउने जङ्गली बँदेल, दुम्सी, स्याल तथा बाँदरले कोदो, मकै तथा धानबाली नष्ट गर्न थालेपछि किसान खेतमा गएर रात काट्न बाध्य भएको जोरायल गाउँपालिका–५ फलेडाका किसान लालबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्सातको समयमा दुःख गरेर जोगाएको बालीनाली भित्र्याउने समयमा जङ्गली ज...
ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना सङ्क्रमण

ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना सङ्क्रमण

समाचार
भदाै ३० ललितपुर।ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।” (रासस) ...
पर्वतमा गएको भिषण पहिरो र क्षतविक्षत बस्ती

पर्वतमा गएको भिषण पहिरो र क्षतविक्षत बस्ती

समाचार
भदाै ३० काठमाडौँ । भनिन्छ भदौरे भेलले विपत निम्त्याउँछ । त्यस्तै भएको छ बाग्लुगं र पर्वतमा । २ दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिराले घर पुरिँदा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ ।बागलुङकोे जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पहिराले घर पुरिँदा बेपत्ता भएका ६१ वर्षीय हरिकृष्ण पौडेलको शव करिब पाँच घण्टाको प्रयासपछि शव फेला परेको हो । मृतक पौडेल परिवारका पाँच सदस्य सकुशल रहेका छन् । स्थानीयवासी तथा प्रहरीको सक्रियतामा पुरिएको घरबाट उनको शव निकालिएको हो ।पहिराले मृतक पौडेलसहित पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घर पूर्णरुपमा क्षति भएको छ । त्यस्तै भिषण वर्षाका कारण पर्वतको फलेवास न।पा निकै प्रभावित बन्यो । पहिरोले बाग्लुगंको टुनिबोटका ६१ वर्षे बृद्ध हरिकृष्णको पहिरोमा पुरिएर ज्यान गयो ।त्यस्तै पर्वतको कुर्घामा पनि १ जनाको निधन भएक...