भदाै ३० काठमाडौँ । भनिन्छ भदौरे भेलले विपत निम्त्याउँछ । त्यस्तै भएको छ बाग्लुगं र पर्वतमा । २ दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिराले घर पुरिँदा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ ।
बागलुङकोे जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पहिराले घर पुरिँदा बेपत्ता भएका ६१ वर्षीय हरिकृष्ण पौडेलको शव करिब पाँच घण्टाको प्रयासपछि शव फेला परेको हो । मृतक पौडेल परिवारका पाँच सदस्य सकुशल रहेका छन् । स्थानीयवासी तथा प्रहरीको सक्रियतामा पुरिएको घरबाट उनको शव निकालिएको हो ।
पहिराले मृतक पौडेलसहित पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घर पूर्णरुपमा क्षति भएको छ । त्यस्तै भिषण वर्षाका कारण पर्वतको फलेवास न।पा निकै प्रभावित बन्यो । पहिरोले बाग्लुगंको टुनिबोटका ६१ वर्षे बृद्ध हरिकृष्णको पहिरोमा पुरिएर ज्यान गयो ।
त्यस्तै पर्वतको कुर्घामा पनि १ जनाको निधन भएको छ । यता पर्वतकै फलेवास न।पा वाड न। ३ मल्याङ्गदी स्थित लामिछानेथरमा डाँडाचौतारि मुनि लाम्गादे पाखो र सिम्ले पाखोमा भिशण पहिरो गएको छ । मल्याङ्गदीका आधा दर्जन घरहरु जोखिममा परेका छन् ।





