भदाै ३० तिलोत्तमा — रुपन्देहीमा संकटापन्न वन्यजन्तु सालकसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा जिल्लाको सिराहा नगरपालिका–७ बस्ने ३६ वर्षीय मनोज कुमार कर्ण, सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका वडा ३ का ३२ वर्षीय लोकबहादुर तामाङ र ६० वर्षीय लालबहादुर तामाङ, सर्लाही जिल्लाको हरिओम गाउँपालिका–१० बस्ने ६६ वर्षीय सूर्य लामा र उदयपुर जिल्ला गाईघाट नगरपालिका–१ की ३५ वर्षीया नेत्रमाया राना रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो साढे ३ बजे नेपालगन्ज रोडबाट दुर्लभ वन्यजन्तु सालक र ५ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
