भदाै ३० काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशक तोक्ने निर्णय भएको जानकारी दिए ।
कोइराला प्राधिकरणको उप कार्यकारी निर्देशक (१२ औं तहका कर्मचारी) हुन् । कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सहिए पछि वरिष्ठताको आधारमा पहिलो नम्बरमा रहेका कोइरालाई निमित्त कार्यकारी निर्देशक तोकिएको हो ।
