भदाै ३० काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।उपत्यकाका तीन जिल्लामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नेपालमा आज थपिएका १,४५९ जना संक्रमितमध्ये उपत्यकाका ६७६ जना हुन् । आज फेरि नेपालमा कोरोना संक्रमितको ग्राफ बढेको छ ।
