आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंह रहेनन्

भदाै ३१ काठमाडौं । पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ । उनको काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे एक सय वर्षको उमेरमा निधन भएको हो । त्यसपछि २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले तीन वर्षसम्म न्यायालयमा काम गरेका थिए ।

वि.सं. २००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गरेका उनले वि।सं। २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई काम गरेका थिए ।

त्यस्तै उनी २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए । अख्तियारमा २०३४ साल पुस १३ गतेदेखि २०४२ साल बैशाख ३० गतेसम्म कार्यरत उनी त्यसलगत्तै राजसभा स्थायी समितिको सभापतिसमेत बनेका थिए । उनमा  केही समय देखी निमोनिया देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *